आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

देउवा र प्रचण्ड मिलेर गोप्य तरिकाले मच्चाए यस्तो काण्ड, रहस्य खुलेपछि नेपाली जनता नै आक्रोशित

प्रकाशित
1.9K
SHARES

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मिलेर गोप्य काण्ड मच्चाएको खुलासा भएको छ । देउवा आफैले  मिलेर अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई अघि बढाउने खुलासा गरेका हुन् ।

स्कटल्यान्डको ग्लास्गोमा जारी कोप–२६ मा सहभागिता जनाएर नेपाल फर्केका देउवाले एमसीसीकी उपप्रमुख कार्यकारी अधिकृत एलेक्सिया ल्याटोर्तुले आफूसँग एमसीसी संसदबाट अनुमोदनबारेमा कुरा राखेको र आफूले त्यसलाई सत्ता गठबन्धनसँग मिलेर अघि बढाउने जानकारी दिएको प्रस्ट पारे । उनीहरु बीच मंगलबार भेटवार्ता भएको थियो ।

प्रधानमन्त्री देउवाले भने, ‘प्रचण्डजी र मैले एमसीसी पास गराउँछौं भनेर पत्र पठाइसकेका छौं ।’ उनले एमसीसीकी ल्याटोर्तुलाई आफूहरुले सम्झौता कार्यान्वयन गर्ने सम्बन्धमा प्रतिबद्धता गरिसकेको उल्लेख गर्दै अहिलेको संसद् अधिवेशन अन्त्य अर्कै कारणले गरिएको जानकारी दिएको उल्लेख गरे । देउवाले आफूले एमसीसी सम्झौताको सम्बन्धमा नभएर अध्यादेश जारी गर्नका लागि भएको जानकारी दिएको पनि प्रस्ट पारे । देउवाले ल्याटोर्तुले कहिलेसम्म संसद्बाट सम्झौता पास गर्नु हुन्न भन्ने जिज्ञाशा राखेको जानकारी दिए ।

नेपालमा संसद्बाट एमसीसी सम्झौतालाई अनुमोदन गर्ने सम्बन्धमा सत्ता गठबन्धन दलहरूबीचमा एकमत नरहँदा कठिनाइ भइरहेको छ । प्रधानमन्त्री देउवाले एमसीसी नेपालको हितमा भएको दाबी गर्दै यसमा विवाद गर्नु नपर्ने बताउँदै आइरहेका छन् ।

अमेरिकाले भने एमसीसीसँगको सम्झौताका विषयमा नेपालमा कार्यान्वयनमा लानको लागि संसदबाट आवश्यक अनुमोदन हालसम्म पनि नभएपछि असन्तुष्टि व्यक्त गरिरहेको छ । संसद्को अधिवेशन कात्तिक १२ गते अन्त्य भएकै दिन एमसीसी सम्झौता अनुमोदन नभएकोमा अमेरिकाले असन्तुष्टि जनाएको थियो ।

संसद् अधिवेशन अन्त्य गरिएकै दिन वासिङ्टन डीसीस्थित एमसीसी मुख्यालयले विज्ञप्ति जारी गर्दै सम्झौतालाई अगाडि बढाउने वा नबढाउने निर्णय अब नेपालमै रहेको उल्लेख गरेको थियो ।

एमसीसी सम्झौता अनुमोदन नगरिँदा लाखौं नेपाली घरपरिवारलाई थप लाभ पुर्‍याउन ढिलाइ भएको एमसीसीले जनाएको छ । यता देउवा र प्रचण्डसहित सत्ता गठबन्धन मिलेर एमसीसी पास गर्ने तयारी गरेपछि उता जनता भने आक्रोशित बनेका छन् । सामाजिक सञ्जालमा यसो बिरोध सुरु भएको छ ।

यस्तै प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धन पूरै समय टिक्ने बताएका छन् । पत्रकार सम्मेलनमा उनले भने, ‘गठबन्धन पूरै समय टिक्छ ।’ उनले अहिले न्यायालयमा चलिरहेको विवादबारे भने बोल्न नचाहेको बताए ।

त्यस्तै ब्रिटिस सेनामा गोर्खाहरूको समस्या समाधानका लागि बेलायत सरकार सकारात्मक रहेको उनले बताए । बेलायती रक्षामन्त्रीले गोर्खा समस्या समाधानका लागि आफूहरु सकारात्मक रहेको बताएको उनले जानकारी दिए ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ