आज : गते

ताजा शिर्षकहरु

भयङ्कर तयारीमा जुटे भीम रावल, देशभर तरङ्ग

प्रकाशित
2K
SHARES

काठमाडौ।  एमाले उपाध्यक्ष भीम रावलको भयङ्कर तयारीमा जुटेको खबर बाहिरिएको छ। १० बुँदे सहमति कार्यान्वयनसम्बन्धी कार्यदलबाट राजीनामाको घोषणा गरेका एमाले उपाध्यक्ष भीम रावलले दुई दिन भित्रमा लिखित राजीनामा नै बुझाउने भएका हुन्।

रावलले १० बुँदे सहमति कार्यान्वयनमा आलटाल हुने देखेपछि आफूले राजीनामाको घोषणा गरेको र अब पार्टी अध्यक्षलाई लिखित राजीनामा नै बुझाउने तयारी गरिरहेको बताए। अस्ति मैले त्यहाँ राजीनामा मौखिक त दिइसकें।

यसको ब्यहोरा म लेखेर पठाउँछु भनेको थिएँ। अब त्यो दिन्छु होला’ उनले भने, ‘ओलीले भने १० सहमति कार्यान्वयन हुने बताएका छन्। पार्टी ०७६ जेठ २ अघि फर्किने अवस्था आउँदा रावल सुदुरपश्चिम प्रदेशको इन्चार्ज हुन्छन्।

यता प्रतिपक्ष दल नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे कार्यन्वयन कार्यदलका संयोजक भीम रावलले दिएको राजीनामाबारे बोलेका छन् । रावलले दिएको राजीनामा ओलीले गरेको टिप्पणीले भीम रावललाई झनै तनावपूर्ण बनाएको हो।

ओलीले रावलले दिएको राजीनामा केही पनि नभएको जवाफ दिएका छन्। शनिबार थापाथलीस्थित केन्द्रीय कार्यालयमा भर्चुअल माध्यमबाट पार्टीको वडा कमिटीको अधिवेशन उद्घाटन गर्न पुगेका ओलीलाई सञ्चारकर्मीले रावलको राजीनामा बारे सोधेको प्रश्नमा केही पनि नभएको उनले बताए ।

उनले भने, ‘उहाँले राजीनामा के को गर्नुभएको हो रु संयोजन मैले सकिन त्यसकरण मेरो राजीनामा भन्नुभयो। त्यत्रो ठूलो कुरो पनि होइन। लिखित पनि होइन, स्वीकार्य पनि होइन, अस्वीकार्य पनि होइन। १० बुँदे सहमति कार्यान्वय हुन्छ भन्ने प्रश्नमा अध्यक्ष ओलीले बाँकी केही छन्।

त्यो हुन्छ भनेर जवाफ दिएका छन्। विभाजित पार्टी एकता गर्न बनेको १० बुँदे कार्यदलका संयोजक रावलले अध्यक्ष ओलीलाई यसअघि पटक पटक १० बुँदे अक्षरस सम्बोधन गर्नुपर्ने भन्दै आएका थिए।

यसैगरि, नेकपा एमाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा उभिएको छ। सिंगो न्यायालयको धज्जी उडाउन मेनरोल खेलेको आरोप खेपेका प्रधानन्यायाधीश जबराको पक्षमा एमाले खुलेरै लागेको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले न्यायालय भित्रको अहिलेको समस्याको समाधान राणाको मात्रै राजीनामाले हल नहुने निष्कर्ष नजिक पुगेको छ । एमाले अध्यक्ष केपी ओलीका अत्यन्तै नजिकका मानिने प्रभावशाली नेता प्रदिप ज्ञवालीले मुखै खुलेर एक जना व्यक्तीलाई निसाना बनाएर चलाएको अभियानले समस्याको समाधान नहुने बताएका छन्।

नेता ज्ञवालीले अहिले चलेको अभियानले गुटबन्दीलाई झनै प्रसय गर्ने दावी गरेका छन्। चोलेन्द्रलाई अहिलेका सत्ताधारीहरुले युज एण्ड थ्रो मात्रै गर्न खोजको उनको आरोप छ । चोलेन्द्रलाई मिल्काएर आफू अनुकुल मान्छे ल्याएर आफूले चाहेको फैसला गराउन यो अभियान चलाइएको हो’ ज्ञवालीले भनेका छन् ।

ज्ञवालीले लेखेका छन्, ‘अहिलेको अभियानको उद्देश्य यस विकृतिलाई अन्त्य गर्ने होइन, झनै संस्थागत गर्नु र आफूले भने अनुसारको फैसला सुनिश्चित गर्नु मात्रै हो। ‘युज एण्ड थ्रो’ यस अभियानले भोलि अरूलाई पनि यसै गरी शिकार बनाउनेछ।’

चोलेन्द्र प्रकरण उत्कर्षमा पुग्दै गर्दा राजनीतिक दलहरु मौन बसे भन्ने आरोप लगाइरहँदा ज्ञवालीको यस्तो धारणा आएको हो । यस प्रकरणका बिषयमा एमाले नेता प्रदिप ज्ञवालीले आफ्नो सामाजिक संजालमा यस्तो स्टाटस लेखेका छन् र

‘सर्वोच्च अदालतमा देखा परेको विग्रह, गुटबन्दी र चरम अराजकता दुर्भाग्यपूर्ण छ। न्यायालयमा समस्या विगतमा पनि थियो, तर यसको उत्कर्ष असार २८ को फैसलाका क्रममा देखा पर्यो ।

‘निश्चित राजनीतिक नेताहरूको सत्ता स्वार्थका लागि अदालतले अनुकूल फैसला गरिदिने, सट्टामा नेताहरूले न्यायाधीशहरूमध्ये कसैलाई मन्त्री त कसैलाई तक्मा (उपहार) दिने यही अपवित्र गठबन्धनको परिणाम हो आजको विकृति।’ उनले भनेका छन् ।

‘एकजना व्यक्तिलाई निशाना बनाएर चलाइएको अहिलेको अभियानको उद्देश्य यस विकृतिलाई अन्त्य गर्ने होइन, झनै संस्थागत गर्नु र आफूले भने अनुसारको फैसला सुनिश्चित गर्नु मात्रै हो। ‘युज एण्ड थ्रोु’ यस अभियानले भोलि अरूलाई पनि यसै गरी शिकार बनाउनेछ।’

 

प्रतिक्रिया

आजको ट्रेन्डिङ