आज : गते

ताजा शिर्षकहरु

काठमाडौं अवतरण हुनुपर्ने कतार एयरवेजको जहाज अन्तै पुग्यो, के छ अबस्था ?

प्रकाशित
8.3K
SHARES

काठमाडौ। आइतबार अपरान्ह सवा तीन बजे काठमाडौं विमानस्थलमा अवतरण हुनुपर्ने कतार एयरवेजको जहाज कोलकाता ‘डाइभर्ट’ भएको छ। यो जहाजले नेपालको आकाशमा निकै बेर फन्को मारेपछि काठमाडौं विमानस्थलमा अवतरण हुन सकेन ।

त्यसपछि उसलाई कोलकाता ‘डाइभर्ट’ गरिएको हो। यस्तो अवस्था आउनुमा सो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र यस आसपासमा तीब्र गतिको हावा भएको विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले जानकारी दिए।

ठूलो लोड बोकेर आएको जहाजलाई तीब्र गतिमा हावा चलेका बेला अवतरण गर्दा जहाज अगाडि हुत्तिने सम्भावना हुने उनले जानकारी दिए।सोही कारण जोखिम नलिई कोलकता डाइभर्ट गरिएको हो।

सो जहाज आजै काठमाडौं आउने समेत उनले जानकारी दिए। क्यूआर ६४६ उडान नम्बर भएको जहाज कोलकता डाइभर्ट भएको हो। यस्तै कतार एयरवेज एयरलाइन्स रेटिङद्वारा २०२१ वर्षको सर्वोत्कृष्ट एयरलाइन सम्मानद्वारा सम्मानित भएको छ।

साथै, एयरलाइनले मध्यपूर्वको सर्वोत्कृष्ट एयरलाइन,सर्वोत्कृष्ट केटरिङ तथा सर्वोत्कृष्ट बिजनेस क्लासको उपाधि पनि हात पारेको छ। कतार एयरवेजले सर्वोत्कृष्ट बिजनेस क्लासको उपाधि हात पारेको यो तेश्रो पटक हो।

जसको मुख्य श्रेय एयरलाइनको क्युसुइट सेवालाई जान्छ। एयरलाइन रेटिङको ‘वर्षको सर्वोत्कृष्ट एयरलाइन’ अवार्डले नवप्रवर्तन, उत्कृष्ट हवाई नेटवर्क तथा समग्र सुरक्षामा केन्द्रित रही उड्डयन उद्योगको सर्वश्रेष्ठ एयरलाइनलाई सम्मानित गर्दै आइरहेको छ।

एयरलाइन रेटिङका सम्पूर्ण विधाका अवार्ड उड्डयन क्षेत्रका दक्ष एवं अनुभवी विज्ञहरूको विस्तृत मूल्यांकन तथा मापदण्डका आधारमा दिइने बताइएको छ।

तेस्तै, कतार एयरवेज आफ्नो उडानमा स्वच्छता व्यवस्था सुधार गर्ने क्रममा हनिवेलको अल्ट्रा भायलेट (युभी) क्याबिन सिस्टम भर्जन २.० जडान गर्ने विश्वकै पहिलो एयरलाइन्स बनेको छ।

कतार उड्डयन सेवा(क्यूएएस)को स्वामित्व रहेको र उक्त सेवाद्वारा सञ्चालित हनिवेल युभी क्याबिन सिस्टमको सबैभन्दा नयाँ संस्करण यसको पूर्ववर्तीको तुलनामा थप सहजता वृद्धि गर्न, विश्वसनीयतामा सुधार ल्याउन,

गतिशीलता बढाउन र यसको प्रयोगको सहजताका लागि जडान गरिएको एयरवेजले जनाएको छ। यस संस्करणमा एक हात वान्ड समावेश गरिएको छ जसले ककपीट र अन्य साना ठाउँहरूमा कीटाणु शोधन गर्दछ।

बिना मोटर स्वचालित यस उपकरणले कम ब्याट्री खपत गर्दछ । क्लिनिकल परीक्षणहरूमा, यूभी लाइटलाई राम्रोसँग प्रयोग गर्दा यसले विभिन्न भाइरस र ब्याक्टेरिया निष्क्रिय पार्ने देखिएको छ।

हनिवेल यूभी क्याबिन सिस्टम भी २को पछिल्लो संस्करण को १७ युनिटहरु प्राप्त गरे पछि, सबै कतार एयरवेजको विमानमा उक्त उपकरणहरूको व्यापक परीक्षण गरिएको एयरवेजले जनाएको छ। एयरलाइन्सले यस नयाँ उपकरणलाई हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा सबै विमानमा सञ्चालन गर्ने जनाएको छ ।

यता कतार एयरवेज क्यान्सर रोकथाम र नियन्त्रणको प्रयासमा सहभागी हुने उद्देश्यले युनियन फर इन्टरनेशनल क्यान्सर कन्ट्रोल (अन्तर्राष्ट्रिय क्यान्सर नियन्त्रण संघ)को आधिकारिक एयरलाइन प्रायोजक बनेको छ।

विश्व क्यान्सर दिवसको २०औँ वार्षिकोत्सवको अवसरमा उक्त जानकारी दिइएको हो । यूआईसीसी एक गैर–सरकारी संस्था हो जसले क्यान्सर नियन्त्रणलाई विश्व स्वास्थ्यमा प्राथमिकतामा राखी क्यान्सर समुदायलाई एकजुट गर्दछ।

संघले २०२० विश्व क्यान्सर महासम्मेलन २०–२२ अक्टोबर, २०२० मा ओमानको मस्कटमा आयोजना गर्ने जानकारी पनि दिएको छ। कतार एयरवेजको यो सफलता देखेर थुप्रै एयरलाईन कम्पनिहरुलाई झट्का लाग्ने संकेत देखिएको छ।

कतार एयरवेज समूहका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकरले विश्व क्यान्सर दिवसको २० औँ वार्षिकोत्सवको अवसरमा प्रतिष्ठित संघको आधिकारिक प्रायोजक बन्न पाएकोमा गर्भवान्वित भएको बताए।

तेस्तै, कतार एयरवेजले यस वर्षको स्काइट्रेक्स वर्ल्ड एयरलाइन अवार्ड्समा चार प्रतिष्ठित पुरस्कार हात पारेको छ। यस अघि नै विभिन्न पुरस्कारहरु जित्न सफल भएको एयरवेज, लण्डनको ल्याङह्याम होटलमा आयोजित यस वर्षको समारोहमा पुनः ‘सर्वोत्कृष्ट बिजनेस क्लास’ अवार्डद्वारा सम्मानित भएको हो।

योसँगै एयरवेजले कुल छैटौँ पटक तथा लगातार तेस्रो वर्ष यो अवार्ड जित्न सफल भएको छ। हमाद अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख सञ्चालन अधिकृत इन्जिनियर बदर मोहम्मद अल मीरसँगै समारोहमा पुरस्कार ग्रहण गर्न कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकेरको उस्थिति थियो।

साथै एयरवेजले लगातार पाँचौ पटक ‘सर्वश्रेष्ठ एयरलाइनः मध्य पूर्वी एसिया’ अवार्ड प्राप्त गरेको छ। लगातार दोस्रो पटक ‘सर्वोत्कृष्ट फस्र्ट क्लास एयरलाइन लाउन्ज’ तथा हालसालै सुरुवात भएको बिजनेस क्लास सेवा क्यूसुइटको लागि ‘सर्वोत्कृष्ट बिजनेस क्लास सिट’को उपाधि कतार एयरवेजले पाएको छ।

कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत बकेरले यी उपाधीले छोटो अवधिमै कम्पनी अगाडि पुगेको पुष्टि हुने बताए। यात्रुहरुलाई सर्वश्रेष्ठ सेवा प्रदान गर्न आफूहरु सधै प्रतिबद्ध रहेको बताउँदै उनले क्यूसुइटको सुरुवातसँगै हवाई सेवाको क्षेत्रमा बिजेस क्लासको नयाँ स्तर तय भएको बताए।

यसै वर्ष कतार एयरवेजले बेलायतमा आफ्नो स्थान मजबुत बनाउने क्रममा लण्डन ग्याट्विक एवं कार्डिफ विमानस्थलसम्मको सेवा सुरु गरेको हो।आगामी वर्ष यस एयरलाइनले टेलिन, एस्टोनिया; भ्याल्लेट्टा, माल्टा; सेबु र डभाओ, फिलिपिन्स; लाङ्कावी, मलेसिया; र डा नाङ, भियतनाम जस्ता गन्तव्यहरू थप्ने घोषणा गरेको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ