आज : गते

ताजा शिर्षकहरु

अमेरिकी बन्दरगाह ध्वस्त पार्न चीन अन्तिम तयारी गर्दै, के गर्ला अमेरिका ?

प्रकाशित
2.5K
SHARES

एजेन्सी। चीनले पहिलो पटक समुद्रभित्र बिस्फोटक परीक्षण गरेको छ। अमेरिकासँग वास्तविक युद्ध भएमा उसको बन्दरगाह ध्वस्त पार्न यस्तो परीक्षण गरिएको बेइजिङले जनाएको छ। परीक्षण गरिएको पछिल्लो प्रविधिप्रति वासिंगटनले चासो देखाएको छ।

यसअघि चीनले शत्रु मुलुकको लडाकू विमान ध्वस्त पार्ने रकेट र आवाजभन्दा चाँडो पुग्ने स्याटलाईट परीक्षण गरेको थियो। एउटा नक्कली बन्दरगाहलाई निशाना बनाएर समुद्रभित्र गरिएको परीक्षणमा ठूलो बिस्फोट भएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ।

प्रशान्त महासागरमा अमेरिकी गतिविधिलाई निशाना बनाउन तथा शत्रुको सम्भाव्य हमलाबाट हुने क्षति न्यून गर्न पछिल्लो परीक्षण गरिएको सो पत्रिकाले जनाएको छ। यस्तो हमलाले शत्रुको विमानलाई समुद्रमा तैरिरहन जोगाउने उपकरणलाई क्षति पुर्‍याउने चीनको दाबी छ।

बन्दरगाहमा आक्रमणसँगै शत्रुको उपकरण कमजोर बनाउने र लडाकु फौजलाई तितरबितर बनाउनेछ,’ चीनका एक सैन्य विज्ञले भने। तर, चीनले परीक्षण गरेको सो प्रविधि अन्य स्याटलाइट कब्जा गर्न पनि प्रयोग हुने अमेरिकाको भनाई छ।

बेइजिङले जुलाई र अगस्टमा पनि आणविकयुक्त हतियार परीक्षण गरेको थियो। गुप्तचर स्रोतको चुहावटपछि मात्र यसै साता त्यसको खुलासा भएको थियो।

यसअघि चीनले परीक्षण गरेको उपकरणले तीब्र गतिमा पृथ्वीको परिक्रमा गरि मार हान्न सक्ने जनाइएको थियो। सो उपकरणलाई शत्रुको रक्षा प्रणाली ध्वस्त पार्ने सोभियत युनियनकालीन समयका आणविक प्रणाली एफओबीएससँग तुलना गरिएको छ।

परीक्षण स्वीकार गरे पनि त्यसमा आणविक हतियार जडान नगरिएको बेइजिङले जनाएको छ। एक साताअघि राष्ट्रपति सी जिनपिङले हतियार विकासमा नयाँ आधार तोडेर विश्वकै एक नम्बरको सेना बनाउन चिनियाँ वैज्ञानिकहरुलाई निर्देशन दिएका थिए।

यसैगरि, चिनियाँ विदेशमन्त्री वाङ यीले अफगानिस्तानको अन्तरिम सरकारका अधिकारीहरूसँग भएको भेटवार्ता सकारात्मक रहेको बताएका छन्। अफगानिस्तानको अन्तरिम सरकारका अधिकारीहरूसँग उनले भेटवार्ता गरेका थिए।

सो भेटले आपसी विश्वासमा वृद्धि भएको जानकारी विदेशमन्त्री वाङ यीले गराएका हुन्। विदेशमन्त्री वाङ यीले अफगानिस्तानको अन्तरिम सरकारका उपप्रधानमन्त्रीसँग कतारको राजधानी दोहामा भेटवार्ता गरेका थिए।

मंगलबार भएको द्विपक्षीय भेटका क्रममा आपसी विश्वास वृद्धि गर्नुका साथै विविध विषयमा स्पष्ट रूपमा छलफल भएको उनले बताए। सो भेटका क्रममा अफगानिस्तानको पछिल्लो अवस्थाबारे कुराकानी भएको बताइएको छ। भेटमा तालिबानहरूले आफ्नो सरकारको नीतिबारे विदेशमन्त्री वाङ यीलाई जानकारी दिएका थिए।

अफगानिस्तानको अन्तरिम सरकारका विदेशमन्त्री अमिर खान मुतागीले अफगानिस्तानको तालिबान सरकारले देशभित्र आतंककारी गतिविधिमा निगरानी राख्ने र मानव अधिकारका पक्षमा काम गर्ने बताएका थिए।

हाल अफगानिस्तानको सरकार महिला अधिकारका विपक्षमा रहेको भन्दै यसका लागि विश्व समुदायले पनि चासो राखिरहेको छ।अफगानिस्तानका विदेशमन्त्रीले हाल अफगानिस्तानले महिला अधिकार, बाल अधिकारका साथै बालबालिकाको अवस्थाबारे पनि निकै चनाखो भएर काम गरेको बताए।

यसैगरि, सुडानको सैन्य सरकारले अमेरिकासहित ६ देशका राजदूतलाई निलम्बन गरेको छ। सेनाले बुधबार राति राजदूतहरूलाई निलम्बन गर्ने निर्णय गरेको हो। निलम्बनमा पर्ने राजदूतहरूमा अमेरिका, युरोपियन युनियन, चाइना, कतार, फ्रान्स तथा सुडानका लागि स्विजरल्यान्डको जेनेभा मिसन प्रमुखलाई निलम्बन गरेको हो।

उनीहरूले सेनाको कदमलाई अस्वीकार गरेपछि उनीहरूलाई निलम्बन गरेको अलजजिराले उल्लेख गरेको छ। सेनाले सोमबार गरेको ‘कु’बाट पछि हट्नका लागि चाैतर्फी दबाब आइरहेको वेला सैन्य सरकारले यस्तो निर्णय गरेको हो।

सोमबार भएको सैन्य ‘कु’को विरोधमा अफ्किन युनियनले बुधबार सुडानमाथि प्रजातान्त्रिक सरकारको ‘प्रभावकारी पुनर्स्थापना’ नभएसम्मका लागि सुडानमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। त्यसैगरी विश्व बैंकले आर्थिक सहायता नदिने तथा अमेरिकाले सात सय मिलियन डलरको आपतकालीन सहयोग रोक्का गर्ने निर्णय गरेको छ।

राजधानी खार्तुममा रहेका पश्चिमा राजदूतावासहरूले अपदस्थ गरिएका प्रधानमन्त्री अब्दल्लाह हमदोक र उनको मन्त्रिपरिषद्लाई ‘संक्रमणकालीन सरकारका वैधानिक नेता’ मान्ने प्रतिक्रिया दिएका छन्।

सुडानमा सेनाले शासन सत्ता कब्जा गरेपछि प्रजातन्त्रको पक्षधरहरूले सडकमा सेनाको कदमविरुद्ध गरिरहेकाे प्रदर्शनलाई अन्तर्राष्ट्रिय समुदायको दबाबका बाबजुद सुडानको सेनाले दमन गरिरहेको छ। यसैबीच सैन्य ‘कु’को विरोधमा देशव्यापी रूपमा भद्रअवज्ञा आन्दोलन भइरहेको छ। तर, सेनाले आन्दोलन दबाउने प्रयास गरिरहेको छ।

सुडानका सैनिक जनरल अब्देल फताह अल बुर्हानले सोमबार संक्रमणकालीन सरकार तथा देशलाई निर्वाचनमा लैजान गठन गरिएको सोभेरिएन काउन्सिललाई विघटन गर्दै प्रधानमन्त्री हमदोक तथा मन्त्रिपरिषद्का सदस्यहरूलाई पक्राउ गरी सत्ता आफ्नो हातमा लिएका थिए।

सत्ता हातमा लिएपछि संकटकालको घोषणा गरिए पनि दशौँ हजार मानिस सडकमा आएर सैन्य ‘कु’विरुद्धको प्रदर्शनमा सहभागी भइरहेका छन्। प्रदर्शनमा भएको झडपमा परी कम्तीमा पनि सातजना सर्वसाधारणको मृत्यु हुनुका साथै कैयौँ घाइते भएको बताइएको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ