आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

रामकुमारी झाँक्रीबारे वीर अस्पतालबाट आयो यस्तो खबर, कार्यकर्ता चिन्तित

प्रकाशित
1.2K
SHARES

काठमाडौ। शहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना भएकी छन्। नेकपा एकीकृत समाजवादीकी सचिवसमेत रहेकी मन्त्री झाँक्रीको स्वास्थ्यमा समस्या आएपछि बुधबार साँझ वीर अस्पताल भर्ना भएकी हुन्।

दुई दिनदेखि ज्वरोसँगै निमोनियाको लक्षण देखिएपछि हिजो साँझ अस्पताल भर्ना हुनुभएको हो,’ मन्त्री झाँक्रीका स्वकीय सचिव फुर्वा तामाङले भने, ‘अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य छ। मन्त्री झाँक्रीको स्वास्थ्यमा सुधार आइरहेको स्वकीय सचिव तामाङले बताए।

यो खबरले झाँक्रीका कार्यकर्तामा निराशा छाएको छ। सामान्य ज्वरो आएर घरमै आराम गरिरहेकी झाँक्री बुधबार बेलुका अकस्मात अस्पताल भर्ना भएपछि कार्यकर्तामा निराशा छाएको हो। एक हप्ताअघि नेकपा एमालेका सचिव योगेश भट्टराई पनि अस्पताल भर्ना भएका थिए।

उनलाई पनि ज्वरो आएपछि वीर अस्पतालमै भर्ना गरिएको थियो। उनको स्वास्थ्यमा पनि क्रमिक सुधार भइरहेको बताइएको छ। पार्टी काममा जोडतोडले लागेकी झाँक्रीलाई बढी ढपेडी भएपछि ज्यानमा सिथिलता आएको थियो।

यसअघि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल पनि विरामी परेर लामो समय अस्पताल बसेका थिए। उनलाई पनि उस्तै लक्षण देखापरेको थियो।

यसैगरि, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी खोटाङले भयङ्कर तयारी थालेको छ । नेकपाले ठेक्का लिएर आयोजनाको कामलाई वर्षौंसम्म अलपत्र पार्ने ठेकेदारको सूची तयार पारेर जनकारबाही गर्ने चेतावनी दिएको हो ।

७ र ८ कात्तिकमा दिक्तेलमा गरिएको ११औँ पूर्ण बैठकको निर्णय सार्वजनिक गर्न नेकपाले जारी गरेको विज्ञप्तिमा जिल्लाभित्रका दर्जनौं योजनाको ठेक्का लिएर काममा ढिलासुस्ती गर्ने ठेकेदारको सूची तयार गरेर जनकारबाही गर्ने जनाएको हो।

मध्यपहाडी लोकमार्ग, महुरे–फोक्सिङटार सडक, फोक्सिङटारको पक्की पुल, धाप्लाङघाटको पक्की पुल, हलेसी क्षेत्र खोटाङ (वृहत पम्पिङ) खानेपानी आयोजनालगायतका राष्ट्रिय महत्वका आयोजनाको काममा ढिलासुस्ती गर्ने ठेकेदारको सूची तयार पारेर जनकारबाही गर्ने तयारी गरिएको नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज शैलेसले बताए।

विकास निर्माणमा भएका ढिलासुस्तीका विषयमा प्रशासन, निर्माण कम्पनी लगायतलाई आग्रह गर्दा बेवास्ता गरिएको नेकपाले जनाएको छ।नेकपाका जिल्ला सेक्रेटरी जीवनले जारी गरेको विज्ञप्तिमा ६३५ मेगावाट क्षमताको दुधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाले जग्गा अधिग्रहण गर्दा विस्थापित हुने किसानको उचित पुनर्वासको व्यवस्था मिलाउनुपर्ने आवाज उठाइएको छ।

जलविद्युत् आयोजनाबाट प्राप्त हुने मुआब्जा जग्गाधनीको हातमा जाने, तर दशकौंदेखि त्यही जग्गा कमाएर गुजारा चलाउँदै आएका किसान अलपत्र पर्ने अवस्था आउने भन्दै नेकपाले उनीहरूको पुनर्वासको व्यवस्थाका लागि राज्यको ध्यानाकर्षण गराएको हो।

खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–६ भदौरेको सिमानामा पर्ने जलविद्युत् आयोजनाले ओगट्ने जग्गाको अधिग्रहणको प्रक्रियाअघि बढिरहेका बेला नेकपाले यस्तो धारणा बाहिर ल्याएको हो।

यस्तै, अरुण तेश्रो जलविद्युत आयोजनाको प्रसारण लाइनको पहिलो रुटका लागि रोक्का गरिएका जग्गाको क्षतिपूर्ति उपलब्ध गराउन भनेको छ।

संखुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रोको प्रसारण लाइनको पहिलो रुटका लागि भन्दै दुई वर्ष रोक्का गरेर फुकुवा गरिएका खोटाङको साकेला गाउँपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिकाका स्थानीयको जग्गाको क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको हो ।

हाल अरुण तेस्रोको दास्रो रुट कायम गरिएपछि नेकपाले पहिलो रुटमा रोक्का राखिएका अवधिको जग्गाको क्षतिपूर्ति उपलब्ध गराउन राज्यको ध्यानाकर्षण गराएको जनाएको छ।

नेकपाले प्रगतिशील संयुक्त सरकार, जनमत संग्रह र वैज्ञानिक समाजवादको विषयमा घरघरसम्म व्यापक बहस अघि बढाउने, विभिन्न जनवर्गीय संगठन, जातीय, क्षेत्रीय, मोर्चा र युवा संगठनको जिल्ला सम्मेलन गर्ने, पार्टी स्थापना दिवसको उपलक्ष्यमा आगामी ८ मंसिरमा काठमाडौंमा हुने।

वृहत जनप्रदर्शन र आमसभालाई भव्य बनाउन तयारीमा जुट्ने, पार्टी सदस्य आवेदन र नवीकरणलाई तीव्रता दिनेलगायतका निर्णय गरेको विज्ञप्तिमा जनाएको छ।

तेस्तै, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिम पुगेर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सातो लिएका छन्।

पार्टी कामको सिलसिलामा महेन्द्रनगर पुगेका उनले सुदूरपश्चिम प्रदेश सरकार पनि ढालेर आफ्नै पार्टीको नेतृत्वमा नयाँ सरकार बनाउने बताएपछि प्रचण्डको सातो गएको हो।

कर्णाली, लुम्बिनी, सुदूरपश्चिम प्रदेशमा माओवादीको सरकार छ। सुदूरपश्चिममा माधव नेपालको एकीकृत समाजवादी पार्टी पहिलो दल हो। पहिलो दल भएकैले सरकारको नेतृत्व गर्न पाउनु पर्ने माग जोडतोडका साथ उठेको छ।

कार्यकर्तालाई प्रशिक्षण दिदै अध्यक्ष नेपालले पहिला विपक्षीको सरकार ढालेर आफ्नो सरकार बनाउने तयारीमा रहको बताए। बागमती र प्रदेश १ को सरकार ढालेर एमालेलाई पत्तासाप गरेपछि सुदूरपश्चिमका विषयमा सोच्न सकिने बताए।

एमाले सरकार ढलेपछि गठबन्धनमा सल्लाह गर्दै सुदूरपश्चिममा पनि एकीकृत समाजवादी पार्टीको सरकार बनाउने बताए। सुदूरपश्चिममा माओवादी दोश्रो ठूलो दल हो। माआवादीको तर्फबाट त्रिलोचन भट्ट सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री छन्।

आज बिहान धनगढी बिमानस्थल हुँदै कञ्चनपुर पुगेका उनले प्रचण्डलाई चिढाएका छन्। श्री एयरलायन्सको बिमान हुँदै धनगढी पुगेका उनले सरकार फेर्ने बताएपछि प्रचण्डले पनि अर्को रणनीति बनाएको बुझिएको छ।

नेपाली काँग्रेससँग लुम्बिनी प्रदेशमा आलोपालो सरकार चलाउने सहमति गरेको माओवादीले कर्णालीमा पनि जीवन बहादुर शालीलाई सत्ता हस्तान्तरण गर्ने तयारी थालेको छ । सुदूरपश्चिममा पनि माओवादीको सरकार ढलेपछि प्रचण्ड प्रदेशमा सत्ताविहिन हुने छन्। यो विषय उनलाई सैय हु्ँदैन्।

नेता नेपालको स्वागतमा सुदूरपश्चिम प्रदेशका मन्त्री तथा नेकपा एसका नेता कार्यकर्ता तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको समेत सहभागिता रहेको थियो।

प्रतिक्रिया