आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

काठमाडौँ उपत्यकामा शक्तिशाली विस्फोट, ४ जनाको मृत्यु, थप जानकारी सहित

प्रकाशित
5.2K
SHARES

काठमाडौं। नेपालीहरुको दोस्रो महान चाड तिहारको चौथो दिन अर्को दुखद घटना घटेको छ । काठमाडौँ उपत्यकामा शक्तिशाली विस्फोट भएको छ।

ललितपुरको पाटन मंगलबजार नजिक चक्रबहीको एक घरमा आगलागी भइ खाना पकाउने ग्यास सिलिन्डर पड्किँदा एकै परिवारका चार जनाको निधन भएको छ।

महानगरीय प्रहरी परिसरका ललितपुरका प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार मृत्यु हुनेमा घरधनी लक्ष्मीकृष्ण ताम्राकार, छोरी अन्जना, बुहारी रन्जना र नानि निर्जल छन्।

दुई जना गम्भीर घाइते भएका छन् । उनीहरूको पाटन अस्पतालमा उपचार भइरहेको छ । करिब साढे ६ बजे म्ह पूजा गर्नेक्रममा घटना भएको थियो ।

चार तले घरको तेस्रो तलामा बालेको दियोले पर्दामा छोएर आगलागी सुरु भएको थियो । तेस्रो तलामा सल्केको आगोको लप्काले चौथो तलामा रहेको भन्साकोठामा पुग्यो ।

त्यसपछि भान्सा कोठामा रहेको ग्यास पड्किएको थियो । चौथो तलामा ११ जना म्ह पूजा गर्दै थिए । ग्यास पड्किएपछि चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै उता राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान मकवानपुरका कलाकार चढेको बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–४ अजिङ्गरेमा भैलो खेलेर हेटौंडातर्फ फर्किने क्रममा बागमती प्रदेश ०३–००१ ख १३०९ न.को बस अनियन्त्रित भइ सडक छेउमा पल्टिएको हो ।

दुर्घटनामा घाइते मध्ये ५ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइते हुनेमा मकवानपुर हेटौडा उपमहानगरपालिका–५ सानोपोखरा बस्ने बर्ष ४० की निरु खड्का रहेकी छिन् ।

उनको टाउकोमा चोट लागेको, सोही वडाको मनकामना चोक बस्ने वर्ष ४९ को बेल बहादुर लोको हात र अनुहारमा चोट लागेको , राक्सिराङ गाउँपालिका–३ बस्ने वर्ष ४२ को रविन कुमार चेपाङको छातिमा चोट लागेको,

हेटौंडा–११ नवलपुर बस्ने वर्ष ३६ कि सम्झना बिष्टको टाउकोमा चोट लागेकोले थप उपचारका लागि र अवस्था गम्भीर रहेकाले थप उपचारको लागि चितवन रिफर गरिएको छ ।

त्यस्तै हेटौंडा–५ पिप्ले बस्ने वर्ष ४८ कि लक्ष्मी तिमिल्सिना, हेटौंडा–१८ ठुलोदमार बस्ने वर्ष २१ को बिशाल श्रेष्ठ, मनहरी गाउँपलिका–६ बस्ने वर्ष ४० को संच बहादुर थिङ, बागमती–६ बस्ने वर्ष ४२ को बाबुराम बम्जन, भिमफेदी–१ सानोटार बस्ने वर्ष १८ को रविन तामाङ, सोही स्थान बस्ने वर्ष २० को संजिव थिङ रहेका छन् ।

यस्तै हेटौडा–१२ पदमपोखरी बस्ने वर्ष २० को रोशन घलान, हेटौंडा–५ बस्ने वर्ष २१ की कोपिला राई, थाहा नगरपालिका–७ बस्ने वर्ष ३६ को काजिमान गोले, धादिङ गंगाजमुना गाउँपालिका–७ बस्ने वर्ष २८ को श्याम बिसी, चितवनको,

भरतपुर महानगरपालिका–२ बस्ने वर्ष २९ को रविन ढकाल, भरतपुर–१ बस्ने वर्ष ४५ को रोशन खड्का सामान्य घाइते भएकाले हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै हेटौडा–६ बस्ने वर्ष २१ की रुपा राई, मनहरी–९ खरङ्गा बस्ने बर्ष २२ को काजल मोक्तान, हेटौंडा–४ चिसापानी बस्ने वर्ष १९ कि संगिता गोले, सोही ठाउँ बस्ने वर्ष २८ को अमित चौधरीको हेटौंडाको सन्चो हस्पिटलमा उपचार भइरहेको छ ।

घाईतेहरुको उपचार चुरेहिल अस्पताल, हेटौंडा अस्पताल र संचो अस्पतालमा भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । गम्भिर घाईते भएका ३ जना खड्का,लो र चेपाङलाई थप उपचारको लागि चुरेहिलबाट चितवन रिफर गरिएको प्रहरीले जनाएको छ । दुर्घटना पछि बसका चालक फरार भएका छन् ।

तेस्तै, एकाविहानै अर्को अत्यन्तै दुःखद खबर प्राप्त भएको छ । जाजरकोटको नलगाडमा गए राति ट्याक्टर दुर्घटना हुँदा तीन जनाको घटना स्थलमै मत्यु भएको छ ।

नलगाड नगरपालिका–५ कालीमाटी बजारदेखि सामान लिएर बारेकोट गाउँपालिकातर्फ गइरहेको ट्याक्टर नलगाड–५ पोखरागाउँ नजिकै मंगलवार राति झुल्के डाँडामा दुर्घटना भएको हो ।

दुर्घटनामा नलगाड नगरपालिका–५ पारीगाउँका ६० वर्षीय दलबहादुर खत्री, उनका छोरा ३२ वर्षीय सुरेश खत्री र चालक नलगाड–७ दल्लीका २५ वर्षीय चंखलाल बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सडकबाट करिब ५ सय मिटरको तल तीन जनाको लाश फेला परेको प्रहरी नायव डीएसपी मधुकुमार थापाले बताए । दुर्घटनामा ट्याक्टरका सहचालक नलगाड–७ वगाराका १७ विनोद परियार गम्भीर घाइते भएको,

र निजलाई हाल प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा ल्याएर उपचार थालिएको डिएसपी थापाले बताए । दुघटना के कारणले भएको थियो भन्ने बारे अनुसन्धान भइरहेको थापाले बताए।

 

प्रतिक्रिया