आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेपाली सेनाले जारी गर्यो यस्तो सूचना, देशभर तरङ्ग

प्रकाशित
1.6K
SHARES

काठमाडौ। नेपाली सेनाले कर्मचारी पदपूर्तिका लागि विज्ञापन खोलेको छ। आफू मातहतका विभिन्न निकायहरुमा रिक्त रहेका पदहरुमा पदपूर्तिका लागि विज्ञापन खोलेको हो।

सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित विभिन्न निकायहरुमा करार सेवामा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान भएको सैनिक कल्याणकारी महानिर्देशनालयले जनाएको छ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले १५ दिनभित्र महानिर्देशनालय, जंगी अड्डा र सम्बन्धित महाविद्यालय तथा विद्यालयका साथै सैनिक अस्पतालहरुमा दरखास्त दिन सक्नेछ। सेनाले कल्याणकारी कोष अन्तर्गत अस्पताल, विद्यालय, पेट्रोलपम्प लगायत सञ्चालन गर्दै आएको छ।

आइतबार सेनाले निकालेको सूचनाअनुसार दरखास्त आह्वान भएका पदहरुमा खुला प्रतिस्पर्धाद्वारा नियुक्ति गरिनेछ। सेनाले आज अर्थात कार्तिक ७ गते पहिलो पटक सूचना प्रकाशित गरेको हो।

सैनिक कल्याणकारी कोषको लगानीमा संचालित विभिन्न निकायहरुमा रिक्त रहेका देहायमा उल्लेखित पदहरु खुल्ला प्रतिस्पर्धाद्वारा करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुलाई सम्पर्क गर्न भनेको छ।

यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध) दिन भित्र कार्यालय समयमा श्री सैनिक कल्याणकारी महानिर्देशनालय, जंगी अड्डा सम्बन्धित महाविद्यालय÷विद्यालयहरु तथा सैनिक अस्पतालहरुमा दरखास्त फाराम भर्न आव्हान गरेको जनाएको छ।

यसै गरि, नेपाली सेनाले आगामी साउन १ गतेबाट लागु गर्ने नयाँ कमान्ड संरचनाले दुई दशकदेखि कायम रहेको क्षेत्रीय स्तरको पृतनाको संरचनालाई पूर्ण रूपमा विस्थापित गर्ने अधिकारीहरूले बताएका छन्। नयाँ संरचना अन्तर्गत नेपाली सेनामा सैनिक मुख्यालय जङ्गी अड्डा मातहत चारवटा कमान्ड संरचनाहरू हुनेछन्।

नदी घाँटी प्रणालीका आधारमा तय गरिएका भनिएका ती कमान्ड अन्तर्गत पूर्वमा कोशी नदीलाई ध्यानमा राखेर पूर्वी कमान्ड, बाग्मती नदीलाई ध्यानमा राखेर उपत्यका कमान्ड, गण्डकी नदीलाई आधार मानेर मध्य कमान्ड र कर्णाली नदीलाई आधार मानेर पश्चिम कमान्ड स्थापना गरिने नेपाली सेनाका प्रवक्ताले बताए।

विश्वव्यापी रूपमा नै सेनाको आधुनिकीकरणका लागि कमान्ड प्रणाली अभ्यासमा रहेको भन्दै कतिपय विज्ञहरूले मन्त्रिपरिषद्को निर्णयका आधारमा अघि बढाइएको पुनर्संरचनाको स्वागत गरेका छन्।

कतिपयले चाहिँ यस्ता सुधार गर्दा पर्याप्त छलफल गरिनुपर्ने र राष्ट्रिय सुरक्षा अनि जिम्मेवारी सहितका आधारमा नेपाली सेनाको उपयुक्त सङ्ख्या निर्धारणको विषयलाई पनि ध्यान दिइनुपर्नेमा जोड दिएका छन्। हाल नेपाली सेनामा लगभग ९० हजार जनशक्ति कार्यरत रहेको बताइन्छ।

नेपाली सेनाका प्रवक्ता सन्तोष वल्लभ पौडेलले आगामी साउन १ गतेबाट क्षेत्रीय स्तरमा कमान्डको जिम्मेवारी हालसम्म सम्हालिरेहका पृतनाहरू अस्तित्वमा नरहने बताए। उनले भने, “हामीले कुनै आर्थिक व्ययभार नपर्ने गरी यो योजना कार्यान्वयन गर्न खोजिरहेका छौँ।

नयाँ संरचनामा विशिष्ट श्रेणीको कुनै पनि दर्जा बढाउन प्रस्ताव गएको छैन। अहिले पनि उपरथीहरूले पृतनाको कमान्ड गर्नुभएको थियो। अब नयाँ कमान्डहरूको नेतृत्व पनि उपरथीहरूले नै गर्नुहुनेछ।

उनले धनकुटाको हिलेमा पूर्वी कमान्डको, काठमाण्डूमा उपत्यका कमान्डको, पोखरामा मध्य कमान्डको र सुर्खेतमा पश्चिम कमान्डको मुख्यालय राखिने पनि जानकारी दिए। अहिले पृतना भएका स्थानमा त्यही संरचनालाई प्रयोग गरिने र नभएका स्थानमा थप श्रोत साधन जुटाइने उनको भनाइ छ।

प्रादेशिक सरकारहरूसँग समन्वयका लागि कमान्डहरू मातहत रहने बाहिनीहरू तोक्ने काम भइसकेको उल्लेख गर्दै उनले कमान्ड सञ्चालन कार्यविधि तयार पार्ने काम भइरहेको बताए। पछिल्लो परिवर्तन दुई दशक यता नेपाली सेनाको सङ्गठनात्मक स्वरूपमा गरिएको महत्त्वपूर्ण फेरबदल हो।

यसअघि सशस्त्र द्वन्द्वको समयमा नेपालको सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै २०५८ सालमा पहिलो पटक पृतनाहरू स्थापना गरिएको थियो। त्यसपछि त्यसलाई पाँचवटै विकास क्षेत्रमा विस्तार गरिएको थियो। काठमाण्डू उपत्यकाको जनघनत्व र सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै अलग्गै उपत्यका पृतनाको स्थापना गरिएको थियो।

अझ संविधानसभामार्फत नयाँ संविधान जारी भइसकेपछि उक्त पृतना संरचना सातवटै प्रदेशमा र उपत्यकामा रहने कुरा सुनिश्चित गरिएको थियो।संविधानले नेपाली सेनालाई सङ्घ मातहत राखेको छ। तीन प्लस एक भनिने नयाँ कमान्ड संरचनाले आफ्नो सङ्गठनलाई समयानुकूल र चुस्त दुरुस्त बनाउने नेपाली सेनाले जनाएको छ।

सैनिक प्रवक्ता पौडेलले भने, “कतिपय प्रदेशमा भौगोलिक हिसाबबाट सेनाको तैनाथी र कार्यक्रमलाई केही असहज भएको अभ्यासमा देखिएपछि विभिन्न पक्षबाट सुझावहरू प्राप्त भएका थिए। त्यसकै आधारमा व्यवहारिक रूपमा समीक्षा गरेर तीन वटा कमान्ड राख्दा हाम्रो सीमित श्रोत साधनमा आवश्यक ठाउँमा परिचालित भएर जिम्मेवारी निर्वाह गर्न सकिन्छ भन्ने निष्कर्ष निकालिएको हो।

उनका अनुसार विगतमा नेपाली सेनामा प्रत्येक कमान्ड फर्मेशनको मुन्तिर तीनवटा इकाई हरू रहने गरे पनि पछिल्लो अवधारणा कार्यान्वयनमा आएपछि आवश्यकता र जिम्मेवारीका आधारमा फौजहरूको वितरण गरिनेछ।उनले सङ्गठनात्मक फेरबदलपछि सेनाको मुख्यालयले रणनीतिक विषयहरूमात्रै हेर्ने बताए।

प्रवक्ता पौडेल भन्छन्, “एउटा महत्त्वपूर्ण प्रशासनिक उद्देश्य भनेको अब जङ्गी अड्डाले रणनीतिक विषय मात्रै हेर्छ। कमान्ड मुख्यालयले अप्रेशन (सैनिक कामकारबाहीको) विषय मात्रै हेर्ने र बाहिनी र त्यसअन्तर्गतका निकायहरूले तल जमिनमा गर्ने गर्ने ट्याक्टिकल काम मात्रै हेर्नेछन्।”

उनका अनुसार नयाँ संरचनापछि सैनिक मुख्यालयले राष्ट्रिय सुरक्षा नीतिको कार्यान्वयन, सरकारका विभिन्न निकायसँगको समन्वय, योजना, रणनीतिक दूर दृष्टि जोडिएका काममा केन्द्रित हुन पाउँछ।

हेर्नुहोस सूचना

प्रतिक्रिया