आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

इन्टरनेसनल स्पेस स्टेसन ठूलो दुर्घटनाबाट जोगियो, ४५ मिनेटसम्म नासाको नियन्त्रणबाहिर

प्रकाशित
608
SHARES

एजेन्सी। अन्तरिक्षमा रहेको इन्टरनेसनल स्पेस स्टेसन आईएसएसमा बिहीबार ठूलो दुर्घटना टरेकोछ। आफ्नो कक्ष अर्बिटमा जुन ठाउँमा रहनुपर्ने त्यहाँबाट आईएसएस ४५ मिनेटसम्म हटेको थियो।

पछि नासाको कन्ट्रोल सेन्टरमा रहेका फ्लाइट टिमले कन्ट्रोल थ्रस्टर्सको मद्दतले स्टेसनलाई त्यसको सही स्थानमा लगेको थियो। स्टेसन आधा डिग्री प्रति सेकेन्डको गतिले आफ्नो वास्तविक ठाउँबाट हटेको थियो।

नसाका अनुसार यो घटना रुसी ल्याब्रेटरी मोड्यूल नाउकामा प्राविधिक गडबडी देखिएपछि भएको थियो। नाउका हालैमात्र आईएसएससँग जोडिएको हो । यसका जेट थ्रस्टर्स आफै चालू भएको थियो।

यसले गर्दा आईएसएस अमेरिकी स्पेस एजेन्सी नासाको नियन्त्रणबाहिर पुगेको थियो। आईएसएसमा हाल ७ जना अन्तरिक्ष यात्रीहरू रहेका छन्। जति बेला यो घटना भयो,

त्यतिबेला नासाले बोइङ सीएसटी–१०० स्टारलाइनर क्याप्सुललाई लञ्चका लागि काउन्टडाउन सुरु गर्नुपर्ने थियो। त्यो पनि आईएसएससँग जोडिनुपर्ने थियो । अब त्यसको लञ्चलाई ३ अगस्तमा तय गरिएको छ।

स्टारलाइनरलाई फ्लोरिडाको क्यानेडी स्पेस सेन्टरबाट बोइङ लकहिड मार्टिन कर्प एटलस भी रकेटबाट लञ्च गरिनुपर्ने थियो। नासाका अनुसार स्टेसनमा अहिले दुई रुसी, तीन अमेरिकी, एक जापानी र एक फ्रेन्च अन्तरिक्ष यात्री रहेका छन्।

४५ मिनेटको घटनाका दौरान जमिनमा रहेका टोलीसँग उनीहरूको सम्पर्क दुई पटक टुटेको तर खतराभन्दा भने बाहिर नै रहेको बताइएको छ । नाउका मोड्युलको थ्रस्टर्समा कस्तो समस्या देखिएको भन्नेबारे विस्तृत विवरण आएको छैन।

यो पनि : बेपीकोलोम्बो मिसन : यानले पठायो बुध ग्रहको पहिलो तस्बिर,

युरोप र जापानले संयुक्तरुपमा पठाएको अन्तरिक्षयानले सूर्यको सबैभन्दा नजिक रहेको बुध ग्रहको पहिलो तस्बिर पठाएको छ । युरोपियन स्पेस एजेन्सी (ईएसए)का अनुसार बेपीकोलोम्बो मिसनले शुक्रबार ११ः३४ ग्रिनविच मिनटाइमअनुसार ग्रहमाथि गरिने ६ उडानमध्ये पहिलो उडान लिएको थियो ।

यानले ग्रहको गुरुत्वाकर्षणको प्रयोग गरेर गतिलाई नियन्त्रण गरेको थियो। बुधको सतहभन्दा २ सय किलोमिटर उचाइमा पुगेपछि यानमा जडान गरिएका क्यामराहरू मध्ये एकबाट यानले श्यामश्वेत तस्बिर लिएको थियो।

स्पेस एजेन्सीले सो तस्बिरमा बुधको उत्तरी गोलार्द्ध देख्न सकिन्छ जसमा १०३ किलोमिटर लामो चौडाइ भएको लर्मोन्टोभ क्रेटर पनि प्रस्ट देख्न सकिन्छ । पहिलो उडान सफल भएको उक्त यानको अपरेन्स म्यानेजर एल्सा मोन्टाग्नोनले जानकारी दिइन्।

ईएसए र जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सीको यो संयुक्त मिसन सन् २०१८ मा सुरु गरिएको थियो । बुध ग्रह पुग्नअघि यानले पृथ्वीमाथि एक र शुक्रमाथि दुई उडान गरेको थियो।

यस मिसनको उद्देश्य बुध ग्रहका विभिन्न पक्षको बारेमा अध्ययन गर्नु रहेको छ जसमा यसको सतह, चुम्बकीय क्षेत्र आदि पर्दछन्। मिसनले सन् २०२५ को अन्त्यसम्ममा दुईवटा प्रोब बुध ग्रहको कक्षमा पठाउने लक्ष्य लिएको छ।

प्रतिक्रिया