आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विवेकशील साझा पार्टी फुट्यो, माधव नेपाल मालामाल हुदै

प्रकाशित
565
SHARES

काठमाडौ। विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे नेकपा एकीकृत समाजवादी पार्टीमा प्रबेश गर्ने भएका छन्। अध्यक्ष माधव नेपालसँग पाण्डेको समूहले भेटवार्ता गरेर प्रबेश गर्ने तयारी थालेको छ।

बुधबार विवेकशील साझाका संयोजक पाण्डेको टोलीलाई अध्यक्ष नेपालले आफ्नो निवासमा बोलाएर आफ्नो पार्टीमा आउन आग्रह गरेका हुन्। एकीकृत समाजवादीमा प्रवेश गर्ने विषयमा पाण्डेसँगै नेता केशव दाहाल, बागमती प्रदेशका सांसद रमेश पौडेल र नेता हरिश भट्टले अध्यक्ष नेपालसँग एक घण्टा लामो कुराकानी गरेका थिए।

विवेकशील साझामा अध्यक्ष रवीन्द्र मिश्रसँग संघीयता र धर्मनिरपेक्षाबारे सैद्धान्तिक मतभेद देखिएपछि संयोजक पाण्डेको समूह विकल्पको खोजीमा छ। यसअघि जनता समाजवादीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसँग छलफल गरेका पाण्डे समूह पछिल्लो समय माधव नेपालसँग नजिकिएको छ।

नेकपा एमालेमा विद्रोह गरी भदौमा एकीकृत समाजवादी पार्टी स्थापना गरेका नेपालले पाण्डे समूहलाई भित्र्याउन छलफल अगाडि बढाएको बुझिएको छ। आजको भेटमा पनि वर्तमान राजनीतिक समस्या र आगामी सहयात्राका विषयमा कुराकानी भएको विवेकशील साझाका नेता केशव दाहालले स्वीकारे ।

उनले भने, ‘माधव नेपालीले मिलेर अगाडि बढौं भन्ने प्रस्ताव राख्नुभएको हो। हामीले त्यसलाई सकारात्मक रुपमा लिएका छौं। आफ्ना अनुभवलाई आदानप्रदान गरेर नयाँ दिशा दिने प्रयासमा छौं। नयाँ सम्भावनाको खोजी गर्न कुरा चलिनै रहन्छ।

यतिबेला विवेकशील साझामा आत्मसमर्पण कि विद्रोह भन्ने ठाउँमा पुग्नैपर्ने अवस्था आएको उनको भनाइ छ। विवेकशील साझामा दुबै पक्ष नगल्ने अवस्थाले अल्झिएका छौं। रवीन्द्रजीले आफ्नो एजेण्डाबाट ब्याक नहुने र हामीहरुले उहाँको एजेण्डा बोक्न नसक्ने अवस्था छ ।

अब आत्मसमर्पण कि विद्रोह भन्ने ठाउँमा पुग्नैपर्ने अवस्था आएको छ,’ उनले भने। दाहालका अनुसार अध्यक्ष नेपालले भेटवार्ताको सुरुमा आफ्ना कुरा राखेका थिए। नेपालको भनाई उदृत गर्दै दाहालले भने, ‘म प्रधानमन्त्री भएर पनि चाहेजति परिणाम निकाल्न सकेनौ। यो सबै आलोचना किन भइरहेको छ भनेर नै कुरा सुरु गर्नुभएको थियो।

नेपालमा एकजनाले मात्र चाहेर नहुने भन्दै प्रणालीमै परिवर्तन आवश्यक रहेको नेपालले पाण्डेको टोलीसँग अनुभव सुनाएका थिए। हामीले नयाँ प्रयत्न गर्दै छौं। यी पुराना मान्छेहरु सबैले परिणाम निकाल्न सकेन भन्ने तपाईंहरुलाई लाग्दो हो। हामीले चाहँदा चाहँदै पनि कतिपय काम हुन सकेनन्।

यो देशमा एकजना व्यक्तिले चाहेर मात्र हुँदैन रहेछ। प्रणालीलाई बल्नुपर्ने रहेछ,’ नेपालको भनाइ थियो। नेपालले आफ्ना कुरा राखेपछि उनीहरुका कुरा पनि सुनेका थिए। एकीकृत समाजवादीले वैकल्पिक राजनीतिलाई सम्बोधन गर्ने ताकत राख्नुपर्ने उनीहरुको भनाइ थियो।

अहिलेको अवस्थामा एकीकृत समाजवादीले नेपाली राजनीतिमा नयाँ खाले कुनै अपिल गरेको म देख्दिनँ भनेर मैले उहाँलाई भनेँ। एकीकृत समाजवादीले अपिल गर्नुपर्छ। वैकल्पिक र समाजवादी राजनीतिलाई सम्बोधन गर्ने ताकत राख्नुपर्छ भनेर हामीले उहाँलाई पृष्ठपोषण दियौं।

यसैगरि, जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख सीडीओ किरण थापा विवादमा परेका छन्। कैलालीको गौरिगंगा नगरपालिका-१ मा नेकपा एमाले र एकीकृत समाजवादीबीच पार्टी कार्यालय विवादमा प्रमुख जिल्ला अधिकारी थापा पनि मुछिएका हुन् ।

एमालेले उनीमाथि सत्ता गठबन्धनको पक्ष लिएको आरोप लगाएको छ। गौरिगंगा नगरपालिकाको वडा नम्बर १ स्थित एमालेको पार्टी कार्यालयमा नेकपा एसले आफ्नो दाबी राख्दै ताला लगाएको छ।

तत्कालीन चौमाला गाविस हुँदा नै एमालेले प्रयोग गर्दै आएको भवनमा ८ कात्तिकमा नेकपा एसले ताला लगाएको थियो। एमालेका कायकर्ताले प्रतिरोध गरे। दुबै पक्षबीच बढ्दै गएको विवाद मंगलबार जिल्ला प्रशासन कार्यालय पुग्यो ।

तर सहजीकरण गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी थापाले विवाद बढाउनेगरी अभिव्यक्ति दिएको एमालेको आरोप छ। सीडिओले माहोल भड्काउने अभिव्यक्ति दिएको भन्दै एमाले कार्यकर्ताले ‘सिडियोको टाउको फुट्न सक्छ’ भन्ने अभिव्यक्ति नै दिए।

सीडीओले ‘एकीकृत समाजवादी पार्टी सरकारमा छ। सत्ता वालाले भनेको मान्नै पर्छ, एमालेका कार्यकर्ता शान्त बस्नु उपयुक्त हुन्छ’ भनेको एमालेको दाबी छ। यो अभिव्यक्तिले आफ्ना कार्यकर्ता झनै उग्र बनेको गौरिगंगा नगरपालिकाकी उपमेयर अञ्चला चौधरीले बताइन् ।

उनकाअनुसार यहीँ कारण गौरिगंगा नगरपालिकास्थित वडा कार्यालय रहेको स्थानमा तनाव बढ्यो। एमाले र एसका कार्यकर्ताबीच ढुंगा हानाहान भयो। दुवै दलका कार्यकर्ताले हानेको ढुंगा लाग्दा प्रहरी निरीक्षक दानबहादुर रोकायाको टाउको फुट्यो।

रोकायाको टाउकोमा टाँका लागेको छ। घटनापछि उपमेयर चौधरीले जनताका टाउका फुटे त्यसको जिम्मेवार सीडीओ हुनपर्ने नत्र सीडीओको टाउको जनताले फुटाउन सक्ने अभिव्यक्ति नै दिइन्।

उनकाअनुसार हाल विवादमा रहेको सो भवन तत्कालीत चौमाला गाविस हुँदादेखि नै एमालेले प्रयोगमा ल्याएको थियो। एमाले र माओवादी पार्टी मिलेर नेकपा बनेपछि सोही भवनलाई नेकपा चौमाला कमिटीको कार्यालयका रुपमा प्रयोग गरिएको थियो।

तर सर्वोच्च अदालतको निर्णयपछि एमाले र माओवादी अलग भए । कार्यालय केही समयका लागि प्रयोगविहीन भयो। ८ कात्तिकमा एमालेले सो कार्यालयमा आफ्नो बैठक राखेर कार्यालय सञ्चालन गरेको गौरिगंगा नगरपालिकाकी उपप्रमुख एवं एमाले ममहाधिवेशन प्रतिनिधि चौधरीले बताइन्।

हामीले कार्यालय राखेपछि एसका कार्यकर्ताले निहुँ खोजेका हुन्,’ उपप्रमुख चौधरीले भनिन्,‘प्रशासनलाई मिलाई देउभन्दा उल्टै चिढाउने काम भयो, यसले कार्यकर्ता रुष्ट बनेका छन्।

एसले लगाएको ताला काटेर विवाद समाधान नभएसम्म प्रशासनको ताला लगाउन पनि हामीले आग्रह गरेका थियौं । तर त्यसो भएन, प्रशासन मौन बस्दा विवाद झनै लम्बियो।

कैलालीका प्रमुख जिल्ला अधिकरी थापाले भने आफूले कसैलाई नचिनेको र त्यस्तो अभिव्यक्ति नदिएको दाबी गरे। कार्यालयका विषयमा विवाद बढेपछि अहिले सो क्षेत्र प्रहरी घेरामा राखिएको छ,’ उनले भने, ‘मैले कसैलाई काखा, पाखा गरेको छैन।

प्रतिक्रिया