आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गगन थापाका कारण प्रचण्डलाई तनाव, खान रुच्न छोड्यो

प्रकाशित
802
SHARES

काठमाडौ। नेपाली कांग्रेसका नेता गगनकुमार थापाका कारण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई तनाव भएको छ। थापाले आगामी निर्वाचनमा नेपाली कांग्रेसले कुनै पनि दलसँग चुनावी तालमेल नगर्ने जनाएपछि प्रचण्डलाई तनाव भएको हो।

आईतबार धादिङमा आयोजित एक कार्यक्रममा बोल्दै नेता थापाले गत निर्वाचनमा माओवादी केन्द्रसँग तालमेल गर्दा कांग्रेसले धेरै क्षति व्यहोरेको बताउँदै चुनावी गठबन्धन बनाउने पार्टीको चरित्र नभएको बताएका छन्।

थापाले भने, एक्लै चुनाव लड्छौं र आफ्नो तागतले लड्छौं । हामीले चुनाव नजितेको स्थानमा जित्ने सुर्वण अवसर आएको छ। नेता थापाले स्थानीय कार्यसमितिले नै तल्लो तहमा तालमेल गर्ने सहमति गरिएमा भने मान्यता प्राप्त हुनसक्ने बताए।

उनले भने, ‘तल्लो तहमा हामी मिलेर चुनाव लड्छौं भन्ने कुरा भयो भने त्यसलाई सदासयताका रूपमा लिने एउटा कुरा हो। पार्टीले माथिबाट चुनावमा गठबन्धन गरेर जाँदैन। चुनावमा गठबन्धन गर्ने कांग्रेसको चरित्र नै होइन, चितवनमा हामीले देखिसक्यौं।

आसन्न चुनावका लागि ६ महिना समय भएकाले कसलाई कहाँ खटाउने हो भनेर आजदेखि नै तयारी थाल्न थापाले कार्यकर्तालाई निर्देशन दिएका छन् । एमाले विभाजित भएकाले अलमल परेका कार्यकर्ता तान्न पनि थापाले निर्देशन दिएका छन्।

आगामी बैशाखमा स्थानीय निर्वाचन हुने भएकाले केन्द्रित भएर कार्यतालिका बनाउन तथा साना–साना कुरामा ध्यान पुर्‍याउन सचेत थापाले सुझाव दिए। महाधिवेशनपश्चात् मात्रै निर्वाचन हुनेप्रति थापाले कार्यकर्तालाई ढुक्क हुन आग्रह गरेका छन्।

थापाले भने, ‘संविधानले साढे ५ वर्षभन्दा अवधि दिएको छैन, तपाईंहरू अलमल पर्नुपर्दैन। भदौमा महाधिवेशन प्रक्रिया सुरू गरेकाले र कोभिड पनि भएकाले निर्वाचन आयोगलाई अनुरोधपश्चात् अवधि उपलब्ध भएको छ।

यसैगरि,  नेपाली कांग्रेसका नेता शेखर कोइरालाका कारण कांग्रेसको आधा भोट घटेको छ। प्रदेश १ को एमाले सरकार जोगाएपछि कांग्रेसको भोट घटेको हो। कोइरालाले बखेडा झिक्दा एमालेको ढल्नै लागेको सरकार बचेको छ।

आइतबार प्रदेश सभा बैठकबाट मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यक्रम थियो। आचार्य एमालेबाट मुख्यमन्त्री बनेका हुन्।कांग्रेसभित्रको विवाद र आन्तरिक किचलोले गर्दा एमालेको सरकारलाई राहत मिलेको छ।

शेखर कोइराला र उनको समूहका कारण प्रदेश नं. १ मा एमालेको सरकारको आयु लम्बिएपछि अध्यक्ष केपी शर्मा ओली खुसी भएका छन्।कांग्रेसले केही दिन बैठक स्थगित गर्न माग गर्दै निवेदन दिएको थियो। एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले कात्तिक १५ गतेसम्म बैठक स्थगितको माग गर्दै निवेदन दिएका थिए।

सत्तारुढ र विपक्षी दलको मागपछि सभामुखले प्रदेशसभा बैठक कात्तिक १५ गतेका लागि सारेका छन्। कांग्रेसले प्रदेशसभा बैठक सार्न माग गर्दै दिएको निवेदनमा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रदेश १ भ्रमणलाई कारण देखाएको छ।

प्रधानमन्त्री देउवाले प्रदेश १ को मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीलाई दिने सहमति गरेका छन्। कांग्रेस नेता रामचन्द्र पौडेल समूहले प्रदेश १ मा मुख्यमन्त्री आधा–आधा समय चलाउन पाउनुपर्ने भनेर अडान राखेको छ।

प्रदेश १ का कांग्रेस संसदीय दलका नेता राजीव कोइराला पौडेल समूहका हुन्। पौडेल समूहभित्र पनि राजीव कोइराला कांग्रेस नेता शेखर कोइराला निकटका मानिन्छन् हुन्।

नेकपा एकीकृत समाजवादीलाई प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्री दिएर केन्द्रीय राजनीतिमा सत्तागठबन्धन भएको थियो। तर, शेखर कोइरालाले बखेडा झिकेर सत्ता गठबन्धनलाई फुटाउन खोजेका छन्। शेखर कोइरालाले कांग्रेसभित्र भाँडभैलो मच्चाउँदै आएका छन्।

आफ्नो व्यक्तिगत स्वार्थका लागि शेखर कोइरालाले कांग्रेसभित्र आतंक मच्चाउने गरेका छन्। कांग्रेस पार्टीलाई कोइराला परिवारको विरासत ठान्ने गरेका शेखर कोइराला लामो समय जागिर गरेर कांग्रेसको राजनीतिमा छिरेका हुन्।

गिरिजाप्रसाद कोइरालाले उनलाई राजनीतिमा छिराएका हुन्। मन्त्रीमा देउवा निकट सांसदहरूले प्राथमिकता पाउने देखिएपछि कांग्रेसकै शेखर कोइराला समूहले असन्तुष्टि जनाएर फ्लोर क्रसको धम्की दिएको थियो।

कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्की पनि प्रमुख सचेतकले पार्टीमा छलफल नगरी प्रदेशसभा बैठक स्थगितका लागि निवेदन दिएको बताएका छन्। कार्की देउवा पक्षका हुन्।

प्रतिक्रिया