आज : गते

ताजा शिर्षकहरु

प्रचण्डले फेरी के गरे त्यस्तो ? जसकारण सकियो संसदको औचित्य, देउवा नै तिनछक

प्रकाशित
586
SHARES

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले फेरी आफ्नो चल्खी देखाएपछि प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका अध्यक्ष शेर बहादुर देउवा तिनछक परेका छन् ।

आलोपालो संयोजक हुने गरी प्रचण्डले रामचन्द्र पौडेलको नेतृत्वमा निर्देशक समिति गठन गरेका छन् । सोमबार बसेको गठबन्धनको बैठकले शिर्ष नेताहरु सदस्य रहेको निर्देशन समिति गठन भएको हो ।

उक्त समितिको सदस्य सचिवमा प्रधानमन्त्री शेरबहादुर देउवालाई तोकिएको छ । ‘प्राइम मिनिस्टर इन पार्लियामेन्ट’ प्रणालीमा यस्तो समिति बन्नु अलोकतान्त्रीक मानिने पत्रकार कनकमणि दिक्षितले ट्वीटरमा लेखेका छन् ।

यो संसदीय राजनीतिको खिलाफमा भएको उनको भनाई छ । सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउन सत्ता गठबन्धनले कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार संयन्त्रमा सत्ता गठबन्धनमा रहेका ५ वटा पार्टीमा २–२ जना सदस्य रहनेछन् । मन्त्रिपरिषद्बाट सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की पनि कार्यदलका सदस्य रहनेछन् ।

पौडेलले दुई महिना संयन्त्रको नेतृत्व गर्नेछन् भने त्यसपछि आलोपालोमा गठबन्धनमा आबद्ध पार्टीले त्यसको नेतृत्व गर्नेछन् । बैठकमा सहभागी नेताका अनुसार संयन्त्रमा नेपाली काँग्रेसको तर्फबाट पौडेल र कृष्ण सिटौला, माओवादीको तर्फबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) को तर्फबाट माधव नेपाल र नाम दिन बाँकी एक जना रहने छन् ।

त्यस्तै, जसपाको तर्फबाट उपेन्द्र यादव र नाम दिन बाँकी एक जना, राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी र नाम दिन बाँकी एक जना सदस्य रहनेछन् ।

संयन्त्रलाई सरकारका काम कारबाहीमा समन्वय गर्ने, गठबन्धनबीच अन्तर्विरोध भए निवारण गर्ने, राष्ट्रिय सभा र उपनिर्वाचनको तालमेलबारे सहजीकरण गर्ने जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ