आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कर्णालीका मुख्यमन्त्री शाहीले राजीनामा दिँदै, कारण थाहा पाएपछि प्रचण्ड बेहोस

प्रकाशित
1.6K
SHARES

काठमाडौ। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज सोमबार राजीनामा दिएका छन्। पूर्वसहमति अनुसार मुख्यमन्त्री शाहीले सोमबार नै पदबाट राजीनामा दिन लागेको कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले जानकारी दिए।

पूर्वसहमति अनुसार आज नै मुख्यमन्त्रीज्यूले नेतृत्व हस्तान्तरण गर्नुहुन्छ,’ नेता शाहीले भने, ‘केही प्रक्रियाहरु पूरा हुँदैछन्। आज बेलुकासम्म राजीनामा आउँछ। गत वैशाख ३ गते मुख्यमन्त्रीले विश्वासको मत लिँदा ६ महिनापछि सत्ता हस्तान्तरण गर्ने सहमति भएको थियो।

सोही सहमति अनुसार तत्काल पदबाट राजीनामा दिनुपर्ने कांग्रेसले दबाब दिँदै आएको छ। ‘हामीबीच भएको समझदारीअनुसार मुख्यमन्त्रीजी अगाडि बढ्नुहुन्छ। क्याबिनेट बोलाइएको छ, राजीनामा आउँछ, ढुक्क हुनुहोस,’ नेता शाहीले भने।

कर्णाली प्रदेश सरकारकी प्रवक्ता सीताकुमारी नेपालीका अनुसार मुख्यमन्त्री शाहीले साँझ ५ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। सो बैठकबाट शाहीले राजीनामा दिने बताइएको छ।

मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भीमप्रकाश शर्माले भने केन्द्रीय गठबन्धनबाट राजीनामा दिन निर्देशन आइनसकेका कारण सोमबार नै राजीनामा दिने वा नदिने भन्ने यकिन नभएको बताए।

कांग्रेसका साथीहरुले ५ बजे नै राजीनामा दिनुपर्छ भन्नुभएको छ, अहिले छलफल भइरहेको छ तर राजीनामा दिने यकिन भइसकेको छैन,’ उनले भने। यो समाचार तयार पार्दासम्म प्रचण्डले नयाँ समीकरण तयार पार्न भित्रि सड्यन्त्र गरिरहेको र पुरानो सहमति नमान्ने संकेत गरिरहेको बुझिएको छ।

तेस्तै, प्रदेश सरकारको नेतृत्वमा नेकपा एमाले शून्यमा झरेको छ। आज सोमवार प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएसँगै एमाले सबै प्रदेशको सत्ताबाट बाहिरिएको छ। प्रदेश १, वाग्मती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीसहित सत्ता सम्हालेको एमाले अहिले शून्यको अवस्थामा पुगेको हो।

प्रदेश १, वाग्मती र लुम्बिनीमा एकल बहुमतमा रहेको एमालेबाट माधवकुमार नेपाल समूह फुटेर नयाँ दल गठन गरेसँगै एमाले सत्ताबाट पनि बाहिरिएको हो। गण्डकीमा भने तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी फुटेपछि माओवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले साथ छाडेपछि एमाले सत्ता गुमाउन बाध्य भएको थियो।

अल्पमतमा परेपछि यसअघि नै वाग्मतीका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीका मुख्यमन्त्री शङ्कर पोखरेलले राजीनामा दिएर सत्ता विपक्षीमा छन।

अब प्रदेश १ मा एकीकृत समाजवादी पार्टीको नेतृत्वमा सरकार बढाउने तयारी छ। वाग्मतीमा अहिले समाजवादीकै राजेन्द्र पाण्डे मुख्यमन्त्री बनेका छन। वाग्मतीमा आलोपालोको सहमतिअनुसार केही समयपछि नेपाली कांग्रेसले मुख्यमन्त्री पाउनेछ।

गण्डकीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बनेका छन भने लुम्बिनीमा माओवादीका कुलप्रसाद केसी मुख्यमन्त्री छन। कर्णाली र सुदूरपश्चिममा सुरुदेखि नै माओवादीका महेन्द्रबहादुर शाही र त्रिलोचन भट्ट मुख्यमन्त्री छन।

तेस्तै, प्रदेश १ मा गठबन्धन दलबाट बहुमतसहित मुख्यमन्त्रीमा नेकपा एकीकृतत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउन दावी पेस गरिएको छ।

सोमबार मुख्यमन्त्री भीम आचार्यको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले दहरुलाई मुख्यमन्त्रीमा दावी पेस गर्न आव्हान गरेअनुसार गठबन्धनले राईलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुख समक्ष बहुमतसहित दावी पेश गरेको हो।

राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउन ४९ जना प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दाबी पेस गरिएको छ। दावी पेशमा नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १४, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक जना गरी ४९ सांसदले हस्ताक्षर गरेका छन्।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित उपसभामुख सरस्वती पोखरेल भने मातृशोकमा काठमाडौंमा रहेको कारण उनको हस्ताक्षर छुटेको भनिएको छ। प्रदेश प्रमुखले भोलि १ बजेसम्म नयाँ सरकारको दावी पेस गर्न आह्वान गरेका छन् । भोलि १ बजेपछि प्रदेश १ ले नयाँ मुख्यमन्त्री पाउँनेछ।

प्रतिक्रिया