आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अमेरिकाले टाउकोको मूल्य ५० लाख डलर तोकेका कुख्यात डन कोलम्बियाबाट पक्राउ, अब के हुन्छ सजाय ?

प्रकाशित
593
SHARES

एजेन्सी। दक्षिण अमेरिकी मुलुक कोलम्बियाको सरकारले देशका एकजना कुख्यात डन (लागुऔषध कारोबारी)लाई पक्राउ गरेको बताएको छ।

समाचार संस्था रोयटर्सका अनुसार ओन्टोनिल भनेर चिनिने डाइरो एन्टोनिओ उसुगालाई सुरक्षाकर्मीहरूले पक्राउ गरेको राष्ट्रपति इभान डुकले जानकारी दिएका छन्।

५० वर्षीय उसुगालाई कोलम्बियाको उरागा क्षेत्रको ग्रामीण बस्तीबाट पक्राउ गरिएको हो। उनीमाथि थुप्रै परिणाममा कोकिन अमेरिका पठाएको, प्रहरी अधिकारीको ह’त्या गरेको, आफ्नो समूहमा बच्चाहरूलाई भर्ती गरेको, ती बच्चाहरूमाथि यौ’न अपराध गरेकोलगायत आरोप छन्।

कोलम्बिया सरकारले मोस्ट वान्टेडको सूचीमा राखेका उनी कहाँ छन् भन्ने जानकारी दिनेलाई ८ लाख इनाम दिने घोषणा गरेको थियो। अमेरिकाले पनि उनी कहाँ बसिरहेका छन् भन्ने जानकारी दिनेलाई ५० लाख डलर पुरस्कार दिने बताएको थियो।

राष्ट्रपति डुकले उसुगा पक्राउ पर्नु आफ्नो देशमा लागुऔषध कारोबारीमाथि यो शताब्दीकै ठूलो प्र’हार भएको बताएका छन्। उनलाई पक्राउ गर्ने क्रममा चलाइएको अप्रेशन ओसिरिसमा एक जना सुरक्षाकर्मीको मृत्यु भएको छ। उक्त अप्रेशनमा कोलम्बियाको स्पेसल फोर्सका ५ सय सदस्य र २२ वटा हेलिकप्टर परिचालन गरिएको थियो।

उसुगा ड्रग ट्राफिकिङ समूह क्लान डेल गल्फोको नाइके थिए। उक्त समूहसँग झन्डै १२ सय जना हतियारधारी सदस्य छन्। कोलम्बियाका ३२ मध्ये १० प्रान्तमा उक्त समूहको प्रभाव थियो। लागुऔषध कारोबारसँगै उक्त समूहले अवैध रूपमा खानी उत्खनन् गर्ने गरेको अधिकारीहरूले बताएका छन्।

उता टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अमेरिकासहित पश्चिमा मुलुकका १० राजदूतलाई देश निकालाको तयारी गरेका छन् । राष्ट्रपति एर्दोगानले अमेरिका, क्यानडा, फ्रान्स, फिनल्यान्ड, डेनमार्क, जर्मनी, द नेदरल्यान्डस, न्युजिल्यान्ड, नर्वे र स्वीडेनका राजदूलाई पर्सन नन ग्रेटा घोषणा गरेका हुन् ।

यो एउटा कूटनीतिक शब्दावली हो जसअनुसार कुनै पनि देशको राष्ट्र वा सरकार प्रमुखले आफ्नो देशको कुनै राजदूतलाई पर्सन नन ग्रेटा घोषणा गरेपछि उ सम्बन्धित देशको दूतावासमा अयोग्य ठहर हुन्छ । पर्सना नन ग्राटाले व्यक्तिको कूटनीतिक दर्जा हटाउन सक्छ र उनीहरुलाई दिएको मान्यता फिर्ता हुन्छ ।

यसअघि टर्कीस्थित दश देशका राजदूतले एउटा संयुक्त विज्ञप्ति जारी गरेर टर्कीका ओसमान काभालाको तत्काल रिहाइको माग गरेका थिए। सरकारको बिरोध र ‘कु’ प्रयास गरेको आरोपमा काभाला चार वर्षदेखि कारागारमा छन् । तर, उनीमाथि लागेका कुनै पनि आरोप प्रमाणित भएका छैनन् न त अदालतले नै उनलाई दोषी ठहर गरेको छ ।

काभालालाई रिहा गर्न मानवअधिकारसम्बन्धी युरोपेली अदालतको आदेश पालना गर्न युरोपको मानवअधिकार सम्बन्धी निकाय काउन्सिल अफ यूरोपले अन्तिम चेतावनी दिएको थियो ।

शनिवार एउटा समूहलाई सम्बोधन गर्दै एर्दोगानले कूटनीतिक हैसियत नभएका राजदूत विदेश मन्त्रालय पुगेर आदेश दिन नपाउने धारणा व्यक्त गरे । उनले भने, ‘विदेश मन्त्रालयलाई मैले आवश्यक निर्देशन दिइसकेको छु । १० राजदूतलाई प्रसना नन ग्रेटा घोषणा गरिएको छ । तपाईहरु तत्कालै देश छोड्न सक्नुहुन्छ ।’

प्रतिक्रिया