आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

आज दिउँसो एमालेको प्रदेश १ सरकार ढल्ने, को हुन्छ नयाँ मुख्यमन्त्रि ?

प्रकाशित
421
SHARES

काठमाडौ। नेकपा एमालेमाथि आज अर्थात आइतबार दिउसो ठूलो बज्रपात हुन लागेको छ। एमाले नेतृत्वमा रहेको प्रदेश १ सरकार ढल्न लागेको हो। ब्याक टु ब्याक प्रदेश सरकारहरु ढल्न थालेपछि नेताकार्यकर्ताहरु चिन्तित बनेका छन्। सो प्रदेशका मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज विश्वासको मत लिँदै छन्।

प्रदेशसभाको शुक्रबार बसेको बैठकमा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आइतबार आज मतदान हुने लागेको हो। उनले आइतबार दिउँसो १ २ः ३० बजे बस्ने बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल तथा मत विभाजनसम्बन्धी प्रक्रिया सुरु हुने छ।

शुक्रबार प्रदेश १ को प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमा आइतबार मात्र मतदान गर्ने यसअघि नै दलहरुबीच सहमति भएको थियो।

शुक्रबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले बैठक स्थगित गरेका थिए। आचार्यले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा भने २५ असोजमै दर्ता भएको थियो।

नेकपा एमालेबाट मुख्यमन्त्री बनेका आचार्यले एमाले विभाजित भएर नेकपा एकीकृत समाजवादी निर्माण भएसँगै प्रदेशसभामा बहुमत गुमाएका छन्। सम्भवत कुनै राजनीतिक सहमति नभएको खण्डमा प्रदेश १ सरकारका मुख्यमन्त्री भीम आचार्य आइतबार पदमुक्त हुने निश्चित छ।

एमाले अध्यक्ष ओलीले ‘एमाले एकता जोगाउन’ भन्दै शेरधन राईको नेतृत्वको सरकारलाई विस्थापित भदौ १० मा प्रदेश १ मा भीम आचार्यलाई मुख्यमन्त्री बनाएका थिए। आचार्यले प्रदेश सरकार गठन गदै उनको नेतृत्वको सरकार अल्पमतमा परेको थियो।

एमाले विभाजन भएर एकीकृत समाजवादी पार्टी बनेपछि प्रदेशसभा सदस्यहरुलाई दल रोज्न निर्वाचन आयोगले दिएको समय अनुसार १५ भदौ २०७८ मा प्रदेशका मुख्यमन्त्री आचार्य औपचारिक रुपमै अल्पमतमा परेका थिए। तत्कालीन एमालेमा रहेको १० जना संसदले एकीकृत समाजवादी पार्टी रोजेका थिए।

प्रदेश १ मा एमालेका ५१ प्रदेश सभा सदस्य थिए। १० जना सांसदले नेकपा एकीकृत समाजवादी दल रोजेपछि एमाले सांसदको संख्या ४१ मा झर्यो। त्यसपछि मुख्यमन्त्री आचार्य पनि औपचारिक रुपमा अल्पमतमा परे।

मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त गर्न प्रदेशसभाको ४७ मत चाहिन्छ। त्यसमध्ये सभामुख प्रदीपकुमार भण्डारीले निर्णायक मत मात्र दिन पाउने र गुलेफुन मियाँ फरार रहेकोले उनले ३९ मत मात्र प्राप्त गर्ने अवस्था छ।

उता विपक्षी गठबन्धन भने ५० मतसहित नयाँ सरकार निर्माणको तयारीमा छ। गठबन्धनमा नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ सांसद छन्।

राप्रपाका १ सांसद भने कतै खुलेको अवस्था छैन। गठबन्धनको केन्द्रीय तहको सहमति अनुसार प्रदेश १ नेकपा एकीकृत समाजवादीको नेतृत्वमा सरकार बन्नेछ। समाजवादी संसदीय दलका नेता राजेन्द्र राई मुख्यमन्त्री बन्दैछन्।

प्रतिक्रिया