आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रधानमन्त्री निवास ध्वस्त, के छ अवस्था, थप जानकारी सहित

प्रकाशित
1.7K
SHARES

एजेन्सी। इराकी प्रधानमन्त्रीको निवासमा ड्रोन हमला गरि धोस्त  भएको छ। प्रधानमन्त्री मुस्तफा अल–कादिमी भने ड्रोन हमलाबाट बाल बाल  बच्न सफल भएका छन्।

राजधानी बग्दादको ग्रीनजोनमा रहेको प्रधानमन्त्री निवासमा विष्फोटक पदार्थ बोकेको ड्रोनबाट हमला गरिएको सीएनएनले जनाएको छ। प्रधानमन्त्री कादिमीको ह त्या गर्ने उद्देश्यले आ क्रमण गराइएको इराकी अधिकारीहरूले बताएका छन्।

ड्रोन आ क्रमणबाट इराकी प्रधानमन्त्री घाइते भएको र उनलाई अस्पताल लगिएको भनिए पनि प्रधानमन्त्री कादिमी आफैले सामाजिक सञ्जालबाट आफू सुरक्षित रहेको जानकारी दिएका हुन।

उनले इराक र इराकी जनताको हितका लागि शान्त र धैर्य बन्न पनि आग्रह गरेका छन्। थुप्रै सरकारी कार्यालयहरू र विदेशी दूतावासहरू समेत रहेको भीआपी क्षेत्रमा गराइएको हमलाको जिम्मेवारी भने कसैले पनि लिएको छैन।

पछिल्ला दिनहरूमा इरानी सत्तासँग सम्बन्धित केही हतियारधारी समूहहरूले गत महिना इराकमा सम्पन्न निर्वाचनको परिणामलाई लिएर ग्रीनजोन नजिकै विरोध प्रदर्शन गर्दै आईरहेका छन्।

अमेरिकाले घटनाको भर्त्सना गर्दै अनुसन्धानमा सहयोग गर्ने प्रस्ताव गरेको छ। प्रधानमन्त्री अल-खादिमी गुप्तचर निकायका पूर्वप्रमुख हुन्। उनले गत वर्षको मे महिनामा प्रधानमन्त्रीको पदभार ग्रहण गरेका थिए।

केही सातायता इरानप्रति सहानुभूति राख्ने राजनीतिक समूहहरूले ग्रीन जोननजिकै प्रदर्शन गरिरहेका थिए। गत महिना भएको निर्वाचनको परिणाममा अनियमितताको आरोप लगाउँदै उनीहरूले प्रदर्शन गर्ने गरेका छन्।

यसै साता सुरक्षाकर्मीहरूसँग भएको हिंसात्मक झडपका क्रममा १०० जनाभन्दा बढी मानिसहरू घाइते भएका थिए। उता सियरा लियोनको राजधानी फ्रीटाउनमा एउटा इन्धन बोकेको ट्यांकर अर्को लरीसँग ठोक्किएपछि भएको बिस्फोटमा कम्तीमा ९४ जनाको मृत्यु भएको छ।

बिस्फोटमा दर्जनौं मानिस घाइते भएका छन्। लरीसँग ठोकिएपछि टयांकरको इन्धन पोखिएको थियो। त्यसपछि लागेको आगोले वरपरका मानिस र सवारी साधनमा सल्किएको थियो।

ट्याकरनजिक मानिसहरुका डढेका शव छरपस्ट देखिएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्। ट्यांकर ठोकिएपछि भएको आगोलागीबाट ठूलो मानवीय क्षति भएकोप्रति राष्ट्रपति जुलियस मादा बायोले गहिरो दुःख व्यक्त गरेका छन्।

दुर्घटनापछि जलेर १०० भन्दा बढी मानिसको ज्यान गएको फ्रीटाउनका मेयर वाइभोन सवेरले बताएका छन्। फ्रीटाउन वरिपरिका स्वास्थ्यकेन्द्रमा १०० जनाको उपचार भइरहेको बताइएको छ।

तेस्तै, इथियोपियाको मन्त्रिपरिषद्ले देशव्यापी रूपमा संकटकाल घोषणा गरेको छ। देशको उत्तरी क्षेत्रमा सक्रिय विद्रोही समूह टिग्रे पिपुल्स लिबरेसन फ्रन्ट (टिपिएलएफ)ले राजधानीतर्फ अघि बढ्ने चेतावनी दिएपछि इथियोपियाको सरकारले देशव्यापी रूपमा संकटकाल घोषणा गरेको हो।

संकटकाल घोषणासँगै सरकारी अधिकारीहरूले नागरिकहरूलाई राजधानी अदिस अब्बासको रक्षाका लागि तयार रहन आग्रह गरेका छन्। इथियोपियाको सरकारी सञ्चारमाध्यम फना ब्रोडकास्टिङका अनुसार आतंकवादी समूह टिपिएलएफद्वारा हुन सक्ने सम्भावित नरसंहारबाट नागरिकलाई बचाउन संकटकाल घोषणा गरिएको हो।

टिपिएलएफ संघीय सरकारविरुद्ध विगत एक वर्षदेखि युद्धरत छ। संकटकालको समयमा सडक तथा यातायात सेवा अवरुद्ध, कर्फ्यु लगाउने तथा केही क्षेत्रमा सेनाको नियन्त्रण हुन सक्ने,

आतंकवादी’ समूहसँग जोडिएका शंकास्पद व्यक्तिहरूलाई पक्राउ पुर्जीविना नै पक्राउ गर्न सकिने तथा सेनामा भर्ती हुने उमेर पुगेका सबै नागरिकलाई विद्रोही समूहविरुद्ध लड्नका लागि आह्वान हुन सक्ने बताइएको छ।

‘इथियोपियाको अस्तित्व, सार्वभाैमसत्ता र एकता संकटमा छ। त्यसैले हामीले सामान्य प्रक्रियाबाट यो समस्याको समाधान गर्न सक्दैनौँ,’ न्यायमन्त्री गेडियोन टिमोथिवोसले भनेका छन्। उनले ‘आतंकवादी समूह’लाई आर्थिक, भौतिक तथा नैतिक समर्थन गरेर संकटकालको अवज्ञा गर्ने जोसुकैले तीनदेखि दश वर्षसम्मको जेल सजाय भोग्नुपर्ने पनि बताए।

पछिल्ला केही दिनमा टिग्रेयान लडाकुले टिग्रे क्षेत्रको सीमामा पर्ने अम्हारा क्षेत्रका रणनीतिक सहरहरू डेस्सी र कोम्बाचा कब्जा गरेको बताउँदै उनीहरू राजधानी अदिस अब्बासतर्फ अघि बढ्ने बताएपछि सरकारले यस्तो कदम चालेको हो।

इथियोपियाको उत्तरतर्फको अधिकांश क्षेत्रहरूमा अहिले सञ्चार सेवाहरु अवरुद्ध गरिनुका साथै पत्रकारहरूलाई ती क्षेत्रमा जान प्रतिबन्धित गरिएको छ। मंगलबार बिहानै राजधानीमा रहेका सरकारी अधिकारीहरूले राजधानीको रक्षा गर्नका लागि आफूहरूसँग भएको हतियार दुई दिनभित्र सरकारी कार्यालयमा दर्ता गर्न भनेका छन्।

सेनाका क्याम्पहरूमा टिपिएलएफले आक्रमण गरेको बताउँदै इथियोपियाका प्रधानमन्त्री अबि अहमदले गत वर्ष नोभेम्बरमा देशको टिग्रे क्षेत्रमा सेना पठाएका थिए। उनले सेनाले तीव्र गतिमा विजय हासिल गर्ने बताएको भए पनि टिग्रे समूहले एक वर्षमा ती क्षेत्रहरूमा कब्जा जमाएको छ।

संयुक्त राष्ट्र संघका अनुसार इथियोपियाको द्वन्द्वले निम्त्याएको मानवीय संकटले लाखौँ मानिस भोकमरीमा रहेका छन्। इथियाेपियामा द्वन्द्वका कारण हजारौँ मानिसको ज्यान गएको छ भने २५ लाखभन्दा बढी मानिस विस्थापित भएका छन्।

प्रतिक्रिया