आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सेना प्रमुखलाई लाग्यो हाइभोल्भेटजको झड्का, अब के गर्लान् ?

प्रकाशित
803
SHARES

काठमाडौ। गत फेब्रुअरीमा म्यानमारको सत्ता हत्याएका सेना प्रमुख जेनेरल मिन आङ ह्लाइङलाई ठूलो झड्का लागेको छ। उनलाई आसियान सम्मेलनमा सहभागी नगराइने भएको छ।

दक्षिण पूर्व एसियाली राष्ट्रहरूको संगठन एसोसिएसन अफ साउथ इस्ट एसिएन नेसन्स(आसियान)ले म्यानमारका सेना प्रमुखलाई शिखर बैठकमा सहभागी नगराउने भएको हो। उनको सट्टामा अन्य गैर राजनीतिक प्रतिनिधि बोलाउन आसियानले सहमति गरेको छ ।

आगामी अक्टोबर २६ देखि २८ सम्म ब्रुनेईमा आसियान शिखर बैठक हुँदैछ। १० सदस्यीय राष्ट्र रहेको आसियानमा सदस्य राष्ट्रको आन्तरिक मामिलामा कुनै हस्तक्षेप नगरेपनि यो निर्णयलाई अभूतपूर्व किसिमको बताइएको छ।

आसियानले अप्रिलमा म्यानमारका सेना प्रमुखलाई देशमा जारी हिंसात्मक दमक रोक्न र राजनीतिक बन्दी रिहा गर्न आग्रह गरेको थियो । द्वन्द्व अन्त्य गर्न सेनाले काम नगरेको आसियानले बताएको छ ।

गत अगस्टमा जेनरल ह्लाइङले आफैं प्रधानमन्त्री घोषणा गरेर देशमा संकटकाल लगाएका थिए । सेनाले सत्ता हत्याएपछि म्यानमारमा भएको प्रदर्शनका क्रममा हजारभन्दा बढीले ज्यान गुमाएका छन्। त्यहाँको सेनाले म्यानमारका नागरिकलाई दमन गर्दै आएको भन्दै विरोध भइरहेको छ।

यस्तै म्यानमारमा सैनिक सरकारकोे विरोध गर्दैै प्रदर्शन गरेको आरोपमा जेलमा परेका ५ हजार भन्दा बढी व्यक्ति रिहा हुने भएका छन्। अक्टोबरको अन्त्यमा थन्डिथयुत पर्वको उपलक्ष्यमा ५ हजार ६३६ कैदीलाई रिहा गरिने सरकार प्रमुख मिन आङ ह्लाइनले बताएका हुन्।

एक क्षेत्रीय शिखर सम्मेलनका क्रममा म्यानमारमा हाल जारी संकटलाई कम गर्ने सरकारको प्रतिबद्धताअनुसार म्यानमार सैन्य सरकार प्रमुखको उक्त घोषणा आएको बताइएको छ ।

कूको विरोधका प्रदर्शन गर्ने व्यक्तिहरुलाई सैनिक सरकारले गरेको कारबाहीको क्रममा एक हजार १०० भन्दा बढी नागरिक मारिनुका साथै ८ हजार भन्दा बढी गिरफ्तार भएको एक मानव अधिकारवादी समूहले जनाएको छ।

यसै गरि ,  फेसबुकले म्यानमारका सेना प्रमुखकाे फेसबुक पेज डिलिट गरेको छ।हिंसात्मक गतिविधिका लागि उक्साएको अभियोग लगाउँदै सावधानीका लागि म्यानमार सेनाको प्रमुख पेज डिलिट गरिएको सामाजिक सञ्जाल फेसबुकले जनाएको छ।

सैन्य कू विरुद्ध भएको प्रदर्शनको क्रममा सुरक्षाकर्मीले गरेको बल प्रयोगका कारण शनिबार दुईजनाको मृत्यु भएको थियो। त्यसको भोलिपल्ट फेसबुकले सेनाको पेज डिलिट गरेको हो।

म्यानमारको सेनाले फेब्रुअरी १ मा निर्वाचित सत्तालाई हत्याएर शक्ति आफ्नो हातमा लिएको थियो। त्यसको विरोधमा विगत दुई हप्तादेखि त्यहाँ प्रदर्शन हुँदै आएको छ।उनीहरुले नेतृ आङ साङ सूकीसहितलाई रिहा गरिनु पर्ने र निर्वाचित सत्ता पुनर्बहाली हुनु पर्ने माग गरेका छन्।

म्यानमारमा सैन्य ‘कू’पछि एक वर्षसम्मका लागि संकटकाल घोषणा गरिएको छ। सेनाले शीर्ष नेताहरुलाई नियन्त्रणमा लिएर राज्यसत्ता आफ्नो हातमा लिएपछि राज्यसञ्चालनको शक्ति त्यहाँका सेना प्रमुख मिन अङ लाइङले पाएका छन्।

सत्तारुढ दल नेसनल लिग फर डेमोक्रेसीकी नेतृ आङ सान सुची र राष्ट्रपति विन मिन्टसहित प्रदेशका प्रमुखहरूलाई नियन्त्रणमा लिएर म्यानमारका सेनाले आइतबार राति सैन्य ‘कू’ गरेका थिए।

चुनावमा धाँधली भएको भन्दै सेनाले सैन्य कू गरेको प्रतिक्रिया जनाएको छ। सैन्य कूपछि त्यहाँका सेनाले सोमबार आफूहरुले सन्तुलन र निष्पक्षताका साथ एक वर्षसम्म म्यानमारमा वास्तविक बहुदलिय लोकतन्त्रको अभ्यास गर्ने बताएका छन्।

सेनाले आफूहरुले निष्पक्ष निर्वाचनको आयोजना गर्ने र विजयी हुने पार्टीलाई सत्ता हस्तान्तरण गर्ने पनि बताएका छन्। रोयटर्सका अनुसार गत महिनामात्र चिनियाँ विदेशमन्त्री वाङ यीले म्यानमारका सेना प्रमुख मिन अङ लाइङलाई भेटेका थिए। सेना प्रमुख लाइङसँग अहिले म्यानमारको राज्यसञ्चालनको शक्ति छ।

सैन्य कूपछि यतिबेला चिनियाँ विदेशमन्त्री र म्यानमारका सेना प्रमुखको भेटलाई लिएर विभिन्न शंका र उपशंका उब्जिएका छन्। गत जनवरीको दोस्रो हप्ता यीले म्यानमारको दुईदिने भ्रमण गरेका थिए। त्यसबेला उनले आङ सान सूचीलाई पनि भेटका थिए।

चीनले त्यसबेला म्यानमारलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने बताएको थियो। साथै सेना प्रमुख लाइङसँग भने यीले चीन–म्यानमार आर्थिक कोरिडोरको विषयमा कुरा गरेको बताइएको थियो।

चीन पहिल्यैबाट म्यानमारको सहयोगी राष्ट्र हो। चीनले पहिलेको म्यानमार बर्मामा सैनिक तानाशाही शासन हुँदा पनि उसँग सहकार्य गरेको थियो। त्यस्तै स्टेट काउन्सलर आङ सान सूचीसँग पनि चीनले मिलेर काम गरेको छ।

ठूला तेल परियोजना तथा ग्यास पाइपलाइनको विषयमा चीनले म्यानमारमा रणनीतिक आर्थिक चासो राख्दछ।चीनले म्यानमारसँग चीन–म्यानमार आर्थिक कोरिडोर तथा सन्जालको विषयमा पनि जोड दिँदै आएको छ।

म्यानमारमा सैन्य कू भएपछि चीनले आफूहरुले म्यानमारमा भइरहेको घटनाक्रमबारे जानकारी राखेको बताएको छ। चीनले म्यानमारमा आफूले स्थिरताको समर्थन गर्ने बताउँदै सबै पक्षले संविधान अन्तर्गत आफ्नो मतभेद सही तरीकाले व्यवस्थापन गर्न सक्दछन् भन्ने धारणा राखेको छ।

चीनकाे विदेश मन्त्रालयले भनेको छ,‘चीन म्यानमारको मित्रवत छिमेकी हो। हामीलाई आशा छ कि म्यानमारका सबै पक्षले संविधान र कानुनी ढाँचा अन्तर्गत आफ्नो मतभिन्नताहरूलाई उचित तरिकाले व्यवस्थापन गर्न सक्छन् र राजनीतिक तथा सामाजिक स्थायित्वको रक्षा गर्न सक्दछन्।

अमेरिकाले भने म्यानमारको सैन्य कूको कडा शब्दमा भत्सर्ना गरेको छ। सैन्य कू फिर्ता नभए अमेरिकाले कडा आर्थिक प्रतिबन्ध लगाउने र आवश्यक कारवाही गर्ने चेतावनी दिएको छ।

प्रतिक्रिया