आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

यी हुन् अन्तरिक्षमा हिड्ने पहिलो चिनियाँ महिला

प्रकाशित
1.3K
SHARES

एजेन्सी। चीनकी अन्तरिक्षयात्री वाङ यापिङले अन्तरिक्षमा पैदल हिडेर इतिहास रचेकी छिन्। उनी अन्तरिक्षमा पैदल हिड्ने पहिलो चिनियाँ महिला हुन्। चीनको राष्ट्रिय अन्तरिक्ष निकायका अनुसार वाङ अन्तरिक्षमा सोमबार बिहान साढे ६ घन्टा पैदल हिडेकी थिइन्।

उनलाई सेन्झोयु–१३ टोलीका दुई सदस्यहरुले सहयोग गरेका थिए । तीन सदस्यीय टोलीमध्ये तेस्रो महिला अन्तरिक्ष स्टेसनमा बसेकी थिइन्।सो टोली यही १६ अक्टोबरमा अन्तरिक्षमा पुगेको थियो।

अन्तरिक्षबाट आईतबार बाहिर निस्किएपछि वाङले पृथ्वीमा फर्किएर हात हल्लाएकी थिइन् । उडान नियन्त्रण केन्द्रले सार्वजनिक गरेको एउटा भिडियोमा उनले आफूलाई निकै खुसी लागेको बताएकी छिन्।

वाङ अन्तरिक्षमा पुग्ने दोस्रो चिनियाँ महिला हुन् । यसअघि सन् २०१२ मा सेन्झोयु–९ अन्तरिक्ष यानमा चढेर लिउ याङ अन्तरिक्षमा पुगेकी थिइन्। अन्तरिक्षबाट पृथ्वीतर्फ फर्किने क्रममा उनले आफ्नो अनुभव यसरी साटेकी छिन्,

पहिलो पटक जब म झ्यालबाहिरबाट हेरे मैले जीवनको शक्तिको वास्तविक सत्य महसुस गरे। अन्तरिक्षमा पुगेको घटनालाई शब्दमा वर्णन गर्न सक्दिन। अन्तरिक्षमा हिड्ने क्रममा सो समूहले अन्तरिक्ष स्टेसनमा एउटा सस्पेन्सन डिभाईस जडान गरेको थियो।

त्यस अवसरमा उनीहरुले चीनले विकास गरेको अन्तरिक्षमा लगाउने पोसाक पनि परीक्षण गरेका थिए। वाङभन्दा अगाडि सन् १९८४ देखि अहिलेसम्म १५ जना महिलाले अन्तरिक्षमा पैदल हिडेका छन्।

सोभियत अन्तरिक्ष यात्री सेभेटलाना साभिट्सकाय अन्तरिक्षमा हिड्ने पहिलो महिला हुन्। अन्तरिक्षमा हिड्ने महिला अन्तरिक्षयात्रीमध्ये अधिकांश अमेरिकी छन्।

यो पनि,भियतनाममा चीनद्वारा निर्मित सहरी रेलवे सञ्चालनमा: भियतनामी राजधानी हनोईका अधिकारीहरूले शनिबार चीनद्वारा निर्मित क्याट लिन्ह-हा डोङ मेट्रो लाइन परियोजनाको उद्घाटन गर्दै यो व्यावसायिक सञ्चालन सुरु गर्ने देशको पहिलो मेट्रो लाइन बनेको बताएका छन्।

उक्त परियोजना हनोईलाई यसको लगानीकर्ता भियतनामी यातायात मन्त्रालयले सोही दिन हस्तान्तरण गरेको छ। मेट्रो लाइनका सबै यात्रुहरूले पहिलो १५ दिनसम्म निस्शुल्करूपमा आवतजावत गर्न सक्नेछन्।

शनिबार बिहान निस्शुल्क दुईतर्फी यात्रा गरेपछि हनोईको थान जुआन जिल्लाकी ३० वर्षीय यात्री होआङ थि हुओङले मेट्रो लाइन आफूले विदेशमा देखेको जत्तिकै आधुनिक भएको प्रतिक्रिया दिएकी छिन्।

अब मलाई काममा जाँदा हरेक बिहान भीडको चिन्ता लिनु पर्दैन,’हुओङले सिन्ह्वालाई भनिन् शहरमा यातायात सहज बनाउन थप सहरी रेलवे परियोजनाहरू निर्माण गरिने हुँदै जनेछन्।

१२ स्टेसन भएको एलिभेटेड लाइन १३ किमी भन्दा बढी छ। प्रत्येक रेल प्रतिघण्टा ८० किमी को गतिमा १,००० यात्रु बोकेर हिड्नेछ।

एलिभेटेड रेलवे परियोजनाले आधिकारिक रूपमा अक्टोबर २०११ मा निर्माण शुरु गरेको थियो भने यसको परीक्षण डिसेम्बर २०२० मा गरिएको थियो। प्रति यात्रु टिकटको मूल्य ३००००भियतनामी मुद्रा हुनेछ।

प्रतिक्रिया