आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेपाली काँग्रेसका सभापति रङ्गेहात पक्राउ

प्रकाशित
3K
SHARES

काठमाडौ। नेपाली कांग्रेसका सभापति रङ्गेहात पक्राउ परेका छन्। नेपाली काँग्रेस दोलखा जिल्लाका सभापति बर्मा लामा काठमाडौँबाट रङ्गेहात पक्राउ परेका हुन्। उनलाई काठमाडौँ प्रहरिले जुवाको खालबाट रङ्गेहात पक्राउ गरेको हो।

बौद्धको नयाँ बस्तीबाट प्रहरीले लामासहित १८ जनालाई पक्राउ गरेको छ। बर्मा लामा केहि समय अघि मात्रै भएको नेपाली काग्रेसको दोलखा जिल्ला अधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए। उनी नेपाली काग्रेसमा रामचन्द्र पौडल गुटका नेता हुन्।

सभापतीनै यस्तो अवस्थामा पक्राउ परेपछि दोलखाली काग्रेसहरु विखलबन्दमा परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतका अनुसार उनीहरुको साथबाट ६ लाख नगद बरामद गरिएको छ।

सागर लामाको फ्ल्याटमा जुवा खेलाइरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो। सागर लामाले पेसेवररुपमा नै जुवा खेलाउँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनी हाल फरार रहेको प्रहरीको भनाइ छ।

जो अगुवा उही के भने जस्तो अवस्था लामाको पक्राउ सँगै भएको छ। लामा पक्राउ परे पछि दोलखा काग्रेसका एक कार्यकर्ताले सामाजिक संजालमा लेखेका छन्, ‘सभापतीज्यू जुवा खेलेर दोलखामा पुँजिवाद ल्याउँन लाग्नु भएको रहेछ विचरा मामाघर पुग्नु भएछ।

तेस्तै , नेकपा माओवादी केन्द्रका एमसीसी पास गर्छौ भनेर अमेरिकालाई पत्र नपठाएको जनाएको छ। पार्टीका संसदीय दलका प्रमुख सचेतक देव गुरुङले अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेर अमेरिकालाई पत्र नलेखेको दाबी गरेका छन्।

हिजो मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्छौ भनेर प्रचण्ड जी र मैलै हस्ताक्षरनै गरेर अमेरिकालाई पठाइसेकेका छौँ भनेर सार्वजनिक रुपमै दावी गरेका थिए। उत्त दाविलाई सचेतक गुरुङले देउवाको अस्विकार गरेका छन्।

देउवाले पुरानो कुरा गरेको होला अहिले त्यस्तो केहि भएको छैन’ उनले टेलिफोनमा भने, ‘चार बर्ष अघिनै दलहरुको विचमा असहमती छ धेरै कुरा क्लियर हुनै बाँकी छ भनेर लेखेको पत्रको कुरा होला।

àतर देउवाले अहिले तत्कालको कुरा गरेका छन् प्रचण्ड र मैले तत्काल एमसीसी पास गर्छौ भनेर अमेरिकालाई पत्र लेखेका छौ, भन्ने आशयले भनेका छन् त ?’ भन्ने प्रश्नमा गुरुङले आफूलाई त्यस्तो नलागेको र देउवाले अहिलेको होइन पुरानो कुरा गरेको हुन सक्ने उनले बताए

प्रचण्ड माथी यस्तो आरोप लागी सके पछि उहाँ र माओवादी केन्द्रले यस बिषयमा केही बोल्नु पर्दैन रु भन्ने प्रश्नमा गुरुङले यस बिषयमा अध्यक्ष प्रचण्डले खण्डन गर्न सक्ने बताएका छन् । यदि अहिलेको कुरा देउवाले गरेका हुने भने अध्यक्षले यस बिषयमा प्रष्ट पार्नुहुन्छ होला उनले भनेका छन्।

तपाईँहरु एमसीसीको बिषयमा विरोध गरेर हिड्नु भएको छ यति गम्भिर आरोप पार्टी अध्यक्ष माथी लाग्दा पार्टीमा आवाज उठाउँनु हुन्छ की हुँदैन ? भन्ने प्रश्नमा प्रमुख सचेतक गुरुङले यस्ता कुरा पार्टीमा उठिनैरहेको र फेरी पनि उठ्ने बताएका छन्।

प्रधानमन्त्री देउवाले प्रचण्डको समेत नाम जोडेर एमसीसीमा जोडेपछि राजनिती फेरी तातेको छ। एमसीसी विरोधी अभियान्ताहरु जुरुक्क तातेका छन् तिहार पछि आन्दोलननै गर्ने तयारी पनि कतिपय एमसीसी विरोधी अभियान्ताहरुले गरेको बताइन्छ।

तेस्तैविगत ५ वर्ष अगाडिका लक्ष्मी पूजाको दिन भारतबाट विद्युत आयात गर्नु पर्थ्यो । तर हिजोको लक्ष्मी पूजामा त्यो अवस्था आइपरेन ।बरु ५ वर्षपअघिको अवस्थाको ठिक विपरित भयो । किनकि वर्षको लक्ष्मी पूजामा हालसम्मकै उच्च विद्युत माग रेकर्ड गरियो ।

त्यतिमात्रै होइन भारतमा ४८ मेगावट विजुली निर्यात पनि गरिएको छ, र भारतबाट नेपाल बिजुली आयात शुन्यमा झारिएको छ। नेपालको बिजुली नै प्रशस्त छ। लक्ष्मीपूजाको अवसरमा उपत्यकामा अधिकजसो घरमा बिजुली खपत हुने गर्छ।

झिलिमिली बिजुली बाल्नेदेखि छुट्टै बत्ती बाल्नसम्म । त्यसको परिणम स्वरुप नै भनौँ हिजो हालसम्मकै उच्च बिजुली खपत पनि भयो । विद्युत प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन सबैभन्दा धेरै विद्युतको माग भयो ।

हिजाको पीक डिमाण्ड १२७० मेगावाट पुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । यो हालसम्मकै उच्च माग हो । पोहोरको साल लक्ष्मीपूजाको दिन ११२३ मेगावाट थियो । पोहोरको तुलनामा यो वर्ष १४७ मेगावाट बढी हो ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चलाखीपूर्ण तरिकाले व्यवस्थपन गरेका थिए । उनले यो वर्षको लक्ष्मीपूजाका दिन पिक डिमाण्ड १५०० मेगावाटको हाराहारीमा पुग्ने प्रक्षेपण गरेको थियो । र, त्यसै अनुसारअनुसार विद्युत आपूर्तिको व्यवस्थापन गरेका थिए ।

निर्देशक घिसिङले भरपुर बिजुलीको प्रयोग गरिने पनि जनाएका थिए । यो अवस्थामा काठमाडौं उपत्यका र आसपासका क्षेत्रको पिक डिमाण्ड ३२०.६४ मेगावाट रेकर्ड भयो । यो पनि गत वर्षको तुलनामा अधिक हो । गत वर्ष र यो वर्षको तुलना गर्दा झण्डै २४ दशमलव ६४ मेगावट विद्युत बढी माग हो ।

गत आर्थिक वर्ष र यो वर्षको सम्रग तुलनामा पनि नेपालकै इतिहासमा सबैभन्दा बढी विजुली डिमाण्ड भएको हो । चालु आर्थिक वर्षमा पिक डिमाण्ड १६१४।८ मेगावाट रेकर्ड गरिएको थियो । त्यसलाई नै हालसम्को उच्च डिमाण्ड मानिँदै आएको छ ।

तर यो रेकर्ड गत असोजको हो । उक्त डिमाण्डलाई निर्यातसहित मापन गरिएको थियो । समग्र व्यवस्थापन हेर्दा विद्युत वितरण र व्यवस्थापनमा विद्युत प्राधिकरण सफल भएको छ ।

उर्जामन्त्रीसहित प्राधिकरण पदाधिकारी भार केन्द्रमा: ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालसहित प्राधिकरणका सञ्चालकहरु विश्वप्रकाश गौतम, कपिल आचार्य, कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशहरुसहितको टोली स्यूचाटारस्थित भार प्रेषण केन्द्र पुगी लक्ष्मीपूजाको दिन विद्युत माग र आपूर्ति व्यवस्थापनको जानकारी लिएका थिए।

कुनै समस्याका कारण उपभोक्तालाई असर नपरोस भन्ने उदेश्यले प्राधिकरणले मुलुकभरका वितरण केन्द, विद्युत गृहका प्रमुखहरु र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको पनि जनाएको थियो।

प्रतिक्रिया

आजको ट्रेन्डिङ