आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भुटानमा सैन्य कु, बरिष्ठ न्यायाधीश सहित शीर्ष सैनिक अधिकारी नियन्त्रणमा

प्रकाशित
10K
SHARES

एजेन्सी। भुटानमा सर्वोच्च अदालतका एक बरिष्ठ न्यायाधीश, एक शीर्ष सैनिक अधिकारी र एक जिल्ला अदालतका न्यायाधीशलाई हिरासतमा लिइएको छ।उनीहरुमाथि भुटानका,

प्रधानन्यायाधीश, सेना प्रमुख र शीर्ष कानुन अधिकारीलाई अपदस्थ गर्ने षड्यन्त्र रचेको आरोप छ। अब यस विषयमा अनुसन्धान भइरहेको छ र हिरासतमा लिइएका व्यक्तिहरुसँग सोधपुछ चलिरहेको छ।

भुटानको सरकारी अखबार कुएन्सेलका अनुसार भुटान पुलिसले बुधबार सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीश कुएन्ले छिरिङ र पेमागात्सेल जोंगखाग प्रशासनिक इकाइका ड्रांगपोन येसे दोर्जीलाई,

हिरासतमा लिएको हो। यो कारवाही पूर्व रोयल बडीगार्ड कमाण्डेन्ट थिन्ले तोबगीलाई हिरासतमा लिएपछि गरिएको छ। रिपोर्टअनुसार यी तीनै जनालाई अदालतमा पेश गरिएको छ।

अदालतले तीनै जनालाई जमानतमा छाड्न अस्वीकार गरेको समाचारमा जनाइएको छ। केही समयअघि खान्दु वाङमो नामकी यी महिलालाई पक्राउ गरिएको थियो। यी महिलाले षड्यन्त्रबारे कैयौं खुलासा गरेकी थिइन्।

यी महिलाका अनुसार रोयल बडीगार्डका प्रमुख, सर्वोच्च अदालतका प्रधानन्यायाधीश र सर्वोच्च अदालतका अटर्नी जनरल वा रजिस्ट्रार जनरललाई अपदस्थ गर्ने षड्यन्त्र भइरहेको थियो।

तेस्तै, सुडानको सत्तामा सैनिक विद्रोह अर्थात् सैन्य ‘कु’ भएको भनिएको केही हप्तापछि यहाँका सैनिक प्रमुखले प्रजातान्त्रिक रूपमा सत्ता हस्तान्तरण गर्ने बताएका छन्।

यहाँ गत महिना सैनिक ‘कु’ भएको भनिएलगत्तै यहाँका प्रधानमन्त्री र मन्त्रीहरूलाई गिरफ्तार गरिएको समाचार सार्वजनिक भएको थियो।प्रधानमन्त्री अब्दुल्लाह हमदोक र केही मन्त्रीहरूलाई,

यहाँका सैनिक सिपाहीहरूले घरमै नजरबन्दमा राखेका थिए। यहाँका सैनिक प्रमुख अब्देल फताह अल बुर्हानले सुडानमा प्रजातान्त्रिक तवरबाट सत्ता हस्तान्तरण गर्न आफू तयार रहेको बताएका छन्।

अरब लिगको प्रतिनिधिमण्डलसँग आइतबार उनले आफू यहाँका राजनीतिक दलहरूलाई नै प्रजातान्त्रिक तवरबाट सत्ता हस्तान्तरण गर्न तयार रहेको बताएका थिए।

अरब लिगका महासचिव होसाम जाकीको नेतृत्वमा सो प्रतिनिधिमण्डल उनलाई भेट्न आइतबार गएको थियो। अरब लिगले यसअघि पनि उनलाई सत्ता त्याग्न आग्रह गरेको थियो।

आइतबार गएको सो प्रतिनिधिमण्डललाई उक्त कुरा बताएको महासचिव जाकीले जानकारी दिएका हुन्। केही समययतादेखि यहाँ प्रजातन्त्र पक्षधर समूहको आह्वानमा आन्दोलन जारी रहेको छ।

सन् २०१९ मा राष्ट्रपति उमर अल बसिरको सत्ता गुमेसँगै सुडानमा अन्तरिम सरकार बनेको थियो। त्यस वेलादेखि नै सेना र नागरिक सरकारका बीचमा सम्बन्ध असहज रहिआएको थियो।

सुडानी सेनाले विद्रोहमा पक्राउ परेका चार मन्त्रीहरूलाई रिहा गर्ने: डानका शीर्ष जनरलले बर्खास्त गरिएको सरकारका चार मन्त्रीहरूलाई रिहा गर्न आदेश दिएका छन्।

सरकारी समाचार एजेन्सीका अनुसार उनीहरूलाई गत हप्ता व्यापक रूपमा निन्दा गरिएको सैन्य विद्रोहको बीचमा हिरासतमा राखिएको थियो। यद्यपि, अपदस्थ अधिकारीहरूका बचाव पक्षका,

वकिल मोएज हाद्राले मन्त्रीहरूलाई रिहा गर्न बाँकी रहेको बताएका छन्। सुना समाचार एजेन्सीले जनरल अब्देल-फत्ताह बुरहानले सूचना तथा संस्कृतिमन्त्री हम्जा बलौल, सञ्चारमन्त्री हासिम हसबेल-रसौल,

व्यापार तथा अन्तर्राष्ट्रिय सहयोगमन्त्री अली गेदोउ र मन्त्री युसेफ आदमका लागि उक्त निर्णय जारी गरेको जनाएको छ। संकट समाधानका लागि नागरिक संक्रमणकालीन सरकार पुनःस्थापना गर्न अन्तर्राष्ट्रिय दबाब बढ्दै गएको छ।

यसैबीच आन्दोलनकारी र अधिकारकर्मीहरूले कार्यकर्ता र विपक्षी नेताहरूविरुद्ध व्यापक गिरफ्तारी अभियान चलाउने चेतावनी दिएका छन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बिहीबार,

टेलिफोनमा जनरल बुरहानलाई सुडानमा राजनीतिक संकट समाधान गर्न र तत्काल संवैधानिक व्यवस्था र सुडानको संक्रमणकालीन प्रक्रियालाई पुनर्स्थापना गर्न कदम चाल्न आग्रह गरेका छन्।

संयुक्त राष्ट्रसंघ प्रमुखले पूर्वप्रधानमन्त्री अब्दल्ला हाम्डोक र मनोमानी रूपमा हिरासतमा राखिएका अन्य नागरिकहरूको रिहाइको लागि आफ्नो आह्वान पुनः दोहोर्याएका छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ