आज : गते

ताजा शिर्षकहरु

तिहारमा अध्यारो बनाउँने चलखेल भएपछि, कुलमानले एक्सन लिएको भिडियो भाईरल

प्रकाशित
1.7K
SHARES

काठमाडौ। झिलीझिली बत्तीको पर्व तिहारमानै अध्यारोमा राख्ने चलखेल बुझे पछि नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ एक्सनका उत्रिएका छन्। समय काम नसक्ने कर्मचारीहरुलाई कुलमानले सार्वजनिक रुपमै झपरेका छन्।

किन समयमा काम भएन जात्रा हेर्न गएर भन्दै उनले झाँको झारेका थिए। काम नसकेर तिहार अध्यारो भयो भने राम्रो नहुने चेतावनी पनि उनले दिएका छन्। उनले फिल्डमा काम गरिरहेको प्राविधिकहरुसँग पनि सम्वाद गरे। प्राविधिकहरुले अहिलेको गतिले काम गर्दा निकै ढिलाइ हुने बताए।

चितवनको भरतपुर क्षेत्रमा विद्युत आपूर्तिमा समस्या परेपछि बुधबार मध्यान्ह नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चितवनको ९भरतपुर० बसेनी सबस्टेसन पुगे। उनलाई हिजो दिउँसोदेखि नै सबस्टेसनमा धमाधम पुरानो ट्रान्सर्फमर हटाएर नयाँ राख्न काम भइरहेको रिपोर्टिङ थियो।

तिहारको मुखमा सबस्टेसन नै बन्द भएपछि घिसिङले सबैखालको प्रयास गर्न निर्देशन दिएका थिए। तर, उनी भरतपुर पुग्दा जसरी काम भइरहेको देखे, उनलाई चित्त बुझाएनन्। सबस्टेसनमा ४-५ जना मात्रै प्राविधिकले काम गरिरहेको देखेपछि घिसिङले असन्तोष व्यक्त गरे।

उनले कर्मचारीहरुलाई गम्भीरतापूर्वक काम नभएको भन्दै गति बढाउन आग्रह गरे। तिहारजस्तो उज्यालो पर्वमा ग्राहकलाई बिजुली दिन नसक्ने बिडम्बनापूर्ण अवस्थाको सम्वेदनशीलता बुझ्न अनुरोध गरे।

तर, कर्मचारीले हिजैदेखि आफू निरन्तर सबस्टेसनमै बसेर ‘फोकस’ भएर काम लगाएको भन्दै रिपोर्टिङ गरेपछि घिसिङले फिल्डमै असन्तुष्टि पोखे। तपाईं हरेको हेरेकै, अनि पाँच जनाले काम गरेर हुन्छ त यहाँ ,’ उनले कर्मचारीसँग झोक्किएरै भने,’यहाँ जात्रा हेर्न आउनु भएको ?

उनले फिल्डमा काम गरिरहेको प्राविधिकहरुसँग पनि सम्वाद गरे। प्राविधिकहरुले अहिलेको गतिले काम गर्दा निकै ढिलाइ हुने बताए।कार्यकारी निर्देशक घिसिङले मर्मतको काम गरिरहेका प्राविधिक टोलीको नेतालाई चाहिए जति जनशक्ति बोलाएर काम लगाउन आग्रह गरे।

काम गर्नेहरुले जे खान चाहानुहुन्छ, दिनुस्, खसी नै काटेर खानुहुन्छ भने पनि हामी गर्दिन्छौं, कति श्रमिक र पैसा चाहिन्छ भन्नुस्,’ घिसिङले प्राविधिक टोलीका नेतासँग भने,’२०-३० जना कति मान्छे चाहिन्छ तुरुन्तै ल्याउनुस्, तपाईं जे भन्नुहन्छ, म गर्दिन्छु।

घिसिङले अर्को ट्रान्सर्फमर बिहीबार विहानसम्म आइपुग्ने भएकाले बुधबार साँझसम्म पुरानो हटाएर तयारीको काम गर्न आग्रह गरे। जसरी भएपनि बिहीबार लक्ष्मीपूजाको दिन भएकाले जसरी पनि विद्युत आपूर्ति गर्ने गरी काम गर्न घिसिङले निर्देशन दिए।

मंगलबार दिउँसोदेखि भरतपुरका ठूलो क्षेत्रमा विद्युत आपूर्ति बन्द छ। ट्रान्सर्फमरहरुमा समस्या आएपछि प्राधिकरणको भरतपुर वितरण तथा ग्राहक सेवा एन अन्तर्गत भरतपुर महानगरपालिका१ देखि १३ तथा २९ नम्बर वडा र तनहुँको देवघाट क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको हो।

तिहारमा नै उपभोक्ताले लामो समय बिजुली नपाउने अवस्था बनेपछिसमस्याहरु फुकाउन भन्दै घिसिङ चितवन पुगेका थिए। उनि चितवन पुगेपछि कम नगर्ने र तलबभत्ता मात्र खाने कर्मचारीको भागभाग भएको छ। भिडियो समाचारको अन्तमा दिएका छौ हेर्न नछुटाउनु होला।

यसै गरि, कुलामानकै जोडबलमा नेपाललले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत बिक्रीको अनुमति पाएको छ। भारतको विद्युत मन्त्रालयको सहमतिमा अन्तरदेशीय विद्युत व्यापारका लागि स्वीकृति दिने निकायले सोमबार नेपाल विद्युत प्राधिकरणलाई भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा विद्युत बिक्री गर्न अनुमति दिएको छ।

पहिलो चरणमा प्राधिकरणको स्वामित्वमा नुवाकोटमा सञ्चालमा रहेका २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युत गृहबाट उत्पादित ३९ मेगावाट विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आईआईएक्स)मा बिक्री गर्न अनुमति दिइएको हो।

दुई विद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी भारतीय बजारमा बिक्रीका लागि अनुमति दिइएको छ । प्राधिकरणले मंगलबार राति १२ बजेबाट ढल्केबर-मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत विद्युत निर्यात सुरु गर्ने छ । हाल यो लाइनबाट विद्युत आयात मात्र भइरहेको छ।

नेपालले भारतीय ऊर्जा एक्सचेन्ज (आइआइएक्स)मा विद्युत खरिद गरी आयात गर्न यस अघि नै अनुमति पाइसकेको छ। प्राधिकरणले गत १७ वैशाखबाट आवश्यक परेको वेला आईआईएक्समार्फत प्रतिश्पर्धी दरमा विद्युत आयात गर्दै आएको हो। निर्यातको अनुमति पाएसँग नेपाल र भारतबीचको विद्युत व्यापार नयाँ चरणमा प्रवेश गरेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले भारतीय ऊर्जा एक्सचेन्ज बजारबाट विद्युत बिक्री र खरिदका लागि प्रवेश गर्ने नेपाल दक्षिण एसियाकै पहिलो राष्ट्र बनेको बताउनुभयो। ‘राजनीतिक, कूटनीतिक र प्रशासनिक तहको निरन्तरको प्रयासबाट नेपालमा खपत गरेर जगेडामा रहेको विद्युत बिक्रीका लागि अनुमति पाएका छौँ, यो दुई मुलुकबीचको ऊर्जा व्यापारका लागि एउटा कोशेढुङ्गा हो’, उहाँले भन्नुभयो।

‘हामीले प्रस्ताव गरेका ४५६ मेगावाटको माथिल्लो तामाकोसी, ६९ मेगावाटको मस्र्याङ्दी र ४५ मेगावाटको माथिल्लो भोटेकोसी विद्युतगृहबाट उत्पादित विद्युतको भारतीय बजारमा बिक्रीको अनुमति छिट्टै पाउने अपेक्षा गरेका छौँ।

मन्त्री भुसालले दुई मुलुकबीचको विद्युत व्यापारलाई अहिलको अवस्थासम्म पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्बन्धित सबै सरोकारबाला निकायलाई धन्यवादको पात्र भएको बताउनुभयो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत निर्यातका लागि भारतीय पक्षबाट सहमति प्राप्त भएसँगै नेपाल–भारतबीचको सम्बन्धमा थप इँटा थपिएको बताउनुभयो। नेपाल–भारतबीचको विद्युत व्यापारका लागि लामो समयको प्रयासपछि नेपालको विद्युत भारतीय बजारमा निर्यात शुरु भएसँगै नेपालका जलविद्युत विकासको ठूलो ढोका खुलेको छ।

उहाँले भन्नुभयो, विद्युत निर्यातको शुरुआत थोरै परिमाणबाट भए पनि चाडै नै हामीले प्रस्ताव गरेका माथिल्लो तामाकोशीलगायतका अन्य आयोजनाको विद्युत पनि भारतीय बजारमा निर्यात हुने विश्वास लिएका छौँ। उहाँले विद्युत व्यापार सम्बन्धमा विभिन्न चरणमा दुई मुलुकका निकायबाट भएको पहल तथा सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो।

भारतको केन्द्रीय विद्युत् प्रणाली अन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा नेपालले विद्युत बिक्री गर्ने छ। प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्यान्न १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युतको परिमाणसहित बिडमा प्रतिस्पर्धा गर्ने छ। विद्युत प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युतको प्रति युनिट बिक्री दर तय हुने छ।

प्रतिश्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात २४ घण्टा विद्युत निर्यात हुने छ। भारतमा कोइलाको मूल्य बढ्दा एक्सचेन्ज मार्केटमा प्रति युनिट विद्युतको मूल्य २८ भारतीय रुपैयाँ (भारु)सम्म पुगेको थियो।

प्राधिकरणकोतर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय ९ल्यमब ब्नभलअर्थात एनटिपिसी विद्युत व्यापार निगम (एनभीभीएन)ले गर्ने छ । एनभीभीएनले हरेक दिनको कारोबार सम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउनेछ ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ