आज : गते

ताजा शिर्षकहरु

ऋषि धमला फेरि लखेटिए, अन्तरबार्ता लिन खोज्दा पर्यो यस्तो लफडा, भीडियो सहित

प्रकाशित
1.3K
SHARES

काठमाडौ। प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराविरुद्ध राजिनामाको बिषयमा छलफल भइरहेको ठाउँमा ऋषि धमला प्रवेश गरेपछि हंगामा भएको छ। लाइभ प्राइम टाइम्स टेलिभिजन मार्फत प्रशारण भइरहेको बिशेष कार्यक्रमबाट धमला सिधै बैठक कक्षमा पुगेका थिए।

न्यायधिशहरुको बैठकमा छिरेका धमलालाइ एक अर्का न्यायधिसले आक्रामक रुपमा धमलालाई झापारेनन मात्रै उनलाई बैठक स्थलबाट बाहिर लखेटे। नेपाल बार को बैठकमा प्रवेश गरेका धमलालाई बाहिर लखेटेका हुन्।

साहसको साथ् पुगेका धमलाको एक न्यायधिसले माईक खोसेपछि हंगामा भएको हो,धमलाले सिधै बैठक स्थल पुगेर अन्तरबार्ता लिन थालेपछि माइक खोसिएको हो भने धमलालाई बाहिर जान अनुरोध गरेका थिए।

पछिल्लो समयको किचलोले जनताले सास्ती पाइरहेको छ। सोहि क्रममा पत्रकार ऋषि धमला उक्त ठाउँमा प्रबेस गर्दै जनताले अब के सोच्लान भन्दै प्रश्न गरेका थिए सोहि क्रममा एक न्यायधिसले धमलालाई सिधै राजिनामा माग्नेहरुको माग बढी रहेको बताएका थिए।

यस्तै यस अघि धमला स्टुडियोमै कुटिएका थिए। उनैले अतिथिका रुपमा कार्यक्रममा बोलाइएका एक अतिथिले उनलाई कुटेका थिए। प्राइम टाइम्स टेलिभिजन मार्फत प्रसारित कार्यक्रममा धमलालाई लछार पछार गरिएको थियो। जनता जान्न चाहान्छ’ कार्यक्रममा पत्रकार ऋषि धमलामाथि नै लछारपछार गरिएको हो।

जनता जान्न चाहान्छ, कार्यक्रममा बडादशैँको सन्दर्भमा ज्योतिषिलाई साक्षत्कार गर्न बोलाइएको थियो। प्रख्यात ज्योतिषि विहांग्मराज तिम्सिनाले धमलालाई लछारलपछार पारेका हुन्। कार्यक्रममा ज्योतिषि तिम्सिनाले देशको अवस्था र प्रधानमन्त्रीको भविष्यवाणी गरेका थिए।

उनले शेरबहादुर देउवा छिट्टै नै प्रधानमन्त्रीबाट हट्ने संकेत गरेका छन्। त्यसैगरि, केपी ओलीनै देशको प्रधानमन्त्री हुने समेत तिम्सिनाले भविष्यवाणि गरेका छन्। कार्यक्रमको अन्त्यमा धमलाले आफूलाई पनि आशिर्वाद दिन भनेपछि ज्योतिषिले लछारपछार पारेका हुन्।

एकाएक तिम्सिनाले धमलाको हात तान्दै मन्त्र पढेका थिए। ज्योतिषिले मन्त्र पढिरहदा ऋषि भने मुस्कुराईरहेका थिए। अहिले उक्त भिडियो सामाजिक संजालमा भाइरल बनेको छ।

यसैगरि , नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा देखि महाभियोग लगाउने सम्मको प्रयासहरुको आलोचना गरेका छन्।

उनले त्यसमा आफूहरु नअल्झने स्पष्ट पारेका छन्। उनले अदालतमा अहिले विकसित घटनालाइ राजनीतिक दाउपेच र अशोभनीय गुटबन्दीको संज्ञा दिदै खिचातानीमा नपर्ने बताए।

हामीलाई अदालतको राजनीतिक दाउपेच, अशोभनीय गुटबन्दी र खिचातानीमा पर्नु छैन,’ ओलीले प्रेस चौतारी मोरङले आज आयोजना गरेको कार्यक्रममा भने, ‘न्यायाधीशलाई न्यायाधीशको आसनमा बसेर न्याय निरुपण गर्न त अदालतको श्रीमान्ज्यूहरुले नै नदिएको होइन र ?

ओलीले धम्कीको भरमा इजलासका सदस्यहरु फेर्ने र न्यायाधीश मान्दिनँ भन्ने गतिविधिहरु भएको भन्दै आक्रोश पोखे। उनले भने, ‘यी तमासा परमादेशभन्दा अगाडिकै सेटिङ होइन र ? ओलीले सुशीला कार्कीलगायत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्ने पूर्वप्रधानन्यायाधीशहरुको खुलेर आलोचना गरे।

उनले भने, ‘संविधानको बर्खिलाम सुशीला कार्कीले उहिले नै फैसला गर्नुभयो। उनले संवैधानिक इजलास गठनबारे संविधानमा उल्लेख भए अनुसार हुनुपर्नेमा धम्की दिने गतिविधिहरु भएको भन्दै आफूहरुले खबरदारी गर्दै आएको बताए ।

अहिले सत्ता गठबन्धनबाट राज्यको सिस्टम नै भताभुंग पार्ने खेलहरु भइरहेको आरोप लगाए। ओलीले भने, ‘एमाले राज्यको सिस्टम कमजोर पार्ने गतिविधिलाई असफल पारेरै छाड्छ।

तेस्तै: नेपाली काँग्रेस प्रधानन्यायाधशि चोलेन्द्र शमशेर जबराको पक्षमा देखिएको छ ।  जबराको राजीनामाको माग कानुन व्यवसायीको संघ संगठन देखि कतिपय पूर्वप्रधानन्यायाधीश र पूर्व न्यायाधीशबाट आइरहँदा काँग्रेस राजीनामाको विपक्षमा उभिएको हो ।

प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा कुनैपनि हालतमा प्रधानन्यायाधीश जबराले राजीनामा दिन नहुने पक्षमा उभिएका छन् ।उनले सोमबार गठबन्धन दलका शिर्ष नेतालाई बालुवाटारमा डाकेर आफ्नो धारणा स्पष्ट राखिसकेका छन् ।

आज काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि प्रधानन्यायाधीशबारे चिन्ता व्यक्त गरे । काँग्रेस संसदीय दलको बैठकपछि पत्रकारको प्रश्नमा भने,‘हामीलाई प्रधानन्यायाधीशबारे चिन्ता छ । न्यायालय राजनीतिक हस्तक्षेपबाट मुक्त हुनुपर्ने बताउँदै काँग्रेसले त्यस्तो हस्तक्षेप समेत नगर्ने स्पष्ट पारे ।

प्रधानन्यायाधीश जबराको भूमिकाप्रति प्रश्न गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग नजिक रहेका कानुन व्यवसायीहरुले राजीनामा माग्दै आएका छन् ।तर, काँग्रेस निकट कानुन व्यवसायीहरु यसबारे मौन या राजीनामाको विपक्षमा छन् ।

नेकपा माओवादी केन्द्र का राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउनसक्ने प्रशस्त आधार र कारण बनेको टिप्पणी गरेका छन्। तर, आफ्नो पार्टीले प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउनेबारे कुनै छलफल नै नगरेको उनको भनाइ छ।

उनले महाभियोग नै लगाउने भए एमालेसहितको दलले निर्णय गर्नुपर्ने बताए। उनले भने, ‘महाभियोगको विषयमा त न एमाले न गठबन्धन, सबै एकमत हुनुपर्छ। न्यायालय बलियो बनाउनुपर्छ। यो दृष्टिकोणले दलले निर्णय गर्नुपर्छ।

रिपोर्टर्स क्लबको साक्षात्कारमा मंगलबार बोल्दै बिडारीले न्यायालयमा प्रधानन्यायाधीश र बाँकी न्यायाधीशहरुबीच द्वन्द्व चल्नु विडम्बनाको अवस्था भएको बताए। उनले भने, ‘प्रधानन्यायधीश भनेको न्यायापालिकाको नेता हो।

न्यायलयभित्र यत्रो वितण्डा आउनु, पूर्वप्रधानन्यायाधीशहरुले जबराले न्यायालय हाँक्न सक्नुहुन्न भन्नु, बारले पनि राजीनामा माग्नु, सबै न्यायाधीशहरुले समस्त इजलास बहिष्कार हुनु, अनि न्यायाधीशहरुले प्रधानन्यायाधीशमा कार्यदक्षताको अभाव भयो भनेर भन्नु उहाँमाथि महाभियोग लगाउनसक्ने आधार र कारण बन्यो।

बिडारीले आफूले प्रधानन्यायाधीशको राजीनामा नमाग्ने पनि उल्लेख गरे । बरु, महाभियोग लगाउने कुरा संवैधानिक हुने उनको तर्क छ। प्रधानन्यायाधीशसमेत विपक्षी बनाएर परेको संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा एक वर्षसम्म पेशी नतोक्नु, संवैधानिक अंग थर्रथर्र हुने

परिस्थितिको सिर्जना राणाले गरेकाले महाभियोगको आधार रहेको बताए । तर यो संसद्को अधिकारको कुरा भएको उल्लेख गरे।

अहिले प्रधानन्यायाधीश जबराको राजीनामा मागिएको विषयमा प्रतिनिधिसभाको विघटनको मुद्दाको हवाला दिनु गलत भएको पनि जिकिर गरे। उनले भने, ‘प्रतिनिधिसभा विघटनको मुद्दाको फैसलामा कसैको पनि विमति छैन। इजलासमा रहेका पाँच जनाको एकमत छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ