आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहमन्त्रालयमा जादु, सेना र प्रहरी मालामाल

प्रकाशित
1.3K
SHARES

काठमाडौ। गृहमन्त्री बालकृष्ण खाँडले तीन वटै सुरक्षा निकायलाई का निर्देशन दिएका छन्। उनले दिएको निर्देशन पछि प्रहरी संगठनमा खैलाबैला मच्चीएको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा कसैले पनि कसैलाई ‘तँ’ भनेर सम्बोधन नगर्न गृह मन्त्री खाणले कडा निर्देशन दिएका छन्। गृह मन्त्री खाणले जुनसुकै तहका कर्मचारीलाई बोलाउँदा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन दिएका हुन्।

गृहसचिव टेकनारायण पाण्डे, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका एआइजिपी विश्वराज पोखरेल, गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव सुनिल खनाल सहभागी कार्यक्रममा मन्त्रीले सो निर्देशन दिएका थिए।

नेपाल प्रहरीका एआइजिपी विश्वराज पोखरेलले संगठनमा बोलचालमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न गृह मन्त्रीबाट निर्देशन भएको जानकारी दिए।मन्त्रीज्यूबाट संगठनमा बोलचाल र निर्देशनमा सम्मानार्थी शब्द प्रयोग गर्न निर्देशन भएको छ।

उनले भने, ‘अब संगठनमा कसैले कसैलाई तँ भन्न मिल्दैन। सम्मानार्थी शब्द प्रयोग गर्नुपर्छ। अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले मुस्कान सहितको सेवा सञ्चालन गरिरहेका छन्। अब सम्मान सहितको सेवा सञ्चालन गर्नुपर्ने भन्दै गृह मन्त्री खाणले निर्देशन दिएका हुन्।

यो निर्देशनका प्रहरी जवानलाई फाइदा भएको छ। हाकिमहरुको पेलानबाट दिक्क भएका जवानलाई तुच्छ भाषा प्रयोग गरेर गाली गर्ने चलन छ। चेन अफ कमाण्डका कारण जवानले आफूभन्दा सिनियहरुलाई जवाफ फर्काउन पाउँदैनन् । हाकिमको निर्देशन मान्नेबाहेक उनीहरुसँग अरु विकल्प हुँदैन् ।

यसैगरि,  बामदेब गौतमपछि पूर्वमाओवादी नेताहरु एमालेबाट कुनै ठोस कदम चाल्न लागेको संकेत मिलेको छ। खासगरी हाल नेकपा एमालेमा असन्तुष्ट केही पूर्वमाओवादी नेताहरु नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपासँग नजिकिन थालेपछि राजनीतिक वृतमा तरंग छाएको छ।

एमालेमा सम्माजनक स्थान नपाएको भन्दै स्थायी कमिटी सदस्य मणि थापा र केन्द्रीय कमिटी सदस्य प्रभु साहले विप्लव नेतृत्वको नेकपाका नेताहरुसँगको भेटघाट बढाएका हुन्।

गत असोज २३ गते नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा‘प्रकाण्ड’लाई थापा र साहले लाजिम्पाटमा भेटघाट गरेको नेकपाका एक नेताले बताए। भेटमा संसद्बाहिर रहेका कम्युनिस्टहरुको मोर्चाबन्दी गर्ने विषयमासमेत छलफल भएको ती नेताको भनाइ छ।

यद्यपि, कसरी जाने भन्ने विषयलाई भने मूर्तरुप दिइनसकेको उनले बताए। विश्वकर्मालाई भेटेलगतै साहले सामाजिक सञ्जाल फेसबुकमा ‘देशको बदलिँदो परिवेश र समसामयिक राजनीतिक विषयवस्तुप्रति केन्द्रित भइ विशेष छलफल भएको’ सार्वजनिक गरेका थिए।

यसले पनि एमालेमा असन्तुष्ट नेताहरु विप्लवसँग नजिकिन छलफललाई तीव्रता दिएको देखाउँछ। साहले यसअघि गत असोज १७ गते एमाले विधान महाधिवेशनमा अनुपस्थित भएका थिए। उनले सम्मेलनमा सहभागी आफूपक्षका २५ जनालाई त्यहाँबाट निस्कन लगाएका थिए। पछि उनीहरुले पनि एमालेको प्रदेश कमिटीमा बस्न अस्वीकार गरेका थिए।

साह आफूलाई अहिले एमालेका रुपमा चिनाउनै चाहँदैनन्। उनले आफू नेकपाको निरन्तरताका रुपमा मात्र एमालेमा पुगेको बताउने गरेका छन्। एमालेमा असन्तुष्ट नेताहरुलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा प्रवेश नदिएपछि विप्लव नेतृत्वको नेकपातिर नजिकिएका हुन्।

फरक पार्टीमा भएका नेताहरुले विप्लव नेतृत्वको नेकपा नेताहरुलाई भेट गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। विप्लव नेतृत्वको नेकपाका नेताहरुसँगको भेटघाटलाई कुनै राजनीतिक रुपमा लिन नहुने थापाले प्रतिक्रया दिए।

आफ्नो अनौपचारिक भेटघाट, छलफल भइरहेको थापाको भनाई छ । एमालेमा सम्माजनक स्थान नपाएकाले पूर्वमाओवादी नेताहरुलाई त्यही पार्टीमा बस्नसमेत सकस भइरहेको छ। रामबहादुर थापा ‘बादल’, रायमाझी, भट्टलगायत नेताहरुको विषयमा भने त्यस्तो चर्चा बाहिर आएको छैन।

एमालेमा सम्माजनक एकता नपाएपछि यसअघि टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साहलगायत पूर्वमाओवादी नेताहरुले विप्लवसँग पनि भेटेका थिए। त्यतिबेला एमालेमा असन्तुष्ट नेताहरुले पूर्वसहकर्मीको रुपमा भेटेको बताएका थिए।

यसैगरि, नेपाली सेनाको हेलिकोप्टर चढेर भारतीय सैनिक टोली नेपाल आइपुगेको छ । भारतीय सैन्य टोली मुस्ताङ आइपुगेको छ। भारतीय सेनाको रियर एड मिरल धिरेन भिगको नेतृत्वमा ३५ जनाको सैन्य टोली बिहीबार बिहान नेपाली सेनाको २ वटा हेलिकोप्टरमार्फत मुस्ताङ आइपुगेको हो।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक रामकुमार दानीका अनुसार भारतीय सैनाको टोलीले मुक्तिनाथ दर्शन तथा घरपझोङ—५ कैसाङ स्थित सैनिक उच्चशिखर शिक्षालयको अवलोकन गर्ने कार्यक्रम रहेको छ।

भारतको नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कलेजमा संञ्चालित ‘नेशनल डिफेन्स’ कोर्समा सहभागी भारतीय सेनाको टोली मुस्ताङ आएको प्रहरी नायव उपरिक्षक दानीले उल्लेख गरे। तर राजनीतिक विश्लेषकहरुले भने भारतीय सैनिकको भ्रमणलाई अर्थपूर्ण रुपमा अथ्र्याएका छन् ।

मुक्तिनाथ र सैनिक उच्चशिखर शिक्षालय कैसाङको अवलोकन भ्रमणका आएको भारतीय टोलीलाई नेपाली सेनाको टोलीले कडा सुरक्षा निगरानी गरेको छ। जिल्ला प्रहरी मुस्ताङले भारतीय सेनाको टोली मुक्तिनाथ र कैसाङ क्याम्पको अवलोकन गरेर केही घण्टापछि फर्किने जनाएको छ।

कोरोनाको दोस्रो भेरियन्टको प्रभाव मत्थर हुँदै गइरहेको र जिल्लामा जारी निषेधाज्ञा समेत खुकुलो बनेपछि केही हप्ता अघि युरोपियन युनियनकी राजदुत नोना डिप्रेज मुस्ताङ आएकी थिइन् भने अघिल्लो हप्ता मात्र स्विजरल्याण्डकी राजदूत एलिजावेथ भोन क्याप्लरको टोली उपल्लो मुस्ताङ पुगेको थियो।

यस्तै, ऐतिहासिक मानव सम्भयता अन्वेषण,नक्साङ्कन,उत्खनन् र फोटोग्राफी डकुमेन्टेसनका लागि पुरातत्व विभागको उपस्थितिमा विदेशी टोली उपल्लो मुस्ताङ पुगेको थियो।

प्रतिक्रिया

आजको ट्रेन्डिङ