आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ओलीले सुन्नपर्यो अत्यन्तै दुःखद खबर, एमालेका ८ सांसदको जागिर चट

प्रकाशित
1.4K
SHARES

काठमाडौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्र झापामा छन्। स्थानीय मतदातासँग व्यस्त रहेका ओलीले काठमाडौँबाट दुःखद खबर सुन्न परेको छ। राष्ट्रियसभामा सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेले अब ८ सिट गुमाउने भएको छ।

आगामी फागुन २० गते २० जना सांसदहरुको पदावधि सकिदैछ। त्यसमध्ये ८ जना नेकपा एमालेका छन्। यसै वर्षको २० फागुनमा एमालेका ८ सहित २० जना पदावधि सकिन लागेको हो।

रिक्त हुनलागेको पदको चुनावको तयारीमा निर्वाचन आयोग लागिसकेको छ। अबको तीन महिनाभित्र रिक्त हुने पदमा चुनाव भइसक्नुपर्नेछ ।रिक्त पदमा एमालेका ८, माओवादीका ४, नेकपा एसका ४, काँग्रेसका ३ र मनोनित एक छन्। २०७४ फागुनमा राष्ट्रियसभाको पहिलो निर्वाचन भएको थियो ।

त्यसबेला ६० जनामध्ये गोला तानेर कार्यकाल तय भएको थियो। पहिलो एक तिहाई सदस्य २ वर्षे कार्यकाल सकेर विदा भएका छन्। दोस्रो एक तिहाई अर्थात २० जनाको कार्यकाल गोला तानेर ४ वर्ष तोकिएकोमा अब सकिदैछ। राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनासहित २० जना भने पूरा ६ वर्षे कार्यकाल पूरा गर्नेमा पर्छन्।

एमालेबाट परशुराम मेघी गुरुङ, कोमल वली, सुमनराज प्याकुरेल, कविता बोगटी, चक्र स्नेही, नैनकला ओझा, रामलखन चमार, अगम वान्तवा राई रहेका छन्। त्यस्तै माओवादी केन्द्रबाट दीनानाथ शर्मा, शशिकला दाहाल, जीवन बुढा, खिमकुमार विकको पदावली सकिदैछ ।

एकीकृत समाजवादी पद रिक्त हुनेमा ठगेन्द्रप्रसाद पुरी, शेरबहादुर कुँवर, उदया शर्मा पौडेल, शान्तिकुमारी अधिकारी छन्। कांग्रेसबाट राधेश्याम अधिकारी, दीर्घनारायण पाण्डे, तारादेवी भट्ट र मनानित रामनारायण बिडारीको पनि पदावली सकिदैछ।

आगामी निर्वाचनमा एमालेले ८ ओटै सिट गुमाउने छ । निर्वाचनमा गठबन्धन र एमाले मिलेर लड्ने भएकाले एमालेका लागि यो निर्वाचन निकै दुःखद हुने छ।

यसैगरि  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि अर्को  दुःखद खबर प्राप्त भएको छ। अर्ली इलेक्सन गर्न पर्ने भन्दै अडान राख्दै आएका ओलीलाई उपनिर्वाचन गर्ने तयारी भएको खबरले झट्का लागेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले रिक्त रहेका प्रतिनिधिसभा र पदेशसभामा तत्काल उपनिर्वाचन गर्नेगरी तयारी थालेका छन् । त्यस्ते, राष्ट्रियसभा सदस्यको निर्वाचनको पनि मिति सरकारले छिट्टै तोक्ने बताएका छन्।

सोमबार निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा उनले प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त सदस्य चयनका लागि उपनर्वाचनबारे सत्ता साझेदार दलहरुसँग छलफल गरी निश्कर्षमा पुग्ने बताएका छन्। राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि आगामी फागुन २१ गते पूरा हुँदैछ।

प्रधानमन्त्री र आयोग पदाधिकारीको भेटका क्रममा राष्ट्रियसभा सदस्य निर्वाचन, प्रतिनिधिसभा, प्रदेशसभाको उपनिर्वाचनबारे छलफल भएको निर्वाचन आयोगका प्रवक्ता यज्ञप्रसाद भट्टराईले जानकारी दिएका छन्।

त्यस्तै निर्वाचनसम्बन्धी कानुनको पुनरावलोकन, परिमार्जन तथा एकीकृत निर्वाचन कानुन निर्माणका विषयमा पनि छलफल भएको उनले बताए। प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल आगामी २०७९ साल मंसिरसम्म छ।

ओलीले त्यो अगावै अर्ली इलेक्सन गरेर देशलाई निकास दिन पर्ने बताउँदै आएका थिए। तर अब त्यो सम्भव नभएको यो भेटघाटले पनि देखाएको छ। अब प्रतिनिधि सभाको निर्वाचन आगामी मंसिर भन्दा यता सम्भव छैन्।

यता निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि गृहकार्य सुरु गरेको छ । २०७४ बैशाख र जेठमा भएको निर्वाचनबाट आएका जनप्रतिनिधिहरुको कार्यकाल सकिन केही महिना मात्र बाँकी रहदा निर्वाचन आयोग तातेको छ ।

आयोगले आगामी चैत पहिलो साताभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सरकारलाई सिफारिस गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका क्रममा आयोगले कानून बमोजिम चैत पहिलो साताभित्र स्थानीय तहको चुनाव हुनुपर्ने बताएको हो ।

स्थानीय तहका निर्वाचित पदाधिकारीको कार्यकाल जेठ ५ मा सकिदैछ । त्यसभन्दा तीन महिनाअघि नै निर्वाचन हुनुपर्छ। स्थानीय तहको निर्वाचन गर्न ६ महिना भन्दा कम समय रहेकाले अब रिक्त ठाउँमा भने उपचुनाव हुने छैन । त्यस्तै फागुनमा रिक्त हुने राष्ट्रियसभाको निर्वाचन माघको पहिलो साता गर्न आयोगले सरकार समक्ष सिफारिस गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले रिक्त रहेका प्रतिनिधिसभा र पदेशसभामा तत्काल उपनिर्वाचन गर्नेगरी तयारी थालेका छन्। त्यस्ते, राष्ट्रियसभा सदस्यको निर्वाचनको पनि मिति सरकारले छिट्टै तोक्ने बताएका छन् ।

सोमबार निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा उनले प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त सदस्य चयनका लागि उपनर्वाचनबारे सत्ता साझेदार दलहरुसँग छलफल गरी निश्कर्षमा पुग्ने बताएका छन्।

राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि आगामी फागुन २१ गते पूरा हुँदैछ। प्रधानमन्त्री र आयोग पदाधिकारीको भेटका क्रममा राष्ट्रियसभा सदस्य निर्वाचन, प्रतिनिधिसभा, प्रदेशसभाको उपनिर्वाचनबारे छलफल भएको छ।

निर्वाचन आयोगका प्रवक्ता यज्ञप्रसाद भट्टराईले जानकारी दिएका छन् । त्यस्तै निर्वाचनसम्बन्धी कानुनको पुनरावलोकन, परिमार्जन तथा एकीकृत निर्वाचन कानुन निर्माणका विषयमा पनि छलफल भएको उनले बताए।

प्रतिक्रिया