आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मध्यरातमा प्रधानमन्त्री पक्राउ, कारण थाहा पाएपछि विश्वभर तरङ्ग

प्रकाशित
1.6K
SHARES

एजेन्सी। सुडानको सेनाले प्रधानमन्त्री अब्दल्ला हम्डकसहित दर्जनौ नेताहरुलाई मध्यरातमा गिरफ्तार गरेको छ। प्रधानमन्त्री हम्डकलाई अपदस्थ नै गरेर सेनाले सत्ता पनि नियन्त्रणमा लिएको विदेशी सञ्चार माध्यमहरुद्धारा जारी समाचारमा उल्लेख छ।

संचार मन्त्रालयले प्रधानमन्त्री हम्डकलाई सेनाको नियन्त्रणमा राखिएको पुष्टि गरेको छ। सोमबार सत्ता विद्रोह गरेको सेनाले प्रधानमन्त्रीलाई पदत्याग गर्न भनेपनि उनले अस्वीकार गरेपछि सेनाले प्रधानमन्त्री हम्डकलाई नियन्त्रणमा लिएको हो।

उनलाई अहिले सेनाले अज्ञात स्थलमा राखेको छ। नागरिक अगुवाहरु समेत सम्मिलित सुडानी सरकार र सेनाका बीचमा पछिल्लो केही समयदेखि सम्वन्धमा तिक्तता आएको थियो। सत्ता कब्जा गरेको सेनाले देशभरी इन्टरनेटलगायतका सञ्चार सेवाहरु अवरुद्ध गरेको छ।

त्यसैगरी राजधानी खार्तुम ओहोरदोहोर गर्ने मुख्य सडक र पुलहरु बन्द गरिएका छन्। सेनाको कदमको विरुद्धमा प्रदर्शन समेत हुन थालेको छ भने प्रदर्शनमा सहभागीहरुलाई सेनाले गिरफ्तार गरेको छ। देशका विभिन्न ठाउँमा दर्जनौ प्रदर्शनकारीहरू भेला भएर सेनाको कदमको विरोध गरेका छन्।

प्रदर्शनकारीहरूलाई तितरवितर पार्न सेनाले अश्रुग्यास प्रहार गर्नेलगायतका प्रतिरोधात्मक कदमहरु पनि चालेको छ। प्रदर्शनकारीहरूले सेनाले सैन्य कु गरेको बताएका छन्। उनीहरुले नागरिकसहितको सरकारलाई नै कार्यअधिकार दिन माग गरेका छन्।

तत्कालीन राष्ट्रपति बशिरको विरोधमा संगठित भएको सुडानिज प्रफेसनल एसोसिएसन र फोर्सेस फर फ्रिडम एन्ड चेन्जले सैनिक विद्रोहको प्रतिरोध गर्न आम जनता समक्ष अनुरोध गरेको छ ।

तत्कालिन सरकारले मूल्यबृद्धि त्यसका विरुद्धमा सन् २०१९ मा सुरु भएको आन्दोलनले त्यो सरकार ढलाएर नयाँ सरकार गठन गरेको थियो। प्रधानमन्त्री अब्दल्ला हम्डकको सरकार सुडानमा उत्पन्न राजनीतिक गतिरोध अन्त्यका लागि नागरिक स्तरको संक्रमणकालीन सरकारका रुपमा गठन भएको थियो।

सर्वपक्षीय सहमतिमा बनेको नागरिक र सैन्य अधिकारीसहितको संयुक्त सरकारलाई समेत अहिले सेनाले अपदस्त गरेको हो । नागरिक अगुवासहितको सरकारलाई अपदस्त गरेकोप्रति अन्तर्राष्ट्रिय समुदायबाट पनि चर्को विरोध भएको छ।

संयुक्त राज्य अमेरिकाले सुडानी सेनाले गरेको सत्ताविद्रोह प्रति आपत्ति जनाएको छ। सुडानका लागि अमेरिकी दूत जेफ्री फेल्टम्यानले विज्ञप्ति प्रकाशन गरी नागरिक सरकारप्रतिको सुडानी जनताको चाहनालाई सैनिक विद्रोहले कुठाराघात गरेको उल्लेख गरेका छ।

यसैगरि, अमेरिकासहित १० देशका राजदूतलाई देश निकाला गर्ने टर्कीका राष्ट्रपतिको घोषणा:टर्कीका राष्ट्रपति रिकेप तेइप एर्दोगनले अमेरिकासहित पश्चिमा देशका दश राजदूतलाई देश निकाला गर्न विदेश मन्त्रालयलाई आदेश दिएका छन्।

एर्दोगनले अमेरिकासहित फ्रान्स, जर्मनी, नेदरल्यान्ड, न्युजिल्यान्ड, नर्वे, क्यानडा, डेनमार्क, फिनल्यान्ड र स्विडेनका गरी दशजना राजदूतलाई निष्कासित गर्ने आदेश दिएका हुन्। मैले हाम्रो विदेश मन्त्रालयलाई यी दश राजदूतहरूलाई जतिसक्दो छिटो ‘पर्सोना नन् ग्राटा’ घोषणा गर्ने आदेश दिएको छु।

राष्ट्रपति एर्दोगनलाई उद्धृत गर्दै अलजजिराले लेखेको छ। ‘उनीहरूले टर्कीबारे थाहा पाउनुपर्छ र बुझ्नुपर्छ। टर्कीलाई बुझ्न नसकेको खण्डमा उनीहरूले तत्काल टर्की छाड्नुपर्छ,’ राजदूतहरूलाई आरोप लगाउँदै एर्दोगनले भनेका छन्।

यी दश देशले व्यवसायी तथा नागरिक अगुवा ओसम्यान काभालाको रिहाइका लागि सामूहिक रूपमा अपिल गरेका थिए। काभाला सन् २०१७ देखि जेलमा छन्।

उनलाई सन् २०१३ को देशव्यापी विरोध प्रदर्शनमा आर्थिक सहयोग गरेको र २०१६ मा भएको असफल ‘कु’मा संलग्न रहेको आरोपमा सन् २०१७ देखि एर्दोगन प्रशासनले जेलमा राखेको छ। तर, काभालाले भने उक्त आरोप अस्वीकार गर्दै आएका छन्।

यसै गरि , अमेरिकी कूटनीतिज्ञले भने– चीनलाई रोक्न एसियामा सेना राख्नुपर्छ। अमेरिकाका उच्च कूटनीतिज्ञ, चीनका लागि राजदूतका रूपमा प्रस्तावित निकोलस बर्न्सले छिमेकीहरू तथा एसिया प्रशान्त मुलुकहरूप्रति चीन आक्रामक रहेको र ती मुलुकहरूमा चीनबाट सुरक्षा खतरा रहेको आरोप लगाएका छन् ।

उनले जापान, कोरियासहित एसियामा अमेरिकी सैन्य उपस्थिति कायम राख्नुपर्ने पनि सुझाब दिएका छन्। चीनको आक्रामक रणनीतिलाई रोक्न पनि सैन्य उपस्थिति अनिवार्य भएको उनको सुझाब थियो। चीनमा करिब एक वर्षदेखि अमेरिकी राजदूत छैनन्।

अमेरिकी संसद्को अन्तर्राष्ट्रिय मामिला समितिद्वारा आयोजित सुनुवाइमा बर्न्सले भियतनाम, फिलिपिन्स, साउथ चाइना सी, जापान, अस्ट्रेलियाविरुद्ध चीन आक्रामक हुँदै गएको आरोप लगाएका हुन्। करिअर कूटनीतिज्ञ बर्न्स अमेरिका र भारतबीच भएको आणविक वार्तामा अमेरिकी सदस्यसमेत थिए।

उनले भनेका छन्, ‘अमेरिकी मान्यता र हितलाई धम्की दिने, अमेरिकी साझेदार तथा गठबन्धन सदस्यहरूविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुने कार्य बन्द गर्न, चीन सरकारलाई नियममा आधारित भएर जबाफदेही बनाउन, नियममा आधारित अन्तर्राष्ट्रिय मूल्यप्रति जवाफदेही बनाउन वासिंटनले भूमिका निर्वाह गर्नुपर्छ।

उनले हिन्द प्रशान्त क्षेत्रमा अमेरिकी उपस्थिति रणनीतिक रूपमा थप मजबुत बनाउनुपर्ने पनि सुझाब दिएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्। उनले अमेरिकी साझेदार तथा गठबन्धनहरूमार्फत चीनको उदयलाई रोक्ने प्रयास गर्नुपर्नेमा जोड दिएका छन्।

चीनको असाधारण शक्ति भए पनि ऊ विश्वको ओलम्पियन शक्ति नभएको कूटनीतिज्ञ बर्न्सको जिकिर थियो। ‘हामीले चीनको शक्तिलाई बढी बुझ्नुभएन र अमेरिकाको शक्तिको नजरअन्दाज गर्नु पनि हुँदैन,’ उनले भनेका छन् । उनले ताइवानलाई अमेरिकाले थप सुरक्षा सहयोग गर्नुपर्ने र रणनीतिक साझेदारी बढाउनुपर्नेमा पनि जोड दिएका छन् ।

 

प्रतिक्रिया