आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

तेल ट्यांकर दु’र्घटना हुँदा ९९ जनाको मृत्यु, थप विवरण सहित

प्रकाशित
795
SHARES

एजेन्सी। इन्धन बोकेको ट्यांकर दुर्घटना हुँदा सियरा लिओनमा ९९ भन्दा बढीको मृत्यु भएको छ। देशको राजधानी फ्रिटाउनमा हिजो भएको दुर्घटनामा परी अन्य सय भन्दा बढीको उपचार भइरहेको पनि बताइएको छ।

अस्पतालमा उपचार भइरहेकामध्ये अधिकांशको शरीरका धेरै भाग जलेका छन्। उद्धारकर्ता र अस्पतालमा उपचार गराइरहेका स्वास्थ्यकर्मीले पनि ९० भन्दाबढीको मृत्यु भएको जनाएका छन्। घाइते हुनेमा महिला र बालबालिका पनि रहेका छन्।

अर्को एउटा सवारी साधनसँग ट्याङ्कर ठोक्किएपछि आगलागी भएको र ठूलो मानवीय क्षति भएको प्रत्यक्षदर्शीले बताएका छन्। “दुर्घटनालगत्तै घटनास्थलमा धेरै मानिस जलिरहेको, रोइरहेको देखिएको थियो र कोही कोही त जल्दै दौडिँदै गरेको पनि देखिएको थियो”, एक प्रत्यक्षदर्शीले भने।

घाइते र मृतकमध्ये धेरै दुर्घटनाका बेला घटनास्थलमा रहेका मोटरसाइकल चालक, पैदलयात्री, सडकका व्यापारीलगायत रहेको पनि उनीहरुले जनाएका छन्। बिहान किनबेचका लागि सयौँ मानिसको भीड सडकमा लागेको थियो।

त्यही भएर पनि मानवीय क्षति धेरै भएको अनुमान गरिएको छ। “आगलागी हुनुअघि इन्धन पोखिएको थियो। त्यसपछि लागेको आगोले नजिक रहेका मानिसहरू र सवारी साधन जलेका थिए”, एक प्रत्यक्षदर्शीको भनाइ छ।

राष्ट्रपति जुलियस मादा बायोले ठूलो मानवीय क्षति हुनेगरी भएको दुर्घटना र आगलागीको घटनाले आफूलाई अति दुखित बनाएको बताउनुभएको छ। उहाँले सामाजिक सञ्जाल ट्वीटरमार्फत शोक वक्तव्य प्रकाशित गर्दै पीडित परिवारलाई आफूले सक्दो सहयोग गर्ने आश्वासन पनि दिएका छन्।

शवगृहमा ९० भन्दाबढी शवहरू पुगेको र फ्रिटाउन वरिपरिका स्वास्थ्य केन्द्रमा १०० जना जति मानिसको उपचार भइरहेको बताइएको छ। घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या अझै बढ्नसक्ने स्थानीय अधिकारीहरुले अनुमान गरेका छन्।

तेस्तै, सुडानी सेनाले विद्रोहमा पक्राउ परेका चार मन्त्रीहरूलाई रिहा गर्ने जनाएको छ। सुडानका शीर्ष जनरलले बर्खास्त गरिएको सरकारका चार मन्त्रीहरूलाई रिहा गर्न आदेश दिएका छन्।

सरकारी समाचार एजेन्सीका अनुसार उनीहरूलाई गत हप्ता व्यापक रूपमा निन्दा गरिएको सैन्य विद्रोहको बीचमा हिरासतमा राखिएको थियो। यद्यपि, अपदस्थ अधिकारीहरूका बचाव पक्षका वकिल मोएज हाद्राले मन्त्रीहरूलाई रिहा गर्न बाँकी रहेको बताएका छन्।

सुना समाचार एजेन्सीले जनरल अब्देल-फत्ताह बुरहानले सूचना तथा संस्कृतिमन्त्री हम्जा बलौल, सञ्चारमन्त्री हासिम हसबेल-रसौल, व्यापार तथा अन्तर्राष्ट्रिय सहयोगमन्त्री अली गेदोउ र मन्त्री युसेफ आदमका लागि उक्त निर्णय जारी गरेको जनाएको छ।

संकट समाधानका लागि नागरिक संक्रमणकालीन सरकार पुनःस्थापना गर्न अन्तर्राष्ट्रिय दबाब बढ्दै गएको छ । यसैबीच आन्दोलनकारी र अधिकारकर्मीहरूले कार्यकर्ता र विपक्षी नेताहरूविरुद्ध व्यापक गिरफ्तारी अभियान चलाउने चेतावनी दिएका छन्।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बिहीबार टेलिफोनमा जनरल बुरहानलाई सुडानमा राजनीतिक संकट समाधान गर्न र तत्काल संवैधानिक व्यवस्था र सुडानको संक्रमणकालीन प्रक्रियालाई पुनर्स्थापना गर्न कदम चाल्न आग्रह गरेका छन्।

संयुक्त राष्ट्रसंघ प्रमुखले पूर्वप्रधानमन्त्री अब्दल्ला हाम्डोक र मनोमानी रूपमा हिरासतमा राखिएका अन्य नागरिकहरूको रिहाइको लागि आफ्नो आह्वान पुनः दोहोर्याएका छन्।

प्रतिक्रिया