आज : गते

ताजा शिर्षकहरु

कृष्ण महरालाई अर्को आपत, फेरि किन भयो मुख देखाइनसक्नु

प्रकाशित
1.1K
SHARES

काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरालाई अर्को आपत आइ लागेको छ । पूर्व सभामुख समेत रहेका महराले दुई दिनअघि मात्रै सार्वजनिक रुपमै कुनै पनि हालतमा एमसीसी पास गर्न नहुने अभिव्यक्ती दिएका थिए ।

तर उननले त्यसरी बोलेका दुई दिनमै माओवादी नै एमसीसीको मतियार रहेको रहस्य खुलेपछि महरालाई मुख देखाइनसक्नुको अवस्था आइलागेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफुले एमसीसी पास गर्छौै भनेर हस्ताक्षर गरेर अमेरिकालाई बुझाइसकेको खुलासा गरिदिएपछि बाहिर-बाहिर एमसीसीको चर्को विरोध गर्ने महराहरुको पनि असली अनुहार बाहिर आएको छ ।

रोशनी प्रकरणमा ठूलो बेइजती खेपेका महराले पटक पटक सार्वजनिक रुपमा आफुलाई एमसीसी पास गर्न तत्कालिन प्रधानमन्त्री केपी ओलीले ठुलो दबाव दिएको र आफुले नमानेका कारण यसरी फसाइएको बताउँदै आएका थिए । तर अहिले उनलाई पार्टीका अध्यक्षले एमसीसी पास गर्न अमेरिकालाई गोप्य पत्र नै पठाईसकेको खुलेपछि उनको छलकपट पनि उदाङ्गिएको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले पनि पछिल्लो समय एमसीसी विरोधी जस्तो आभाष दिने गरि अभिव्यक्ती दिँदै आएका थिए तर आजै मात्रै देउवाले मिडियाको अगाडी प्रचण्डको पोल खोलिदिएका छन् ।

देउवाको अभिव्यक्तीपछि एमसीसी कुनै हालतमा पास गर्न नहुने बताउँदै आएका कृष्णबहादुर महराहरु लाजले पानी-पानी भएका छन् । देउवाको यस्तो अभिव्यक्तीपछि राजनितिक वृतमा यसले ठूलो चर्चा पाएको छ । प्रचण्डको मुकुण्डो उत्रिएको भन्दै समाजिक संजाल प्रयोगकर्ताहरुले आलोचना गरिरहेका छन् ।

कतिपय सामाजिक संजाल प्रयोगकर्ताहरुले प्रचण्ड र महराहरुलाई लाजको पसारो भन्दै अब कुन माक्सले मुख छोपेर हिड्छौ ? भन्दै प्रश्न समेत गरेका छन् । देउवाको यस्तो अभिव्यक्तिपछि माओवादी केन्द्र र सो पार्टीका कोही पनि नेताहरुले अहिलेसम्म केही प्रतिक्रिया दिएका छैनन् ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ