आज : गते

ताजा शिर्षकहरु

बालुवाटारबाट आयो प्रचण्डका लागि अत्यन्तै दुःखद खबर, कार्यकर्ता निराश

प्रकाशित
1K
SHARES

काठमाडौ। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा २०७९ सालको वैशाखमा आम निर्वाचन गर्ने प्रस्ताव अघि सारेका छन् । देउवाले आफूनिकट नेता कार्यकर्तालाई वैशाखमा चुनाव हुने र त्यसको तयारीमा जुट्न निर्देशन दिइसकेका विश्वस्त स्रोतले जनाएको छ।

गठबन्धन सरकार लामो समयसम्म टिक्न नसक्ने निष्कर्षका साथ देउवाले अर्ली इलेक्सनको तयारी गरेका हुन्। देउवानिकट नेताहरूले यसको पुष्टि गरेका छन्। गठबन्धनको सरकार लामो समय टिक्दैन, टिक्यो भनेपनि झमेलाहरू आइरहन्छन्,’ देउवानिकट एक कांग्रेस नेताले भने।

त्यसैले वैशाखमै आमनिर्वाचन गर्ने गरी हामीले नेतृत्वलाई सुझाव दिएका छौं । सभापतिले पनि हामीलाई त्यसको तयारीमा जुट्न निर्देशन दिनुभएको छ ।’ उनले संघीय निर्वाचन वैशाखमा गर्ने र त्यसपछिको मङ्सिरमा स्थानीय निर्वाचन गर्न उपयुक्त हुने बताए।

तर सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादी दल भने अर्ली इलेक्सनका लागि तयार छैनन् । देउवासँगको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू वैशाखमै चुनावमा जान नसकिने स्पष्ट पारेका हुन् ।

त्यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि देउवालाई अर्ली इलेक्सनमा जान आफ्नो तयारी नपुग्ने भएकाले संसदले पूर्ण कार्यकाल चल्न पाउनुपर्ने धारणा राखेको स्रोतको दाबी छ।

प्रचण्ड, नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवको सहयोगमा प्रधानमन्त्री बनेका देउवाले अर्ली इलेक्सनका लागि कन्भिन्स गर्न खोजिरहेका छन् भने आफ्ना नेता कार्यकर्तालाई त्यसको तयारीमा जुट्न निर्देशन दिएका छन् ।

‘हामी अर्ली इलेक्सनको पक्षमा छैनौं, नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गणेश शाहले भने। उनले त्यसबारे गठबन्धनमा कुनै सल्लाह र सहमति नभएकोसमेत बताए । तर कतिपय कांग्रेसका नेताहरूले छलफलमा अर्ली इलेक्सनमा जानु उपयुक्त हुने बताएकोसमेत उनले बताए ।

नेकपा एकीकृत समाजवादी पनि अर्ली इलेक्सनको पक्षमा छैन । संविधानमा अर्ली इलेक्सनका बारेमा केही लेखिएको छैन, अध्यक्ष नेपालनिकट एक नेताले भने । उनले भने – ‘सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्दा संसदले पूर्ण कार्यकाल चल्न पाउनुपर्ने फैसला गरेको थियो।

त्यसैले अर्ली इलेक्सनको बहस संवैधानिक दायराभित्र छैन ।’ उनका अनुसार नेकपा एस भर्खरै बनेकाले संगठित हुन समय लाग्नेछ । अर्ली इलेक्सन भइहालेमा आफूहरूलाई घाटा पुग्ने नेकपा एसको विश्लेषण छ ।

गत असार २९ गते प्रधानमन्त्री देउवाको नेतृत्वमा ५ दलीय गठबन्धनको सरकार बनेको थियो । सरकार बनेको तीन महिनापछि मात्र मन्त्रिपरिषदले पूर्णता पाएको थियो ।

सरकार संचालनको विषयलाई लिएर गठबन्धनभित्र खटपट शुरू भइसकेको अनुमान राजनीतिक वृत्तमा गर्न थालिएको छ। मन्त्रालय बाँडफाँड, राजनीतिक नियुक्ति, राजदूत नियुक्ति र अन्य कतिपय कामहरूमा देउवाले एकलौटी गर्न थालेको गठबन्धनका अन्य दलका नेताहरूले बताउन थालेका छन् ।

यही कारण पनि कांग्रेस गठबन्धन सरकार लामो समयसम्म चलाउन नसकिने निष्कर्षमा पुगेको हो। अर्ली इलेक्सनका लागि नेकपा एमाले भने तयार छ। एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक मंचबाट नै अर्ली इलेक्सनमा जानुपर्ने बताउँदै आएका छन्।

केही दिनअघि आफ्नो गृहजिल्ला झापामा आयोजित चियापान कार्यक्रममा ओलीले अर्ली इलेक्सन घोषणा हुनसक्ने अनुमान गरेका थिए। त्यसका लागि आफ्नो पार्टी तयार रहेको उनको भनाइ थियो।

आफू प्रधानमन्त्री रहँदा ओलीले पुस ५ र जेठ ८ गते दुवैपटक प्रतिनिधि सभा भंग गरेर चुनावको घोषणा गरेका थिए । दुवैपटक सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्दै बदर गरिदिएको थियो।

पछिल्लो पटक असार २८ गते सर्वोच्च अदालतले ओलीको सरकार बिस्थापित गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेशसमेत दिएको थियो। अर्ली इलेक्सनलाई लिएर नै सत्तारूढ गठबन्धनबीच खटपट शुरू हुन थालेको छ। कांग्रेसमा भने अर्ली इलेक्सनमा प्रायः सबै शीर्ष नेताहरू सहमत देखिन्छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने वैशाखमा नभई आउँदा २०७९ सालको मङ्सिरमा तीनै तहको निर्वाचन एकैपटक गर्ने प्रस्ताव देउवासामु राख्ने गरेका छन्। तर देउवाले त्यसमा सहमति भने जनाईसकेका छैनन्।

यसैगरि, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई साइजमा ल्याउन एक्सनमा उत्रिएका छन्। माओवादी छोडर एमालेमा गएका नेताहरुलाई ल्याएर प्रचण्डलाई साइजमा राख्न एक्सनमा उत्रिएका हुन्।

प्रारम्भीक रुपमा उनले प्रभु साहलाई माओवादीमा फर्काउन पल थालेका छन् । नेकपा खारेजीसँगै माओवादी केन्द्र र एमाले अलग अलग भएपछि प्रभु साहले एमाले रोजेका थिए ।

नेकपा खारेजीपछि केही समय माओवादी केन्द्रमै रहेका उनी तत्कालीन प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल विस्तार गर्न थालेपछि एमालेमा सामेल भएर सहरी विकास मन्त्री बनेका थिए । अहिले उनी एमालेमा पनि सक्रिय छैनन्।

पछिल्लो समय उनी माओवादी केन्द्रमै फर्किने सोचका साथ सो पार्टीका नेताहरुको सम्पर्कमा पुगेको बताइएको छ। प्रभु साहले ‘आइटी आर्मी’ नामक संगठन बनाएका छन् । सोही संगठनमार्फत उनी राजनीतिक गतिविधि गर्नुका साथै शक्ति प्रदर्शन गरिरहेका छन्। प्रभु साहका साथमा माओवादी केन्द्र छाडेर एमालेमा गएका नेताहरु विस्तारै माओवादी केन्द्रमा फर्किन थालेका छन्।

त्यसैले पनि प्रभु साहमाथि माओवादी केन्द्रमै फर्कने दबाब बढेको स्रोतको दावि छ। प्रदेश २ का माओवादी केन्द्रका इन्चार्ज एवं स्थायी कमिटी सदस्य गणेश साहले प्रभु साह पार्टीमा फर्किने कुरा पार्टीमा एजेण्डाको रुपमा नआए पनि नेताहरुको बीचमा चर्चाको विषय बनेको बताए।

उनले भने, ‘पार्टीमा प्रभु साहलाई फर्काउने एजेण्डा बनेको छैन तर उहाँले पार्टीका नेताहरुसँग कुराकानी गरिरहेको चर्चा हुने गरेको छ ।’ प्रभु साहले पार्टीका शीर्ष तहमा कुराकानी गरिरहेको कुरा आफूले पनि सुनेको तर कोसँग कुरा भइरहेको भन्ने जानकारी आफूलाई नभएको स्थायी कमिटी सदस्य साहले बताए ।

प्रभु साहले माओवादी केन्द्रमा फर्किन स्थायी कमिटी सदस्य माग गरिरहेका छन् । यद्यपि केन्द्रीय सदस्य पद पाए पनि उनी माओवादी केन्द्रमा फर्किने मुडमा रहेको उनका निकटस्थ नेता बताउँछन् । प्रदेश २ पार्टी कमिटीका सदस्य सत्यनारायण भगत (रौतहट)ले प्रभु साह माओवादी केन्द्रमा फर्किने कुरा आफूले पनि सुनेको बताए ।

उनले प्रभु साह माओवादी केन्द्रमा फर्के पनि रौतहटका माओवादीले त्यसलाई स्वीकार नगर्ने प्रस्ट पारे । उनले भने, ‘हिजोका दिनमा पार्टीको विरोधमा बोल्दै हिँड्ने, प्रतिगमनकारी केपी ओलीलाई साथ दिने, माओवादी केन्द्रलाई नै खारेज गर्नुपर्छ भन्ने व्यक्ति पार्टीमा फर्केको खण्डमा त्यसलाई कुनै पनि हालतमा रौतहटका कार्यकर्ताले स्वीकार गर्न सक्दैनन् ।’

माओवादी केन्द्रमा मधेसभित्र मातृका यादव र प्रभु साहले छुट्टाछुट्टै गुट चलाइरहेका थिए । उनीहरुको गुटबन्दीले मधेसमा पार्टीसमेत कमजोर भएको थियो । उनीहरु बीचको टकरावका कारण अध्यक्ष प्रचण्ड पनि चिन्तित थिए ।

मातृका यादवलाई च्यापेपछि प्रभु शाह फायर भएका थिए । केही समय अलग हुँदा मधेसमा प्रभु साहको एक्लै साम्राज्य थियो । स्रोतका अनुसार पछिल्लो समय नारायणकाजी श्रेष्ठले प्रभु साहलाई पार्टीमा ल्याउन पहल गरेका छन् ।

प्रभु साह माओवादी केन्द्रमा फर्किने कुरामा आफूलाई विश्वास नलागेको पार्टीका केन्द्रीय सदस्य रामकुमार शर्माले बताए । उनले भने, ‘प्रभु साह माओवादीमा आउने कुरा मैले पनि सुनेको हुँ तर उहाँ कुन नैतिकताले पार्टीमा फर्किनु होला र ? मलाई त उहाँ माओवादी केन्द्रमा आउनुहुन्छ भन्ने विश्वास लागेको छैन ।’

अहिले माओवादी केन्द्र र पार्टी अध्यक्ष प्रचण्डको सबभन्दा बढी विरोध गर्ने प्रभु साह नै हुन् । माओवादी केन्द्र खारेज हुनुपर्छ भन्दै अदालतमा मुद्दा दायर गर्ने उनै हुन्,’ शर्माले भने, ‘प्रचण्डमुक्त नेपाल बनाउने भनि भाषण गर्ने उनै हुन्, यस्ता व्यक्ति माओवादी केन्द्रमा कुन नैतिकताले फर्किन्छ ?

 

प्रतिक्रिया

आजको ट्रेन्डिङ