आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कुलमान घिसिङ सुटुक्क मध्यरातमा किन पुगे चन्द्रागिरी, कारण थाहा पाएपछि सबै चकित

प्रकाशित
4.1K
SHARES

काठमाडौ। सर्वसाधरणलाई दैनिक १८ घन्टा लामो लोडसेडिङबाट मुक्ति दिलाउने कुशल व्यवस्थापकको जस पाएका कुलमान घिसिङ शुक्रबार साँझ काठमाडौंको उज्यालो हेर्न चन्द्रागिरि पुगेका थिए।

नेपाल विद्युत् प्राधिकरणको संचालक समितिका तीन सदस्यसहित चन्द्रागिरि पुगेका प्रबन्ध निर्देशक कुलमानको ‘तिहारमा काठमाडौं कस्तो देखिने रहेछ रु’ भनी अवलोकन गर्ने योजना रहेछ।

चिसो स्याँठ चलिरहेको औंसीको रातमा कुलमान गुपचुप २५ सय मिटर उचाईको चन्द्रागिरिबाट डाँडाभन्दा ११ सय मिटर मुनिको (१४ सय मिचर उचाईमा फैलिएको) काठमाडौं उपत्यकाको उज्यालो नियालिरहेका थिए।

चन्द्रागिरिबाट काठमाडौं, भक्तपुर र ललितपुरको झिलिमिलि देखिन्थ्यो। तर, सडक देखिएन । डाँडाबाट भक्तपुर–सूर्यविनायक सडक, नैकाप–कलंकी सडक, काठमाडौं विमानस्थल र स्वयम्भू–वनस्थली सडकमात्रै प्रस्ट देखिरहेको थियो।

त्यो पनि सडकमा गुडिरहेका गाडीको उज्यालोले। स्ट्रिट–लाइट नभएकाले सडकहरु देखिएनन्,’ कुलमानले सहर अवलोकन गर्दै भने । उज्यालोकै कारण धरहरा देखियो।

उनलाई उज्यालो काठमाडौंको फोटो खिच्ने रहर थियो । तर, मोबाइलको ब्याट्री सकिएकाले उनले अन्य सहयात्रीको मोबाइलबाट ‘पछि फोटो पठाइदिने सर्तमा’ फोटो खिचे– खिचाए।

०७३ को लक्ष्मी पूजाको दिन विद्युत् प्राधिकरणले ‘अब लोडसेडिङ हुँदैन’ भनेर घोषणा गरेयता देश लोडसेडिङ मुक्त भयो। यसबीच उनी आफ्नो पहिलो कार्यकालमा दुईपटक काठमाडौंको उज्यालो हेर्न उपत्यकाका दुईटा अग्ला डाँडा उक्लिएका रहेछन्।

‘एक पटक स्वयम्भूपारीको डाँडाबाट तिहारको उज्यालो हेरेको छु,’ उनले भने, ‘परार यही डाँडाबाट हेरेको थिएँ ।’ साउनमा प्राधिकरणमा दोस्रोपटक प्रबन्ध निर्देशक भई आएका कुलमानको यो यात्रा यसपटक पहिलो थियो।

अहिले नेपालमा दिउँसो २ सय र राति ४ सय मेगावाट हाराहारी विद्युत् खेर गइरहेको छ। कागतिहारको दिन नेपालले भारतसँग उर्जा व्यापार सुरु गरेकोको तेस्रो दिन कुलमानले ६ वर्षको काठमाडौं चन्द्रागिरि डाँडाबाट सम्झिँदै भने, ‘लोडसेडिङका बेला एक भाग अँध्यारो हुन्थ्यो । अर्को भाग उज्यालो हुन्थ्यो।

उनले यति भनेपछि चन्द्रागिरि रिसोर्टको आगनमा रमाइरहेका स–साना केटाकेटीसँग भेट भयो । केटाकेटीहरुले कुलमानलाई नमस्ते अभिवादन गरे । उनीसँगै आएका एक जना सञ्चालक समितिका सदस्यले केटाकेटीहरुलाई प्रश्न गरे।

‘तिमीहरुले कुलमान सरलाई चिनेका छौं ?’ ६–७ वर्ष हाराहारीका केटाकेटीले ‘चिन्दैनौं’ भनेपछि हाँसो गुन्जियो । भीडबाट कसैले भने, ‘यीनीहरु जन्मिँदा नेपालमा लोडसेडिङ नै हटिसकेको थियो । कसरी चिन्नु कुलमान सरलाई ।

फेरि सबै जना हाँसे । तिहारको बेला रिसोर्टमा बास बस्न पुगेका आन्तरिक पर्यटकहरुको भीडमा कुलमान घिसिङ फोटो सेसन गर्न थाले । यो क्रम चलिरह्यो । धेरैले लोडसेडिङ मुक्त गरेका कुलमानलाई आदरका साथ तिहारको शुभकामना र उज्यालो बनाउने अभियान्तका रुपमा सम्मान प्रकट गरिरहे।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा बत्तीको अभाव नहुने बताउनुभएको छ । आज मङ्गलवार नेपाल विद्युत् प्राधिकरणले आयोजना गरेको शुभकामना आदानप्रदान तथा समसामयिक विषयमा पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक घिसिङले तिहारमा बत्तीको अभाव नहुने बताउनुभएको हो।

उहाँले यस वर्षको तिहारमा झन्डै १५ सय मेगावाट बिजुली प्रयोग हुन सक्ने प्रक्षेपण गरेको बताउनुभयो। घिसिङले अहिले कुलेखानीको विद्युत् खेर गइरहेको बताउँदै प्रसारणको कारणले तिहारमा कतै पनि विद्युतको अभाव नहुने बताउनुभयो ।

उहाँले आम नागरिक तथा उपभोक्तालाई ढुक्कसँग विद्युत् चलाउन आग्रह गर्नुभयो। कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘यो तिहारमा हामीले १५ सय मोगावाटभन्दा बढी एक्सपोज गरेका छैनौँ,

हामीसँग जेनेरेशन अहिलेसम्मको झन्डै दुई हजार प्लस मेगावाटमा हामी जलविद्युत् मात्रै उत्पादन जडित क्षमता छ, १५/१६ सय जलविद्युत् अप्रेशनमा छ। कुलेखानी चलाउनुपरेको छैन, कुलेखानी पनि खेर गइरहेको छ।

, दिउँसो झन्डै दुई सय र राति पाँच सय मेगावाट हामी सप्लाइमा छौँ, त्यो भएकोले तिहारका लागि लोडअनुसारको आपूर्ति धेरै बढी छ, कुनै समस्या हुँदैन, बत्ती काट्ने, लोडशेडिङ गर्ने कुनै अवस्था छैन।

ढुक्कका साथ जति पनि तिहार मनाउनलाई लाइटिङ सिस्टम राख्नुपर्ने हो, इक्विपमेन्ट चलाउँदा पनि हामीलाई असर पर्दैन, सबै आम नागरिक, उपभोक्ताले निर्धक्कका साथ तिहारमा झिलिमिली गर्दा हुन्छ।

उहाँले समय समयमा बत्ती जाने गरेको समस्यालाई गम्भीरताका साथ लिएको बताउँदै वितरण प्रणालीमा व्यापक सुधार गर्ने बताउनुभयो। उहाँले ट्रान्सफर्मरको समस्या धेरै रहेको र अब तत्काल त्यसको समाधान हुने बताउनुभयो।

कार्यकारी निर्देशक घिसिङले भरपर्दो विद्युत् कसरी दिने भन्ने अबको चुनौती रहेको बताउँदै अब देशभर स्मार्ट चार्जिङ स्टेशन राख्ने बताउनुभयो।

प्रतिक्रिया

आजको ट्रेन्डिङ