आज : गते

ताजा शिर्षकहरु

बालुवाटारभित्रै भेटियो ओलीको कालो कर्तुत, प्रचण्डले खोले पोल

प्रकाशित
1.8K
SHARES

काठमाडौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पोल खोलेका छन्। ओली प्रधानमन्त्री हुँदा थाइल्यान्ड र इटली लगायतका देशबाट महँगा सामान भित्र्याएको रहस्य खुलेको खोलेका हुन्।

शुक्रबार चितवनमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केपी शर्मा ओलीले आफूले कहिल्यै बालुवाटार छोड्न नपर्ने सोचेर प्रधानमन्त्री निवास र सचिवालय बनाउने क्रममा महँगा विदेशी सामान ल्याएर थुपारेको भेटिएको बताएका हुन् ।

‘केपीले त अब मैले त्यो दरबार जिन्दगीभर छोड्नुपर्दैन भन्ने ठानेका रहेछन्। थाइल्यान्ड, इटाली र रोमबाट यति महँगा महँगा समान ल्याएर थुपारेका रहेछन्, त्यो देख्दा अरु त अरु शेरबहादुर देउवा पनि जिब्रो टोक्नुभएको छ’, प्रचण्डले अचम्म मान्दै भने ।

बाफरे बाफ केपी ओलीको दम्भ ! उनले के ठानेको र ऐयासी जीवन, राजा भएँ भन्ने ठानेका रहेछन्’, उनले भने। प्रचण्डले ओलीले आफू राजा नै भएँ अब यो दरबार छोड्नुपर्दैन भनेको जस्तो गरेको भन्दै यसबारे गठबन्धनमा छलफलसमेत भएको बताए ।

अस्ति हामी गठबन्धनमा कुरा पनि गर्यौ यो त जनतालाई थाहा हुनुपर्यो भनेर। अर्बौंको सामान विदेशबाट ल्याउने प्रधानमन्त्रीलाई आउने चुनावमा जनतालाई नै फैसला गर्न दिनुपर्यो’, प्रचण्डको भनाइ छ।

ओलीले आफूले बालुवाटार छोड्नु नै पर्दैन भन्ने सोचेर त्यस्ता महँगा सामान थुपारेको भन्दै उनले राजकीय सान देखाएको समेत बताए । उनलाई त म राजा नै भएँ भन्ने लागेको रहेछ’, प्रचण्डको भनाइ छ।

यसैगरि, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नयाँ खेल सुरु गरेका छन्। सर्वोच्च अदालतमा लफडा परिरहेका बेलामा तीनै तहका चुनाव एकैसाथ गर्ने अनौपचारिक प्रस्ताव सत्तारुढ गठबन्धनमा राखेर उनले नयाँ खेल सुरु गरेका हुन्।

कलब्रेक खेलमा त्रुपको तासलाई शक्तिशाली मानिन्छ। उन तीनै तहको निर्वाचन एकैचौटी गर्ने प्रस्तावले एमालेको बास्सा र कांग्रेसको एक्का झारेर हाफूसँग रहेको मिस्सिलाई बलियो बनाएने रणनीति बनाएको अर्थमा विश्लेषण हुन थालेको।

केही समय बेतित हुँदा गठबन्धन भत्किने र आफूलाई चुनावमा घाटा हुने देखेर प्रचण्डले यस्तो चाल चालेको विश्लेषकहरुको भनाई छ। न्यायिक संस्थाको विवादले देशको राजनीतिमा उथलपथल भइरहेका बेला अचानक गृहजिल्ला चितवन पुगेर त्यहींबाट चुनाव लड्न घोषणा गरेका प्रचण्डले लगत्तै चुनावी अभियान सुरु गरेका छन्।

‘सायद अबको निर्वाचन मेरा लागि अन्तिम हुन सक्छ तर म चितवन छोड्दिनं, चितवनका जनतालाई कुनै भ्रम र द्विविधा नहोस्’ चितवनमा झर्ने वित्तिकै पत्रकारसँग भनेका थिए। चितवनको विकासका लागि छोरी रेणु दाहाल (भरतपुर महानगरकी मेयर) र आफ्नै पहल जारी राखेका उनले अहिल्यैदेखि चुनावी अभियान सुरु गरेका हुन्।

२०६४ मा रोल्पा, २०७० मा सिरहा र काठमाडौंबाट संविधानसभा चुनाव लडेका दाहालले २०७४ को प्रतिनिधिसभा चुनाव भने गृहजिल्ला चितवन ३ बाट लडेका थिए। निकट नेताहरूका अनुसार पछिल्ला गतिविधि हेर्दा दाहाल आगामी निर्वाचनको तयारीमा लागिसकेका छन्।

उनले नेता कार्यकर्तालाई चुनावमा केन्द्रित भएर काम गर्नेसमेत निर्देशन दिएका छन्। माओवादीका केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले संगठन र चुनावी तयारीलाई लिएर दाहालको सक्रियता बढेको बताए।

प्रचण्डको सक्रियता एकाएक बढेको छ, यो सक्रियता चुनावको तयारी र पार्टीलाई व्यवस्थित बनाउनका लागि हो’, उनले भने, ‘पुसको राष्ट्रिय सम्मेलन र आगामी चुनावमा उहाँको ध्यान देखिन्छ।

दाहालले मंगलवारयता चितवनमा स–साना कार्यक्रममा पनि सहभागी भएर स्थानीय कार्यकतामा उत्साह भरिरहेका छन्। उनी ‘ट्याकसुट’ मा स्थानीय कार्यकर्तासँग मर्निङवाकदेखि मतदाताको घरदैलोसम्म पुग्न थालेका छन्।

उनले बुधवार दिउँसो जनयुद्धका सहिद परिवारसँग भेट गरे। ‘म यस क्षेत्रको विकास निर्माणमा लागिपरेको छ’ सहिद शारदा श्रेष्ठका परिवारसँगको भेटमा उनले भने, ‘तपाईंहरू सबैको साथ र सहयोग यसैगरी रहिरहने विश्वास लिएको छ। उनले सहिद तथा बेपत्ता योद्धाका परिवारजनलाई सरकारले प्याकेजमार्फत राहतको व्यवस्था गर्ने तयारी गरेको दाबी पनि गरे।

उनको सचिवालयका अनसार बुधबारै दाहालले माडीमा वर्तमान राजनीतिक परिस्थिति र विकास निर्माणका विषयमा खेल्नपर्ने भुमिकाबारे सत्ता गठबन्धन दलका स्थानीय नेताहरूसँग छलफल गरेका थिए।

प्रतिक्रिया

आजको ट्रेन्डिङ