आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजधानीमा सेनालाई लक्षित गरि शक्तिशाली ब’म वि’स्फोट, ठुलो मानवीय क्षति

प्रकाशित
671
SHARES

काठमाडौ। राजधानीमा सेनालाई लक्षित गरि शक्तिशाली ब’म वि’स्फोट भएको छ। बिहान सिरियाको राजधानी दमिश्कमा एक फौजी बसलाई निशाना बनाएर गरिएको बि’स्फोटमा थुप्रैजना मारिएका छन्।

यो खबर सिरियाको सरकारी मिडियाले जारी गरेको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार बिस्फोटमा कम्तीमा १३ जना मारिएका छन्। सिरियाको सरकारी समाचार एजेन्सी ‘सना’ ले दिएको जानकारी अनुसार जिसर अल–रईस पुलमा बसलाई दुई बिस्फोटक उपकरणमार्फत् एक ‘आतंकवादी’ हमलाको निशाना बनाइएको छ।

रिपोर्टमा बताइए अनुसार सेनाले घटनास्थलमा भेटिएको अर्को बिस्फोटक उपकरणलाई नष्ट पारिएको छ। सेनाको वेबसाइटमा पोस्ट गरिएको एउटा भिडियोमा कथित रुपमा हमलापछि जलेको बस देखिएको छ । रुसको सरकारी समाचार एजेन्सी स्पुतनिकको वेबसाइटले बसमा सवार १४ सैनिक मारिएको जानकारी दिएको छ।

संयुक्त राष्ट्रका अनुसार सिरियाको गृहयुद्धमा पछिल्लो १० वर्षमा कम्तीमा ३५०,००० जना मारिएका छन्। राजधानी दमिश्कमा बिस्फोट कमै हुन्छन् किनभने यहाँ राष्ट्रपति बशर अल–असदको सेनाको पूर्ण नियन्त्रण छ।

हैटीको ४०० माओजो ग्याङका नेता विल्सन जोसेफले बन्धक बनाइएका १७ जना अमेरिकीहरुलाई मार्ने चेतावनी दिएका छन्। उनले सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै आफ्ना माग पूरा नभएर बन्धकहरूलाई ह’त्या गर्ने चेतावनी दिएका हुन्।

अमेरिकाको ओहियोस्थित क्रिष्ट्रियन एड मिनिस्ट्रीज नामक मिसनरी संस्थाले यी व्यक्तिहरुलाई हैटी पठाएको थियो। आफ्ना सदस्यहरु पक्राउ परेपछि यस संस्थाले एक दिन व्रत बस्न र रिहाइका लागि यशुको प्रार्थना गर्न बिहीबार आग्रह गरेको छ।

‘यदि मैले मागेको कुरा पाइँन भने म यी अमेरिकीहरुको टाउकोमा गोली हान्नेछु,’ जोसेफले भिडियोमा भनेका छन्। अघिल्लो हप्ता हैटीका अधिकारीहरुले यो ग्याङले प्रतिव्यक्ति १० लाख अमेरिकी डलर फिरौती मागेको जनाएको थियो।

हैटीमा पछिल्लो समय सुरक्षा व्यवस्था निकै खराब छ। क्रिष्ट्रियन मिसनरीहरु अपहरणमा परेको केही समयपछि १८ अक्टोबरमा सुरक्षा व्यवस्था सुदृढ बनाउनुपर्ने माग गर्दै हैटीका कामदारहरूले आम हड्ताल सुरु गरेका थिए। बिहीबार लगातार पाँचौ राजधानी पोर्ट एयु प्रिन्समा प्रदर्शन भएको थियो।

सिमानामा चिनियाँ सैनिकविरुद्ध लड्न भारतीय सैनिकलाई करेन्ट त्रिशूल: भारत र चीनबीच दशकौंयता सीमा विवाद छ।सिमानामा भारतीय र चिनियाँ सेनाबीच धक्का मुक्की भइरहन्छ तर उनीहरुले गरेका सम्झौताका कारण त्यहाँ गोली भने चलाउन पाइँदैन।

गतवर्ष गलवान उपत्यकामा गोली त चलेको थिएन तर काँडे तार र रडले भारतीय र चिनियाँ सेनाबीच हानाहान भएको थियो जसकारण २० भारतीय सेनाको मृत्यु भयो भने ५ चिनियाँ सेनाले ज्यान गुमाए।

यसबीचमा भारतले चीनसँग सीमा विवाद रहेका स्थानमा चिनियाँ सैनिकविरुद्ध लड्न आफ्ना सैनिकलाई नयाँ खालका उपकरण उपलब्ध गराउन लागेको देखिएको। भारतीय सञ्चार माध्यम एएनआईका अनुसार एक कम्पनीले हालै त्रिशूलजस्तो एक करेन्टवाला उपकरण र करेन्टवाला मुक्का प्रहार गर्न सकिने विशेष पञ्जा तयार गरेको छ।

सीमा विवाद भएका क्षेत्रमा भारतीय र चिनियाँ सैनिकबीच बेलाबेला हुने मुठभेडमा विभिन्न अन्य उपकरण प्रयोग गरेर एक–अर्कालाई चुनौती दिने होड नै चलेको छ। यसबीचमा बन्दुक चलाउन नपाइने विकल्पको रुपमा यो हतियार बनाइएको अनुमान गरिएको छ।

उक्त त्रिशूलले दुश्मनलाई करेन्टको झड्का लगाउन र प्रतिबन्धित क्षेत्रमा आएका गाडीलाई रोक्न समेत सकिनेछ। यस्तै करेन्टवाला पञ्जा समेत हातमा लाएर दुश्मनलाई मुक्का हान्न सकिनेछ।

 

प्रतिक्रिया