आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अमेरिकी रास्ट्रपति बाइडेन सुतेको भिडियो भाइरल, ट्रम्पले उडाए मजाक

प्रकाशित
1.2K
SHARES

एजेन्सी। अमेरिकाका राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप-२६ मा आफ्नो भाषण दिनु भन्दा अगाडि सुतेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। निदाई रहेको बेला उनका एक सहयोगी कुरा गर्न आएपछि उनी सचेत बनेका थिए।

सोमबार स्कटल्याण्डको ग्लास्गोमा अपांगता विशेषज्ञ एडी न्डोपुले जलवायु जगेर्नाका लागि काम गर्नुपर्ने भनी सन्देश दिइरहेको बेलामा बाइडनले झप्को मारेको भिडियो भाइरल भएको हो ।  उक्त सन्दर्भलाई लिएर पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले बाइडेनको मजाक उडाएका छन् ।

ट्रम्पले भनेका विषयलाई उदृत गर्दै सञ्चारमाध्यमहरुले लेखेका छन्,‘विश्व तापक्रममा वृद्धि आफ्नो सर्वोच्च प्राथमिकता भएको भन्दै युरोप गएका बाइडन संसारले देख्ने गरी सम्मेलनस्थलमै सुते । सच्चा उत्साह र कुनै विषयमा विश्वास भएको मानिस यसरी खुलेआम सुत्दैन। भिडियो पेजको अन्तमा छ हेर्न नछुटाउनु होला।

यसैगरि, अमेरिकन एयरलाइन्सले कर्मचारी अभावमा हजारभन्दा बढी उडान रद्द गर्नुपरेको छ। एयरलाइन्सले कर्मचारी अभाव र मौसमको कारण देखाउँदै सो संख्यामा उडान रद्द गर्नु परेको हो।

फ्लाइटअवेरको नयाँ तथ्यांकअनुसार एयरलाइन्सले ह्वालोविन सप्ताहको लागि उडान तय गरिएका करिब ७ सय उडान रद्द गरेको छ भने गएको शुक्रबारदेखि हालसम्म १ हजारभन्दा बढी उडान रद्द गरेको छ।

कर्मचारी अभाव र मौसम विषमताको कारण देखाउँदै एयरलाइन्सले शनिबार र आइतबारका करिब मात्र करिब ८ सय उडान स्थगित गरेको तथ्यांकले जनाएको छ। अमेरिकन एयरलाईन्स कम्पनीले संसारभर दैनिक ६ हजार ७ सय उडान सञ्चालन गर्दै आएको छ।

गएको बिहिबारदेखि त्यहाँको मौसम खराब भएको र विभिन्न कारण कर्मचारी अभाव हुँदा उडान स्थगित गर्नुपरेको अमेरिकन एयरलाइन्सका सीइओ डेभिड सेमौरले बताएका छन्।

सो समस्या एक महिनाभित्रै हल गर्नेसमेत उनको भनाइ छ।कम्पनीले डिसेम्बरभित्र १८ सय विमानका कर्मचारी र ४ हजारभन्दा बढी विमानस्थलका कर्मचारीहरुलाई नियुक्त गर्ने घोषणा गरेको

तेस्तै,  चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले पछिल्ला केही वर्षयता चीन र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धमा चौतर्फी प्रभाव परेको टिप्पणी गरेका छन्। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको भेटमा उनले अमेरिकाले चीनको आन्तरिक मामिलामा बेइमानीपूर्वक हस्तक्षेप गरेको बताए।

मन्त्री वाङले वर्तमान अमेरिकी कांग्रेसले तीन सयभन्दा बढी चीनविरोधी विधेयकहरू पेस गरेको र नाै सयभन्दा बढी चिनियाँ संस्था र व्यक्तिहरूलाई विभिन्न ढंगले एकपक्षीय प्रतिबन्धको सूचीमा समावेश गरेको उल्लेख गर्दै यसबाट सामान्य द्विपक्षीय सम्बन्धमा समेत गम्भीर आघात परेको बताए।

विदेशमन्त्री वाङका अनुसार यसका अतिरिक्त संयुक्त राज्य अमेरिकाले विश्वव्यापीस्तरमा चीनलाई दबाउन विभिन्न साना र मध्यम खालका घेराहरू निर्माण गर्दै साना र मध्यम आकारका देशहरूमा पनि सोहीअनुकूलको दबाब दिइरहेको छ।

यी अभ्यासहरू जनताको हितसँग मेल नखाने र दुई देशसहित अन्तर्राष्ट्रिय समुदायको अपेक्षाअनुरूप पनि नभएको भन्दै मन्त्री वाङले चीनले यसको स्पष्ट विरोध गरेको स्पष्ट पारेका छन्।

ताइवान मुद्दाको वास्तविक स्थिति एक चीन रहेको तथा मुख्य भूमि र ताइवान एउटै देशको हो भन्ने कुरामा जोड दिँदै वाङले ऐतिहासिक अनुभव र तथ्यहरूले यसको प्रतिनिधित्व गरेको उल्लेख गरे।

‘ताइवान तनावको वर्तमान अवस्थाको मुख्य कारण ताइवान अधिकारीहरूले बारम्बार एक–चीन ढाँचा तोड्ने प्रयास गरेका छन् र ताइवान स्वतन्त्रता सेनाहरूको लागि संयुक्त राज्य अमेरिकाको सहयोग र समर्थन पनि त्यतिकै दोषी छ,’ वाङले भने।

अमेरिकी विदेशमन्त्री ब्लिन्केनले संयुक्त राज्य अमेरिकाले एक चीन नीतिलाई निरन्तरता दिने र दुई पक्षले आपसी सम्मानको भावनामा द्विपक्षीय सम्बन्ध विकास गर्नुपर्ने कुरा दोहोर्‍याएका छन्।

प्रतिक्रिया