आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एमालेको सार्वजनिक कार्यक्रममै कुटाकुट, द्वारिकालाल चौधरीले कसको गरे रामधुलाई ?

प्रकाशित
1K
SHARES

काठमाडौ। नेकपा एमालेको सार्वजनिक कार्यक्रममै हात हालाहाल भएको छ। सुनसरी एमालेमा विवादले उग्र रूप लिएको छ। २ जेठ २०७५ मा फर्किने विषयलाई लिएर चलिरहेको विवादले पक्ष र विपक्षबीच दोहोरी चलेपछि उग्र रूप लिएको हो।

सदरमुकाम इनरुवास्थित ओमसाई पार्टी प्यालेसमा बुधवार बस्ने भनिएको बैठकमा आपसमा माइक खोसाखोस समेत भएको छ। २ जेठको विषयमा चरम विवाद भएपछि २ जेठका अध्यक्ष रमेश बस्नेत र केपी ओली पक्षले गत पुसमा अध्यक्ष बनाएका रेवतीरमण भण्डारीको समूहबीच विवाद चर्केको थियो।

दुवैलाई हटाएर तेस्रो व्यक्ति पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज धर्म निरौलालाई बैठकको अध्यक्षता गराएपछि दुवै पक्षबीच मनमुटाव भएको हो।

कार्यक्रमको अध्यक्षता गरेर बोल्ने क्रममा पूर्व जिल्ला अध्यक्ष तथा इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकालाल चौधरीले माइक खोसेका हुन्।

अवैधानिक कमिटी र अवैधानिक व्यक्तिले अध्यक्षता गरेको बैठकमा अतिथी निरौला हुन नमिल्ने भन्दै चौधरीले माइक खोसेपछि बैठकस्थलमा तनाव भएको छ।

चौधरीको हातबाट पुन: माइक खोस्न कार्यकर्ताहरू मञ्चमै चढेपछि त्यहीँ थप विवाद भएको छ। माइक खोसेपछि चौधरी कार्यक्रम स्थलबाट हिँडेका छन्। उनले बैठक बहिष्कार गरेको बताएका छन्।

उनले सुनसरी एमालेको विवादलाई लिएर केहीबेरमा इटहरीमा पत्रकार सम्मेलनको तयारी गरेका छन्। चौधरीले माइक खोसे पनि बैठक नरोकिएको एक नेताले बताए। चौधरीले हिजो मङ्गलवार सामाजिक सञ्जालमा जिल्ला बैठक मेरो अध्यक्षता हुने भन्दै पोस्ट समेत गरेका थिए।

तेस्तै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का कारण एमालेले बहुमतको सरकार जोगाउन नसकेको नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री गोकर्ण विष्टले आरोप लगाएका छन्। उनले एमालेले समय आएपछि त्यसको समीक्षा गर्ने बताए।

उनले भने, एमालेलाई धमिलो बनाउने र त्यो पार्टीको आन्तरिक जीवनलाई अस्तव्यस्त बनाउने काममा प्रचण्डलगायतका व्यक्तिसँगको एकता र प्रवेशले हामीलाई कहीँ न कहीँ समस्या पैदा ग¥योे, जसका कारण बहुमतको सरकार जोगाउन सकेनौ।

नेकपा एमाले सूर्यविनायक नगरपालिका–५ कमिटीले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पार्टी एकताको तीन वर्षको अवधिमा कम्युनिष्टभित्र धेरै उतावचढाव पार गर्दै एमाले अहिलेको ठाउँमा आइपुग्यो।

भन्दै उनले यो समयमा एमालेकोे जीवनमा केही तिक्तताको सामना गर्नुपरेको, केही अत्यन्त बेठीक र नमिठा अनुभूतिको सामना गर्नुपरेकाले अब विगतबाट पाठ सिक्दै एमालेलाई एकताबद्ध गर्दै अझै माथि उठाउनुपर्ने भनाइ राखे । सचिव विष्टले भने, “आज म उद्घोष गर्न चाहन्छु,

केपी ओलीले नेतृत्व गरेको नेकपा एमाले पार्टीमा अब कुनै पनि प्रकारको प्यानल रहेन, कुनै गुट उपगुट रहेन, यो पार्टी साङ्गठानिक हिसाबले एकताबद्ध छ, यो पार्टीमा अब कुनै पनि प्रकारको गुटगत मनोविज्ञान छैन, १० औँ महाधिवेशनले यो पार्टीलाई थप एकताबद्ध बनाउँदै अगाडि लैजाने छ।

तेस्तै, पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी अ‍ोलीको पार्टीको भविष्य पाँच दलीय गठबन्धमार्फत समाप्त पारिदिने चेतावनी दिएका छन्।

नेकपा (एकीकृत समाजवादी) दार्चुलाको जिल्ला कमिटी घोषणा तथा आमसभालाई सम्बोधन गर्न गोकुलेश्वर पुगेका उनले केपी अ‍ोलीको पार्टीको भविष्य पाँच दलीय गठबन्धमार्फत समाप्त पारिदिने चेतावनी दिएका हुन्।

अध्यक्ष नेपालले केपी ओलीको कब्जामा रहेको पार्टीको भविष्य नभएको जिकिर गरे। उनले भने, “आउने चुनावमा पाँचै पार्टी मिलेर जानेछौँ, केपी कब्जामा रहेको पार्टीको पत्तासाफ हुनेछ।

उनले अहिले घोषणा गरिएको कमिटीलाई सबै स्थानीय तह र वडा तहसम्म कमिटी गठन गर्दै चुनावको तयारीमा जुट्न आग्रह गरे ।कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले दार्चुलाको निर्माणाधीन गोकुलेश्वर विमानस्थल र मालिकार्जुन धामका लागि बजेटको कमी हुन नदिने बताए।

नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटी घोषणा कार्यक्रममा उनले अहिले विमानस्थलका लागि बजेट थोरै भएको भन्दै आफ्नो मन्त्रालयबाट बजेटको कमी हुन नदिने उद्घोष गरे। उनले भने, “अहिले विमानस्थलमा थोरै बजेट देखेँ।

यो विमानस्थलको टर्मिनल भवन, ट्याक्सी पार्किङलगायतका सबै भौतिक पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरिन्छ। उनले विमानस्थल निर्माण संवेदनशील भएको भन्दै ठेकेदारले बदमासी गर्नबाट जोगाउन आग्रह गरे।

प्रतिक्रिया