आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

जसपाको सिंङ्गो पार्टी कमिटी माओवादी केन्द्र प्रबेश, प्रचण्ड खुसीले गदगद

प्रकाशित
702
SHARES

काठमाडौ। जनता समाजवादी पार्टीका चर्चित नेता माओवादी केन्द्रमा प्रबेश गरेका छन्। पार्टीका सिंङ्गा दुई कमिटी माओवादी केन्द्रमा विलय भएको छ। जसकानगर तथा क्षेत्रीय कमिटीहरु माओवादीमा विलय भएका हुन्। यो रौतहटको खबर हो।

रौतहटस्थित क्षेत्र नम्बर ३ का पार्टी अध्यक्ष रामाकान्त चौरसियाले नेतृत्व गरेको कमिटी र कटहरिया नगर अध्यक्ष दुर्गा साह रौनियारले नेतृत्व गरेको कमिटी माओवादीमा प्रवेश गरेका हुन्। काठमाडौँस्थित माओवादी अध्यक्ष प्रचण्ड निवासमा पुगेर उनीहरू माओवादीमा प्रवेश गरेका हुन् ।

अध्यक्ष प्रचण्डले नव प्रवेशीहरुलाई टीका र माला लगाएर पार्टी प्रवेश गराई स्वागत गरेका थिए। जसपाले मधेसको विकास र मधेसीको सम्मान तथा पहिचान कायम गराउन नसक्ने भन्दै जसपाका वडा उम्मेदवार शंकर साह सोनार पनि प्रबेश गरेका छन्।

भिखारी साह, फेंकु यादव, मजरुलहक लगायतका नेताहरू पनि माओवादीमा प्रवेश गरेपछि त्यहाँ जसपा खाली भएको छ ।उनीहरुलाई माओवादीमा भित्र्याउने स्थानीय नेता नसरूदिन अन्सारीले जानकारी दिए ।

क्षेत्रीय अध्यक्ष रामाकान्त चौरसिया द्वन्द्वकालमा रौतहट क्षेत्र ३ स्थित माओवादीको एरिया कमान्डर रहेर लामो समय काम गरेका थिए । यो खबर सुनेपछि जसपामा भुकम्प गएको छ। साथै शिर्ष नेतालाई खाना रुचन छोडेको छ।

यसैगरि, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अर्को झट्का लागेको छ । माओवादीबाट एमाले आएका नेताहरुका कारण पार्टी फुटेर दुई टुक्रा भएको भएको छ । तर उनीहरुले पनि अध्यक्ष ओलीलाई साथ दिन छोडेका छन्।

नेकपा एमालेमै बसेका तेश्रोधारका नेताहरुले आज भएको वडा अधिवेशन बहिस्कार गरेका छन्। अधिवेशन बहिस्कार गर्नेमा पूर्व माओवादीबाट आएका रामबहादुर थापाको समूह पनि छ।

ओलीले भर्चुअल माध्यमबाट पार्टीका ६ हजार भन्दा वढी वडाका वडा अधिवेशन एकसाथ उद्घाटन गरेको घोषणा गरेकै दिन भीमबहादुुर रावल र रामबहादुर थापा समूहले अधिवेशन बहिस्कार गरेको छ।

पार्टी केन्द्रीय कार्यालय थापाथलीमा आयोजना गरिएको भर्चुअल कार्यक्रममा ओलीले अधिवेशन उद्घाटन भएको घोषणा गर्दै सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न आह्वान गरेका छन् ।

पार्टीका आधारभूत संगठन भनेकै वडा र शाखा संगठनको अधिवेशन भएको भन्दै उनले यति धेरैवटा वडा अधिवेशन उद्घाटन गर्नु सहज नभएको भन्दै पार्टीका नेता कार्यकर्तालाई धन्यवाद दिए ।

कार्यक्रममा सुरेन्द्र पाण्डे र प्रदीप ज्ञवालीलाई दायाँ बाँया राखेर उद्घाटन मन्तव्य दिइरहेका ओलीसँग विगतमा नजिकै बस्ने रामबहादुर थापा ‘बादल’ र उपाध्यक्ष भीम रावललगायतका नेता भने देखिएका छैनन्। कार्यक्रममा बादलको अनुपस्थिती पछि बादल पनि कतै भीम रावलकै लाइनमा अघि बढेको विश्लेषण भइरहेको छ।

सुरेन्द्र पाण्डेलगायतका नेता भने मञ्चमा उपस्थित छन् । पार्टी प्रवक्ता योगेश भट्टराई विरामी परेर अस्पताल भर्ना भएका कारण कार्यक्रमको संचालन भने नेता प्रदीप ज्ञवालीले गरिरहेका छन्।

यसैगरि, चेरव एजुकेशन कन्सल्टेन्सीका संचालक ईश्वर श्रेष्ठ पक्राउ परेका छन्। नेपाली युवालाई माल्टा भन्ने देशका कामदारका रुपमा पठाउने भन्दै रकम उठाएको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

आजभन्दा २२ महिना पहिले १० जना युवाहरुसँग माल्टा पठाउने भन्दै ३ लाख २५ हजार रुपैयाँका दरले उठाएर फरार भएका उनलाई प्रहरीले बानेश्वरबाट पक्राउ गरेको हो। विदेश अध्ययनका लागि जान चाहाने विद्यार्थीलाई परामर्श दिनका लागि खोलिएको चेरवले अर्को कम्पनी खडागरी युवाहरुलाई ठगेको हो।

लामो समय माल्टाको भिसा नलागेपछि पीडित युवाहरुले उनको खोजीनीति गरेका थिए। मोबाइल अफ गरेर सम्पर्कविहिन भएका उनलाई शुक्रबार चेरव एजुकेशनको कार्यालयमा भेटेका थिए। भेट्ने वित्तिकै पीडित युवाहरुको समूहले मिडियालाई खबर गरेका थिए।

दिउसो मिडियाहरुलाई बोलाएर पैसा फिर्ता मागेपछि पनि उनले पैसा फिर्ता दिन आनाकानी गरे। मिडियाको अगाडि पनि पैसा दिन आनाकानी गरेपछि उनलाई पक्राउ गर्न पीडितले प्रहरी बोलाएका थिए।

प्रहरीले पक्राउ गरी उनलाई महानगरिय प्रहरी बृत नयाँबानेश्वर, तिनकुनेमा पुर्याएको थियो। बृत्तमा पुगेका उनले आजसम्मको व्याजसहित ३ लाख ७५ हजार रुपैयाँको चेच काटेर पीडित युवालाई दिएका थिए। त्यसपछि प्रहरीले उनलाई छोडेको थियो।

उनी पक्राउ पर्नअघि र पक्राउ परिसकेपछिको भिडियो गुड टिभीले प्रशारण गरेको छ। यो अहिले सामाजिक संजालमा भाइरल भएको छ। त्यो भिडियो डिलिट गर्नका लागि ईश्वरले धम्की समेत दिएको गुड टिभीकी संचालिका गंगा लामाले बताएकी छन्।

उक्त भिडियो डिलिट गराउन श्रेष्ठ महानगरिय प्रहरी बृत्त नयाँबानेश्वर पुगेको बुझिएको छ। लामालाई प्रहरीले छलफलका लागि बृतमा बोलाएको छ। लामाले आफूले भिडियो डिलिट पनि नगर्ने र प्रहरी बृत्तमा जान आफूलाई फुर्सद पनि नभएको बताएकी छन्।

समाचार वा समाचार सामाग्री चित्त नबुझे प्रेस काउन्सिलमा गएर उजुरी दिन सक्ने कानुनी व्यवस्था भएपनि श्रेष्ठ प्रहरीकोमा गएर गल्ती गरेको लामाको भनाई छ।

प्रतिक्रिया