आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चिनले विनाशकारी हतियार तयार पारेपछि ताइवानमा भूकम्प, अमेरिका समेत डरायो

प्रकाशित
2.5K
SHARES

एजेन्सी। चिनियाँ सेनाले हतियार र ट्यांकहरूलाई तयारी अवस्थामा राखेको भिडियो चीनको सामाजिक सञ्जाल वीबोमा भाइरल भएपछि ताइवानविरुद्ध आक्रमण गरिने आशंका व्यक्त गरिएको छ ।

ताइवानमाथिको आक्रमणले तेस्रो विश्वयुद्ध शुरू हुने पनि हल्ला चलेको छ । पुष्टि नगरिएको भिडियोमा चिनियाँ सेनाले ठूला ट्रकहरूमा ट्यांक लगेको देखिन्छ ।

शहरका सडकहरूमा बख्तरबन्द गाडीको संख्या धेरै देखिएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ताइवानविरुद्धको युद्धको अनुमान गरेका हुन् । आक्रमणको अनुमान चलेको भए पनि चीन र ताइवानबीचको तनाव चरममा छ ।

विगत केही महिनादेखि चिनियाँ वायुसेनाका विमानहरू लगातार ताइवना नजिकको हवाईक्षेत्रमा उड्ने गरेका छन् ।ताइवानलाई चीनले आफ्नै प्रान्त मान्ने गरेको छ ।

त्यसलाई स्वतन्त्र देश घोषणा गरिएमा युद्ध हुने चीनले चेतावनी दिएको छ। यसैबीच अमेरिकी सेनाका प्रशिक्षकहरूले विगत एक वर्षदेखि ताइवानी सेनालाई गोप्य रूपमा प्रशिक्षण दिइरहेको खुलासा भएको छ।

तेस्तै, चिनले भारतसँगको तनाव जारी रहँदा आफ्नो अत्याधुनिक लडाकू विमान जे–१६डीलाई युद्ध अभ्यासमा ल्याएको छ । यस विमानले इलेक्ट्रोनिक वारफेयर गर्ने बताइएको छ।

चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार, चिनियाँ जनमुक्ति सेनाको वायुसेनाले जे–१६डी विमानले युद्धको अभ्यास गरिरहेको बतायो । चीनले यो र जे–२० लडाकू विमानलाई युद्धमा ल्याउने तयारी गरिरहेको छ ।

यस लडाकू विमानलाई क्वाङदोङ प्रान्तको चुहाईमा आयोजित एयरशो चाइना २०२१ मा प्रदर्शन गरिएको थियो । तत्कालका लागि जे–१६डी लडाकू विमान युद्धका लागि तयार नभइसके पनि आगामी दिनमा पक्कै हुनेछ ।

इलेक्ट्रोनिक वारफेयरका लागि चीनले पुरानो जे–१६ लाई अप्ग्रेड गरेको हो । यसले चिनियाँ वायुसेनाको युद्ध क्षमतालाई निकै बढाउने आशा गरिएको छ ।

चीनको सरकारी टीभी सीसीटीभीले सैन्य विशेषज्ञ वाङ मिङ्चीलाई उद्धृत गर्दै दिएको खबरअनुसार, जे–१६डी अनेकौं किसिमका आधुनिक उपकरणहरूको विस्तृत सिरीज लिएर उड्न सक्छ ।

यसमा इलेक्ट्रोनिक सर्भेलान्स, कम्युनिकेसन डिस्रप्सन र राडार जाम गर्ने उपकरण जडान गरिएको छ। अनि यसमा आकाशबाट आकाशमै मार हान्ने आधुनिक मिसाइलहरू पनि छन् ।

बेइजिङमा रहेको एयरोस्पेस नलेज म्यागजिनका प्रधानसम्पादक वाङ यानानले वास्तविक युद्धको स्थितिमा यस लडाकू विमानले शत्रुलाई रनभुल्ल पार्ने बताए । शत्रुको सञ्चार र सर्भेलान्स सिस्टमले काम गर्न सक्दैन । अन्य लडाकू विमानसँग मिलेर जे–१६डीले युद्धको मैदानमा विनाश मच्चाउन सक्छ ।

-एजेन्सी

प्रतिक्रिया

आजको ट्रेन्डिङ