प्रविधिको बिकाससँगै मानिसहरुको जीवनशैली बदलिएको छ । कुनै बेला महिनामा ५ हजार कमाउन रात दिन काम गर्नुपर्ने अवस्था अहिले रहेन, एक घण्टामा दशौँ हजार आम्दानि गरेर बाकी समय अन्य पारिवारिक बातावरणमा रमाउने अवस्था अहिले आएको छ ।
मानिसहरु आजकाल आम्दानी पनि अनलाइनबाटै गर्न थालेका छन् भने समान खरिद बिक्रि पनि अनलाइनमै गर्न थालेका छन् । पछिल्लो समय अनलाइनबाट सामान किन्ने अहिले एक ट्रेण्ड नै चलेको छ । बजार नगई बजारको सामान घरमा नै पाउने भएपछि धेरैले अनलाईन सपिङ गर्दछन् । र डेलिभरीकर्ताले घरसम्म सामान ल्याएर दिन्छन् । तर अमेरीकामा भने अनलाइन सपिङमा अनौठो घटना भएको छ ।
अमेरिकाको कनेक्टिकटस्थित ब्रिस्टलमा एक महिलाले आफ्नो घरको ठेगना दिदैँ अमेजन अनलाईनबाट एक सामान मगाइन् । उनको अर्डर दिन आएका डेलिवरी ब्वाईले घरको सो ठेगानामा पुग्दै घर बाहिर नै सामान छाडेर गए ।
तर अचानक एक भालू आई अनलाइन सपिङबाट किनेको सो सामानको प्याकेट मुखमा च्यापेर भाग्यो । अनलाइनमा सामान किनेकी ब्रिस्टल निवासी क्रिस्टिन लेविन जब आफ्नो अर्डर लिन बाहिर आइन तब उनले सामान पाइनन् ।
उनले आफ्नो सामान कसैले चोरी गरेको शंका गरीन् र सिसिटिभी फुटेज हेरीन् । तब मात्र अनलाइन सपिङमा किनेको सामान अरु कसैले नभई एक भालुले लिएर गएको पत्ता लाग्यो । भालुले चोरेको सामान चाँहि ट्वाइलेट पेपर थियो ।
प्रतिक्रिया