आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

लक्ष्मीपूजाकै दिन राष्ट्रपति कार्यालयमा घट्यो यस्तो घटना, देशभर तरङ्ग

प्रकाशित
845
SHARES

काठमाडौ। नेपालीहारुको दोस्रो महान पर्व तिहारको तेस्रो दिनब आज राष्ट्रपति कार्यालय शीतलनिवासमा अर्को घटना घटेको छ। शीतलनिवासको प्राङ्गणमा बिहीबार सांस्कृतिक संस्थानका कलाकार र बाल मन्दिरका बालबालिकाले देउसीभैलो प्रस्तुत गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा ती कलाकारले देउसीभैलोसहित नेपालका विभिन्न क्षेत्र र भू–भागका लोकसंस्कृति प्रस्तुत गरेका थिए।

त्यसक्रममा सांस्कृतिक संस्थानका ३० जना कलाकारले नेपालको पूर्व र पश्चिमका देउसीसहित नुगेको डाली, साकेला, घरपट्टि नानी, तिहारै आयो, टप्पा, रोयला, असारे महिनाजस्ता लोक–सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

त्यसैगरी बालमन्दिरका बालबालिकाले पनि देउसीभैलो प्रस्तुत गरेका थिए। राष्ट्रपति भण्डारीले देउसीभैलो प्रस्तुत गर्ने कलाकार टोलीलाई सेलरोटी, फलफूल र दक्षिणा समेत प्रदान गरेकी थिइन्। उनले देउसी भैलोलाई दिइने परम्पराअनुसार नै बलेको दियो नाङ्लोमा राखेर चामल र सेलरोटीसहितको दक्षिणा आफैले दिएकी थिइन्।

राष्ट्रपति भण्डारीले आफ्ना मौलिक गीत, सङ्गीत, कला र साहित्यले जुनसुकै देशलाई पनि समृद्ध बनाउन सहयोग पु¥याउने भन्दै नेपालको लोकसंस्कृति विश्वमै विशिष्ट र अद्वितीय रहेको बताइन्।

उनले सांस्कृतिक संस्थानले नेपालको लोक–संस्कृति र परम्पराको संरक्षण र प्रवद्र्धनमा निर्वाह गरेको भूमिका अतुलनीय रहेको भन्दै बिहीबार प्रस्तुत देउसीभैलोका लागि सबै कलाकारलाई विशेष धन्यवाद दिइन्।

उनले कोरोना महामारीले असहज बनाएको नेपाली समाज र देशको अवस्थालाई सहजतातर्फ उन्मुख गराउन यस्ता सांस्कृतिक कार्यक्रमहरूले पनि योगदान पुर्‍याउन सक्ने बताइन्। राष्ट्रपति कार्यालयको आँगनमा यसरी आफ्ना प्रस्तुति दिन पाएकामा कलाकारहरुले निकै खुशी व्यक्त गरेका थिए।

यसरी गर्न सकिन्छ घरमा आफैंले लक्ष्मीपूजा: आज कात्तिक कृष्ण आमावश्या अर्थात् गाईतिहारे औंसी तिथि। हिन्दु धर्मावलम्बीहरुले धनधान्यकी देवी लक्ष्मीको पूजाअर्चना गरी यो पर्व मनाउँदैछन्। कात्तिकको जुन साँझ वा अर्धरात्रिकालमा आमावश्या तिथि पर्छ त्यही दिन लक्ष्मीपूजा गर्ने शास्त्रीय मान्यता छ।

तिहारको औंसीको रातलाई सुखरात्रि पनि भन्ने गरिन्छ । शिवरात्रिलाई महारात्रि, कृष्ण जन्माष्टमीको रात्रिलाई मोहरात्रि र नवरात्रको सातौं दिनको रात्रिलाई कालरात्रि भनेजस्तै कात्तिक कृष्ण औंसीको रात्रिलाई सुखरात्रि भन्ने गरिएको हो।

औंसीको दिन साँझ वा रातिमा लक्ष्मीको पूजा गर्ने, साँझमा दीपमालिका गर्ने र बत्ती बाल्ने गरिन्छ। घरमा लक्ष्मीपूजा गर्नका लागि बाहिरदेखि नै कुनै मण्डप बनाएर लक्ष्मी भित्र्याउने र भित्र विधिवत् रुपमा यसको पूजा गर्ने गरिएको पञ्चांग निर्णायक समितिका सदस्य सचिव सूर्य ढुंगेल बताउँछन्।

पूजाका लागि आवश्यक सामग्री: हिन्दु धर्ममा कुनैपनि पूजा गर्दा पञ्चोपचार वा षोडशोपचारमध्ये एउटा विधिबाट गरिन्छ । पञ्चोपचार अर्थात् पाँच किसिमको पूजा सामग्री प्रयोग गरेर गरिने पूजा र षोडशोपचार अर्थात् सोह्र किसिमको पूजा सामग्री प्रयोग गरेर पूजा गर्ने दुई विधि हिन्दु शास्त्रमा उल्लेख छ ।

ध्यान–आवाहन, आसन, पाद्य, अघ्र्य, आचमन, स्नान, वस्त्र, यज्ञोपवित, गन्धाक्षत, पुष्प, धुप, दीप, नैवेद्य, ताम्बुल, दक्षिणा, जल आरती, मन्त्र पुष्पाञ्जली र प्रदक्षिणा–नमस्कार, स्तुति गरी १६ किसिमको विधि पूरा गरेर गरिने पूजा षोडशोपचार विधि अन्तर्गत पर्छ । पञ्चोपचार विधिमा भने चन्दन, अक्षता, फूल, धूप र बत्तीको प्रयोग गरिन्छ।

यसैगरि, नेकपा माओवादी केन्द्रका एमसीसी पास गर्छौ भनेर अमेरिकालाई पत्र नपठाएको जनाएको छ। पार्टीका संसदीय दलका प्रमुख सचेतक देव गुरुङले अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेर अमेरिकालाई पत्र नलेखेको दाबी गरेका छन्।

हिजो मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्छौ भनेर प्रचण्ड जी र मैलै हस्ताक्षरनै गरेर अमेरिकालाई पठाइसेकेका छौँ भनेर सार्वजनिक रुपमै दावी गरेका थिए। उत्त दाविलाई सचेतक गुरुङले देउवाको अस्विकार गरेका छन्।

‘देउवाले पुरानो कुरा गरेको होला अहिले त्यस्तो केहि भएको छैन’ उनले टेलिफोनमा भने, ‘चार बर्ष अघिनै दलहरुको विचमा असहमती छ धेरै कुरा क्लियर हुनै बाँकी छ भनेर लेखेको पत्रको कुरा होला।

àतर देउवाले अहिले तत्कालको कुरा गरेका छन् प्रचण्ड र मैले तत्काल एमसीसी पास गर्छौ भनेर अमेरिकालाई पत्र लेखेका छौ, भन्ने आशयले भनेका छन् त ?’ भन्ने प्रश्नमा गुरुङले आफूलाई त्यस्तो नलागेको र देउवाले अहिलेको होइन पुरानो कुरा गरेको हुन सक्ने उनले बताए।

प्रचण्ड माथी यस्तो आरोप लागी सके पछि उहाँ र माओवादी केन्द्रले यस बिषयमा केही बोल्नु पर्दैन रु भन्ने प्रश्नमा गुरुङले यस बिषयमा अध्यक्ष प्रचण्डले खण्डन गर्न सक्ने बताएका छन् । यदि अहिलेको कुरा देउवाले गरेका हुने भने अध्यक्षले यस बिषयमा प्रष्ट पार्नुहुन्छ होला उनले भनेका छन्।

तपाईँहरु एमसीसीको बिषयमा विरोध गरेर हिड्नु भएको छ यति गम्भिर आरोप पार्टी अध्यक्ष माथी लाग्दा पार्टीमा आवाज उठाउँनु हुन्छ की हुँदैन ? भन्ने प्रश्नमा प्रमुख सचेतक गुरुङले यस्ता कुरा पार्टीमा उठिनैरहेको र फेरी पनि उठ्ने बताएका छन्।

प्रधानमन्त्री देउवाले प्रचण्डको समेत नाम जोडेर एमसीसीमा जोडेपछि राजनिती फेरी तातेको छ। एमसीसी विरोधी अभियान्ताहरु जुरुक्क तातेका छन् तिहार पछि आन्दोलननै गर्ने तयारी पनि कतिपय एमसीसी विरोधी अभियान्ताहरुले गरेको बताइन्छ।

प्रतिक्रिया