आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

तालिबानले यसरी छिनाल्यो महिला राष्ट्रिय भलिबल खेलाडीको टाउको, विश्वभर सन्त्राश

प्रकाशित
6.5K
SHARES

तालिबान सत्तामा आए महिला अधिकार खोसिन्छ भनेर सुरुवातदेखि नै अनेकौं टिप्पणीहरु भइरहेका थिए। अफगानिस्तानमा तालिबान सत्तामा आएको दुई महिनाभन्दा बढी बितिसकेको छ र पहिलेजस्तै तालिबानको शासनमा महिलाहरु सुरक्षित छैनन्।

तालिबानले महिलालाई शिक्षा, अधिकार, रोजगार केहीमा ठाउँ दिएका छैनन्। यहाँसम्म कि महिलालाई कुनै खेल, संगीतमा सहभागी नहुन भनिएको छ।

टाइम्स अफ इन्डियाका अनुसार हालै मात्र तालिबानले अफगानिस्तानको महिला राष्ट्रिय भलिबल खेलाडीको ह’त्या गरेका छन्। खबरअनुसार मजुबिन हाकिमी नाम गरेकी राष्ट्रिय खेलाडीको टाउको का’टेर ह’त्या भएको छ।

पर्सियन इन्डिपिन्डेन्टसँगको कुराकानीमा सौर्या अफजली जो पनि खेलाडी हुन् उनले हाकिमीको तालिबानले ह’त्या गरेको बताएकी हुन्। यसै अक्टोबर महिनाको सुरुवातमा उनको ह’त्या भएको बताइएको छ।

त्यस्तै अफगानिस्तानमा धमाधम इस्लामिक स्टेट्स (आइएस) का लडाकूहरु पक्राउ परेका छन् । सरकारी सुरक्षा अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो एक महिनामा २५० लडाकू पक्राउ परेका छन् ।

अफगानिस्तानमा तालिबान विद्रोहीहरुले सत्ता कब्जा गरेपनि अर्को विद्रोही समूह आइएसससँगको द्वन्द्व भने कायमै रहेको छ ।

“पछिल्लो एक महिनामा आइएस समूहसँग सम्वन्धित झण्डै २५० लडाकूलाई सरकारी सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएका छन्,” टोलो न्युज टेलिभिजन च्यानलमा तालिबान प्रवक्ता जाबिउल्लाह मुजाहिदले भने ।

पक्राउ परेका केही लडाकूसँगै आक्रमणका लागि प्रयोग हुने विस्फोटक पदार्थ तथा हतियारहरू समेत बरामद गरिएको उनको भनाई छ । आइएस लडाकूहरुले अफगानिस्तानमा आक्रमणको तयारी गरिरहेको पनि समाचारमा जनाइएको छ ।

यस्तै हैटीको ४०० माओजो ग्याङका नेता विल्सन जोसेफले बन्धक बनाइएका १७ जना अमेरिकीहरुलाई मा’र्ने चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै आफ्ना माग पूरा नभएर बन्धकहरूलाई ह’त्या गर्ने चेतावनी दिएका हुन् ।

अमेरिकाको ओहियोस्थित क्रिष्ट्रियन एड मिनिस्ट्रीज नामक मिसनरी संस्थाले यी व्यक्तिहरुलाई हैटी पठाएको थियो । आफ्ना सदस्यहरु पक्राउ परेपछि यस संस्थाले एक दिन व्रत बस्न र रिहाइका लागि यशुको प्रार्थना गर्न बिहीबार आग्रह गरेको छ ।

यदि मैले मागेको कुरा पाइँन भने म यी अमेरिकीहरुको टाउकोमा गोली हान्नेछु,’ जोसेफले भिडियोमा भनेका छन् । अघिल्लो हप्ता हैटीका अधिकारीहरुले यो ग्याङले प्रतिव्यक्ति १० लाख अमेरिकी डलर फिरौती मागेको जनाएको थियो ।

हैटीमा पछिल्लो समय सुरक्षा व्यवस्था निकै खराब छ । क्रिष्ट्रियन मिसनरीहरु अपहरणमा परेको केही समयपछि १८ अक्टोबरमा सुरक्षा व्यवस्था सुदृढ बनाउनुपर्ने माग गर्दै हैटीका कामदारहरूले आम हड्ताल सुरु गरेका थिए । बिहीबार लगातार पाँचौ राजधानी पोर्ट एयु प्रिन्समा प्रदर्शन भएको थियो ।

रुसको मद्दतमा हाइपरसोनिक क्षेप्यास्त्र बनाउँदै भारत: एक अमेरिकी रिपोर्टले दाबी गर्दै यो भनेको छ कि भारतले रुसको मद्दतमा हाइपरसोनिक क्षेप्यास्त्र विकास गरिरहेको छ।

अमेरिकाको स्वतन्त्र काँग्रेसियल रिसर्च सर्भिस सीआरएसको रिपोर्टमा अमेरिका, रुस र चीनसँग सबैभन्दा अत्याधुनिक हाइपरसोनिक हतियार भएको उल्लेख गरिएको छ। त्यहाँ भारत, अस्ट्रेलिया, फ्रान्स, जर्मनी र जापानजस्ता देशले पनि हाइपरसोनिक हतियार विकसित गरिरहेको उल्लेख गरिएको छ।

सीएसआरका अनुसार अस्ट्रेलियाले हाइपरसोनिक हतियारको लागि अमेरिकाको सहयोग पाउनेछ उता भारतलाई भने रुसले सहयोग गर्नेछ।रिपोर्टअनुसार भारतले सात हाइपरसोनिक क्रुज क्षेप्यास्त्र विकसित गर्न रुससँग साझेदारी गर्नेछ।

हाइपरसोनिक टेक्नोलोजी डेमन्स्ट्रेटर भेइकल कार्यक्रम अन्तर्गत भारतले स्वदेशी र दोहोरो क्षमताको हाइपरसोनिक क्षेप्यास्त्र पनि बनाउनेछ।हाइपरसोनिक हतियार त्यस्तो हतियार हो जुन ध्वनीको गतिभन्दा ६ गुणा तिव्र हुन्छ।

अमेरिकी राष्ट्रपति जोन बाइडेनले चीनले ताईवानमाथि हमला गरे अमेरिकाले उसको रक्षा गर्ने चेतावनी दिएका छन्। चीनले ताईवानमाथि आक्रमण गरे त्यसको उपर्युक्त जबाफ दिने प्रतिबद्धता जनाउँछौं,’ राष्ट्रपति बाइडेनले भने।

तर, ह्वाईटहाउसका प्रवत्ताले राष्ट्रपतिको भनाईले ताइवानप्रति अमेरिकी नीतिमा कुनै परिवर्तन नभएको धारणा व्यक्त गरेका छन्। यस्तै, बाइडेनको अभिव्यक्तिले चीनप्रतिको आफ्नो अडानमा कुनै परिवर्तन नहुने ताइवानले जनाएको छ। ताइवानलाई रक्षा गर्ने विषयमा अमेरिकाले लामो समयदेखि अस्पष्ट रणनीति अभ्यास गर्दैै आएको छ।

यसको अर्थ चीनले ताइवानमाथि हमला गर्‍यो भने उसलाई कसरी रक्षा गर्ने भन्ने विषयमा अमेरिका पूर्ण रुपमा अस्पष्ट छ। चीनले ताइवानलाई आफ्नै देशको एउटा प्रान्त मान्दै आएको छ जबकी ताइवानले आफूलाई एउटा छुट्टै देश ठान्छ।

ताइवानसँग अमेरिकाको कुनै कूटनीतिक सम्बन्ध छैन् तर उसलाई लामो समयदेखि हतियार बिक्री गर्दै आएको छ। बाइडेनको अभिव्यक्तिप्रति ताइवानको राष्ट्रपतिको कार्य तटस्थ छ । उसले चीनको दबाबको सामु पनि नझुक्ने र अमेरिकी समर्थनबाट उत्साहित नहुँने जनाएको छ।

प्रतिक्रिया