आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भारतीय सेना हतियारसहित नेपाल प्रवेश, जनता आक्रोसित

प्रकाशित
1.7K
SHARES

काठमाडौ। सुस्तामा भारतीय पक्षले फेरि अतिक्रमणको प्रयास गरेको छ। पछिल्लो पटक भारतीय अर्धसैनिक बल (एसएसबी) हतियारसहित सुस्ता क्षेत्रमा प्रवेश गरेर अतिक्रमणको प्रयास गरेका हुन्।

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ मा रहेको नारायणी नदी पारीको गाउँ सुस्ता पटकपटक भारतीय पक्षको अतिक्रमणमा पर्दै आएको क्षेत्र हो।

पछिल्लो पटक आइतबार र सोमबार भारतीय एसएसबीहरु हतियारसहित पुगेर सुस्ता क्षेत्रको नापजाँच नै गरेपछि बाँकी रहेको जमिनसमेत फेरि भारतले खोसेर लग्ने हो की भन्नेमा सुस्तावासीको चिन्ता बढेको छ।

अतिक्रमणको प्रयासस्वरुप उनीहरुले हरेक वर्ष नापजाँच गर्दै आएको स्थानीय रविन्द्र जयसवालले बताए।अहिले २ दिन फिता लगाएर नापजाँच गरेको एसएसबीले ६ महिनाअघि पनि सुस्ता क्षेत्रमा ड्रोन चलाएको थियो।

यसपटक भने ड्रोन नभइ सुस्ताको पश्चिमतर्फ फिताले नापजाँच गरेर गएको उनले बताए। सुस्ता क्षेत्रमा २०६२ जेठ १७ देखि भारतीयले अतिक्रमण कार्य बढाउँदै गएका हुन्।

अतिक्रमण बढेपछि २०६४ सालमा दुवै देशका जिल्लास्थित सुरक्षाअधिकारीको सहमति अनुसार १९ हजार ४ सय ८० हेक्टर जमिन कुनै पनि पक्षले जोतभोग र उपयोग नगर्ने सहमति गरिएको थियो।

उक्त जमिनको सुस्तावासीसँग लालपुर्जा छ। तर भारतीय पक्षको दबाबका कारण त्यसबेलाको जिल्लास्थित सुरक्षाअधिकारीहरुले जोतभोग नगर्ने सहमति गरेको हो। त्यही जमिनमा अहिले एसएसबीले नापजाँच गरेको हो।

भारतले विवाद निकालेको उक्त जमिनको १ सय १३ जनासँग लालपुर्जा रहेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिए। ‘मालपोत भएको जग्गामा विवाद निकाल्दा समेत सरकार मौन छ,उनले भने।

एसएसबीले नापजाँच सुरु गरेपछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रसहितको जिल्ला सुरक्षा समितिका अधिकारीहरु सोमबार सुस्ता क्षेत्रमा पुगेर स्थलगत अनुगमन गरेको छ।

सीमा सुरक्षाका लागि सुस्तामा शसस्त्र प्रहरी र नेपाल प्रहरीको पोष्ट छ। हतियारसहित आएका एसएसबीले गरेको नापजाँचका बारेमा माथिल्लो निकायमा जानकारी गराएको प्रमुख जिल्ला अधिकारी मिश्रको भनाइ छ।

हतियारसहित नापजाँचका लागि एसएसबी आएको स्थानीयबाट खबर पायौं। हाम्रो प्रहरीको टोली नपुग्दै उनीहरु गइसकेका रहेछन्, प्रजिअ मिश्रले भने। विना अनुमति सुस्ता क्षेत्रमा एसएसबी प्रवेश गरेको बारे गृहसचिव र शान्ति सुरक्षा महाशाखा प्रमुखलाई जानकारी गराएको उनले बताए।

‘मैले यसबारे भारत बिहार प्रदेश पश्चिम चम्पारन जिल्लाका प्रमुख ९डिएम० कुन्दन कुमारलाई पनि जानकारी गराएको छु। उहाँले यो गलत काम भएको र त्यसबारे मातहतलाई निर्देशन दिने बताउनु भएको छ, प्रजिअ मिश्रले भने।

कुल ४० हजार ९ सय ८० हेक्टर क्षेत्रफलमा फैलिएको छ। त्यसमध्ये १४ हजार हेक्टर जमिन भारतीयले अतिक्रमण गरिसकेको छ। ७ हजार ५ सय हेक्टर मात्र भोग चलन गर्दै आएका छन्। भारतले विवाद निकालेको १९ हजार ४ सय ८० हेक्टर जमिनमा भारतीय पक्षले पटक पटक गिद्दे नजर लगाउँदै आएको छ।

भारतीय सैन्य मिसन: प्रजातान्त्रिक नेपालमा भारतीय सैन्य मिसन आएको भए पनि त्यसको बीजारोपण भने राणाकालमा नै भइसकेको थियो। कालापानी र गुन्जीमा सन् १९५८ यता नै भारतीय सुरक्षा पोस्ट रहेको भन्ने भारतीय दस्तावेजमा देखिएकाले सन् १९६२ को भारत-चीन युद्ध भन्दा अगावैदेखि अतिक्रमणमा परेको कालापानीबाट भारतीय सुरक्षाकर्मी हटाउने कुनै पहल उत्तरी सीमाबाट भारतीय चेक पोस्ट हटाउँदा पनि भएको देखिएन।’

शीर्षकमा उल्लेख भएबमोजिम नेपालमा भारतीय सैन्य मिसन आगमन, त्यस्तै कालापानी क्षेत्रमा भारतीय अतिक्रमणको पृष्ठभूमिसहित नेपालको उत्तरी सीमामा सञ्चार उपकरणसहित करिब १८ वर्षसम्म रहेका १७ भारतीय चेक पोस्टको नेपाल बहिर्गमनमा यो लेख केन्द्रित छ।

सार्वजनिक भइसकेका र हाल उपलब्ध रहेका तत्कालीन समयका भारतीय गोप्य दस्तावेजहरूको अध्ययनसँगै तत्कालीन समयमा भारतीय अखबारहरूमा प्रकाशित समाचारका आधारमा यो लेख तयार पारिएको छ।

नेपाली सेनालाई आधुनिकीकरण गर्न भनेर प्रजातान्त्रिक नेपालका प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको कार्यकालमा रक्षा दलको विद्रोहलाई कारक देखाएर नेपालको आग्रहमा सन् १९५२ मा भारतीय सैन्य मिसन नेपाल आएको भनिएको भए पनि त्यसको बीजारोपण भने राणाकालमा नै भइसकेको थियो भन्ने नेपालस्थित भारतीय राजदूतको नेपालसम्बन्धी नोटबाट प्रस्ट झल्किन्छ।

भारत स्वतन्त्र हुनासाथ चीनको सत्तामा समेत माओत्सेतुङको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीको उदय भयो। त्यसलगत्तै तिब्बतमा माओका लालसेना प्रवेश गरेपछि भारतले उत्तरी हिमालयलाई आफ्नो सुरक्षा कवच ठान्न थाल्यो। उसले त्यहाँ आफ्ना सैनिक नै खटाएर त्यसको सुरक्षा आफ्नो हातमा पार्न थालेको भारतीय दस्तावेज र घटनाक्रमबाट नै देखिन्छ।

१९५० फेब्रुअरीमा सम्पन्न नेपालका तत्कालीन प्रधानमन्त्री मोहन शमशेरको भारत भ्रमणका क्रममा उनीसँग भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुको छलफलका लागि नेपालस्थित भारतीय राजदूत सर सिपिएन सिंहले १८ फेब्रुअरी १९५० को मितिमा तयार गरेको ३ पृष्ठ लामो र ३ बुँदे ‘नोट’को पहिलो बुँदामा उनले ‘नेपालको सुरक्षाका लागि हामीले के गर्ने ?’ भन्ने प्रश्नसहित त्यसबारे यसरी विस्तारमा लेखेका छन्।

हालको नेपाली सेना परम्परागत सेना हो। उनीहरूसँग आधुनिक युद्धका लागि न त पर्याप्त हतियार नै छ, न त राम्रो तालिम नै छ। काठमाडौं उपत्यकामा शान्ति सुरक्षा कायम गर्न पर्याप्त भए पनि यदि मुलुकमा कुनै त्यस्तो गडबडी सुरु हुने हो भने यो सेना सारा नेपालभर शान्ति सुरक्षा कायम गर्न बिल्कुलै पर्याप्त छैन।

आफ्नो उत्तरी सिमाना बलियो बनाउन हालसम्म नेपाल सरकारले कुनै कदम नै चालेको छैन, न त उनीहरूले सुरक्षा रणनीतिक स्थितिको सर्र्वेक्षण नै गरेका छन्। त्यसैले वर्तमानको यस्तो खतरापूर्ण स्थितिका माझमा नेपालको सुरक्षाको जिम्मा भारतले लिनुपर्छ।

मैले नेपालका प्रधानमन्त्री मोहन शमशेरसँग यो स्पष्ट पारिसकेको छु कि तपाईंहरू बाहिरी आक्रमण वा देशभित्रको आन्तरिक सामान्य विद्रोहबाट समेत मुलुकको सुरक्षा गर्न सक्ने स्थितिमा हुनुहुन्न भनेर।

मेरो भनाइसँग प्रधानमन्त्री सहमत भएका छन् र उनले भारतसँग मिलेर नेपालको सुरक्षा व्यवस्था मजबुत पार्ने इच्छा मसँग व्यक्त गरेका छन्। त्यसकारण म यो विषयमा धेरै कठिनाइको महसुस गर्दिनँ र हामीले यसमा कदम चाल्न सक्छौं।

नेपालको परराष्ट्र र रक्षा मामिलामा विशेष भारतीय चासो र हित सुरक्षित गर्ने मुख्य अभिभारा बोकेर नेपाल उत्रिएका तत्कालीन भारतीय राजदूत सिपिएन सिंहले आफूले उक्त विषय प्रवेश गराएको दुई वर्षमा नै आफ्नै कार्यकालमा भारतीय सेना नेपाल उतार्न सफल भए।

प्रतिक्रिया

आजको ट्रेन्डिङ