आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चीनसँग जोरी खोज्दा अमेरिकालाई यति ठूलो धक्का, हल्लियो ह्वाइटहाउस, बाइडेनलाई तनावमा

प्रकाशित
1.5K
SHARES

एजेन्सी  । उदयमान शक्तिराष्ट्र चीनसँग जोरी खोज्दा अमेरिकालाई ठूलो धक्का लागेको छ । यसले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई तनाव थपिएको छ । आणविक क्षमतायुक्त हाइपरसोनिक मिसाइल परीक्षणमा चीन रुस लगायत शक्ति राष्ट्रहरुलाई काउन्टर दिन खोज्दा अमेरिकालाई गम्भीर धक्का लागेको हो ।

अमेरिका आणविक क्षमतायुक्त हाइपरसोनिक मिसाइल परीक्षणमा असफल भएको छ । चीन र रुससँग हाइपरसोनिक मिसाइलको दौडमा रहेको अमेरिकालाई परीक्षण असफल भएबाट धक्का परेको सीएनएनले जनाएको छ ।

पेन्टागनले विज्ञप्ति नै जारी गरेर हाइपरसोनिक मिसाइलमा सफलता हासिल हुन नसकेको जनाएको छ । असफलतापछि अमेरिकी अधिकारीहरुले यसको समिक्षा गर्न थालेका छन् ।

चीन र रुसले हाइपरसोनिक मिसाइल बनाइरहेको खबरहरु सार्वजनिक भइरहेका छन् । चीनले हाइपरसोनिक ग्लाइड भेइकलको सफल परीक्षण गरिसकेको चर्चा छ ।

चीनले सफल परीक्षण गर्दा अमेरिका यो कदममा असफल भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेन चिन्तित बनेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । फाइनानसियल टाइम्सले चीनले हाइपरसोनिक ग्लाइड भेइकलको सफल परीक्षण गरेको खबर प्रकाशित गरिसकेको छ ।

यद्यपि, चीनले यसलाई अस्वीकार गरेको छ । उता टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अमेरिकासहित पश्चिमा मुलुकका १० राजदूतलाई देश निकालाको तयारी गरेका छन् ।

राष्ट्रपति एर्दोगानले अमेरिका, क्यानडा, फ्रान्स, फिनल्यान्ड, डेनमार्क, जर्मनी, द नेदरल्यान्डस, न्युजिल्यान्ड, नर्वे र स्वीडेनका राजदूलाई पर्सन नन ग्रेटा घोषणा गरेका हुन् ।

यो एउटा कूटनीतिक शब्दावली हो जसअनुसार कुनै पनि देशको राष्ट्र वा सरकार प्रमुखले आफ्नो देशको कुनै राजदूतलाई पर्सन नन ग्रेटा घोषणा गरेपछि उ सम्बन्धित देशको दूतावासमा अयोग्य ठहर हुन्छ । पर्सना नन ग्राटाले व्यक्तिको कूटनीतिक दर्जा हटाउन सक्छ र उनीहरुलाई दिएको मान्यता फिर्ता हुन्छ ।

यसअघि टर्कीस्थित दश देशका राजदूतले एउटा संयुक्त विज्ञप्ति जारी गरेर टर्कीका ओसमान काभालाको तत्काल रिहाइको माग गरेका थिए। सरकारको बिरोध र ‘कु’ प्रयास गरेको आरोपमा काभाला चार वर्षदेखि कारागारमा छन् । तर, उनीमाथि लागेका कुनै पनि आरोप प्रमाणित भएका छैनन् न त अदालतले नै उनलाई दोषी ठहर गरेको छ ।

काभालालाई रिहा गर्न मानवअधिकारसम्बन्धी युरोपेली अदालतको आदेश पालना गर्न युरोपको मानवअधिकार सम्बन्धी निकाय काउन्सिल अफ यूरोपले अन्तिम चेतावनी दिएको थियो ।

शनिवार एउटा समूहलाई सम्बोधन गर्दै एर्दोगानले कूटनीतिक हैसियत नभएका राजदूत विदेश मन्त्रालय पुगेर आदेश दिन नपाउने धारणा व्यक्त गरे । उनले भने, ‘विदेश मन्त्रालयलाई मैले आवश्यक निर्देशन दिइसकेको छु । १० राजदूतलाई प्रसना नन ग्रेटा घोषणा गरिएको छ । तपाईहरु तत्कालै देश छोड्न सक्नुहुन्छ ।’

प्रतिक्रिया