आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

दुई पूर्वप्रधानमन्त्री जेल जाने भएपछी प्रधानन्यायाधीश चोलेन्द्रमाथी षड्यन्त्र, खुल्यो बेग्लै रहस्य

प्रकाशित
1.3K
SHARES

काठमाडौ। दुई पूर्वप्रधानमन्त्री जेल जाने भएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि षडयन्त्र भएको खुलासा भएको छ। नेपालका लागी नेपाली पार्टीका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले यस्तो खुलासा गरेका हुन्।

प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराले राजिनामा दिन नहुने पक्षमा न्यौपाने उभिएका छन्। ओटीभी नेपाल डट कम सँगको विशेष कुराकानीमा अध्यक्ष न्यौपानेले प्रधानन्यायाधिश राणालाई कुनै पनि हालतमा राजिनामा नदिन र आफ्नो अडानमा कायम बस्न ढाडस दिएका छन्।

राणाले खुट्टा कमाएर राजिनामा दिने होइन बरु साहस गरेर देउवा प्रचण्ड र माधव नेपालहरुको पोल खोल्नु पर्ने भन्दै न्यौपानेले राणालाई सत्तारुढ दललेनै युज एण्ड थ्रो गर्न खोजेको पनि बताए। काम सकिए पछि फाल्न खोजिएको पनि उनले बताए।

तत्कालिन प्रधानमन्त्री केपी ओलीले ताजा जनादेशमा जान्छु भन्दा अदालतको शक्ति प्रयोग गरेर परमादेश बाट प्रधानमन्त्री बनाइनुको परिणाम अहिले देखीएका भन्दै अध्यक्ष न्यौपानेले यो त सुरुवात मात्रै भएको र परमादेशको कमाल आगामी दिनमा अझै धेरै देख्न बाँकीनै रहेको बताए ।

चोलेन्द्रलाई राजिनामा गराएर आफु अनुकुलको भनेको मान्छे प्रधानन्यायाधिश बनाउँन खोजिएको भन्दै न्यौपानेले चोलेन्द्रको राजिनमाले मात्रै न्यायपालिका भित्रको समस्या समाधान नहुने जिकिर गरे । एक पटक सबै छताछुल्ल पार्नु पर्ने उनले बताए।

बालुवाटार जग्गा प्रकरणमा बावुराम भट्टराई र माधव कुमार नेपाललाई बचाउँनका लागी पनि अहिले यस्तो खेल रचिएको पनि न्यौपानेले बताए। चालेन्द्रको राजिनामा मागिनुका विभिन्न कारणहरु मध्ये कार्तिक १५ गते हुन लागेको बालुवाटर जग्गा प्रकरणको फेसला पनि मुख्य कारण भएको उनले बताए।

वरिष्ठ अधिवक्ता न्यौपानेलेनै बावुरम भट्टराई र माधव नेपाललाई पनि बालुवाटार जग्गा प्रकरणमा अनुसन्धान हुन पर्छ मन्त्रीपरिषदका निर्णय नितिगत निर्णय भनेर उम्कन पाइदैन भनेर मुद्धा दायर गरेका थिए।

उक्त मुद्धाको फैसला कार्तिक १५ गते हुँदैछ । त्यस दिन मुद्धाको फैसाल हुन नदिनका लागी र यस्तो षड्यन्त्र भएको पनि न्यौपानलेले को आरोप छ।

प्रचण्ड मध्यरातमा गएर प्रधानन्यायाधिशलाई यहि मुद्धा मिलाउँनको लागी भेटको पनि उनले आशंका गरे। बालुवाटर मुद्धामा अहिले माधव र बावुराम माथी अनुसन्धान भए भोली प्रचण्ड र देउवा पनि तानिने न्यौपानेले बताए।

यसै गरि, प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराले राजिनामा दिनु पर्ने विषय चर्किदै जाँदा वकिलहरुबीच नेपाल बार एशोसियसनमै वार भएको छ। नेपाल बार एशोसिएसशनको भवन परिसरमा दुई जना अधिवक्ताबीच कुटा कुट भएको छ।

अधिवक्ता भूमिनन्द चुँडालले इजलास चल्नुपर्ने राय राखेर मिडियामा आफ्नो भनाई राखिरहेको बेलामा अर्का अधिवक्ता विराट न्यौपानेले उनीमाथि प्रहार गरेका छन्।

कुटाई खाएका अधिवक्ता चुँडालले भने आफू कानूनी उपचारमा जाने बताईसकेका छन् । पछिल्लो समय प्रधानन्यायाधीश जबराको राजीनामा मागेर बारले आन्दोलन गर्ने चेतावनी दिएको छ।

न्यायाधीशहरुले पनि इजलास बहिष्कार गर्दै आएका छन्। तर, कानून व्यवसायीहरु प्रधानन्यायाधीश जबराको राजीनामाको पक्ष र विपक्षमा उभिएका छन्। केही कानून व्यवसायीहरुले यसरी न्यायालयलाई बन्धक बनाउन नहुने धारणा राखेका छन्।

वकिल माथि हातपात गर्ने अर्का वकिल विराट न्यौपानेले त्यस लगत्तै प्रतिक्रिया दिँदा पत्रकारको कार्ड समेत हेरेका थिए। किन हात हालेको भनेर प्रश्न गर्दा तपाई कस्तो पत्रकार हो ? कार्ड देखाउँनुस भन्दै उनले कार्ड हेरेका थिए।

तपाईले नसा सेवन गर्नु भएको छ की के हो ? भन्दा उनले तपाईले चाँही गर्नु भएको होला भन्दै मुख मुखै लागेका थिए। हातपात गरेको नभई नसियत मात्रै सिकाएको जिकिर गर्दै न्यौपानले पर्यो भने फेरी पनि हान्ने बताएका छन्।

यता पिटाइ खाने वकिल भूमिनन्द चुँडाल भने बार परिसरमै डाँको छोडेर रोएका छन्। आफु माथी हात पात हुँदा पनि बारका पदाधिकारी कोहि नबालेको भन्दै उलने यो व्यवस्थानै समाप्त हुन पर्ने बताएका छन्।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्षका खुलेर लागेका उनी जबरालेनै गणतन्त्र सिध्याएर राजतन्त्र ल्याउँने बताए। राजतन्त्र जिन्दावाद भन्दै उनले पूर्व राजाका पक्षमा रुपैँ नारा लगाएका थिए।

प्रतिक्रिया

आजको ट्रेन्डिङ