आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

थाल्याण्डमा रहेका बर्षमानले सुन्नपर्यो अत्यान्तै दुःखद खबर, ओनसरीलाई तनाव

प्रकाशित
6.2K
SHARES

काठमाडौ। नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन (अनन्त)को थाइल्याण्डमा उपचार भइरहेको छ । जण्डिसले थलिएका उनलाई नेपालमा उपचार असम्भव भएपछि थाइल्याण्ड लगिएको हो ।।थाइल्याण्डको समितिभेज अस्पतालमा उनको उपचार भइरहेको छ ।

पुनको शरीरमा देखिएको जण्डिसको मात्रा अस्वभाविक रूपमा बढेको चिकित्सकहरूले बताएका थिए ।नेता पुनसँगै पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्ती पनि थाइल्याण्ड मै छिन्। पुनलाई चार वर्षअगाडि पनि यस्तै खालको स्वास्थ्य समस्या देखिएको थियो।

त्यसबेला पनि पुनले थाइल्याण्डमा उपचार गराएका थिए। हरेक बर्ष फ्लोअपका लागि थाइल्याण्ड जान पर्ने भएपनि कोभिडका कारण उनी फ्लोअपका लागि जान सकेका थिएनन्। प्लोअप नहुँदा उनको स्वास्थ्यमा जटिलता थपिएको थियो।

अहिले क्रमस स्वास्थ्यमा सुधार भइरहेको उनको सचिवालयले जनाएको छ । उनको ज्यानको स्वास्थ्यमा सुधार भएपनि उनको राजनीति स्वास्थ्यमा भने केही गढबढी भएको छ । थाल्याण्डमा रहेका उनले त्यही गडबढी भएको दुःखद खबर सुन्न परेको छ ।

बर्षमान नेपाल बाहिर रहेको मौकाछोपी अध्यक्ष प्रचण्डले उनलाई भनेजस्तै जिम्मेवारी नदिएपछि तनाव भएको छ ।नेकपा माओवादी केन्द्रमा प्रचण्डपछिका नेताको रुपमा अर्थमन्त्री जनार्दन शर्मा र पूर्वअर्थमन्त्री पुनलाई हेर्ने गरिएको छ ।

उनीहरुको पद र पार्टी भित्रको पकडका विषयमा बेलामौकामा बहस हुने गरेको छ । यो पटक त्यस्तै बहस हुनेगरी माओवादीले जिम्मेवारी बाँडफाँड गरेको छ । अर्थमन्त्री शर्मालाई आफ्नो उत्तरअधिकारी बनाउने गरी प्रचण्डले आजैदेखि सेटिङ मिलाएका छन् ।

जनार्दनलाई पार्टीको संगठन विभाग प्रमुखको जिम्मेवारी दिएपछि बर्षमानलाई छटपटी एको छ । लामो समयदेखि पार्टीको महासचिव हुने आकाँक्षा पालेर बसेका उनलाई पार्टीको महासचिवले गर्ने काम अर्कैलाई दिएपछि छटपटी भएको हो ।

संगठन विभाग पार्टी अध्यक्षा भन्दा पछिको दोश्रो शक्तिशाली विभाग मानिने गर्छ । यसका बर्षमानलाई धोका भएको छ । प्रचण्डले जनार्धनलाई उक्त विभाग दिएर त्यही अनुसारको विभागको जिम्मेवारी दिएर बर्षमानलाई बाइपास गरेको अनुमान लगाइएको छ ।

स्थायी कमिटीको आज बसेको बैठकले ३३ वटा केन्द्रीय विभाग गठन गर्दा जनार्धन संगठन विभागको जिम्मेवारी दिइएको छ भने बर्षमान पुनलाई अर्थ तथा योजना विभागमा थन्क्याइएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले बताए ।

यसैगरि, नेकपा माओवादी केन्द्रमा प्रचण्डपछिका नेताको रुपमा अर्थमन्त्री जनार्दन शर्मा र पूर्वअर्थमन्त्री बर्षमान पुनलाई हेर्ने गरिएको छ । उनीहरुको पद र पार्टी भित्रको पकडका विषयमा बेलामौकामा बहस हुने गरेको छ ।

यो पटक त्यस्तै बहस हुनेगरी माओवादीले जिम्मेवारी बाँडफाँड गरेको छ । अर्थमन्त्री शर्मा भएपनि पार्टीभित्रको अर्थ तथा योजना विभाग प्रमुखमा वर्षमान पुनले बाजी मारेका छन् । पार्टीका आर्थिक सम्बन्धी नीतिहरु कार्यान्वयन गर्न परेमा अब बर्षमानले शर्मालाई निर्देशन दिने छन् । त्यस्तै, शर्मालाई बर्षमानलाई दिनपर्ने संगठन विभाजको जिम्मेवारी दिइएको छ ।

यसका अर्थमन्त्रीलाई अर्थ विभाग र सरकार बाहिर रहेका बर्षमानलाई संगठन विभाग दिएको भए पार्टी र सरकार संचालनमा सहज हुने नेताहरुको विश्वास थियो । संगठन विभाग भनेको पार्टी महासचिव सरहको पद हो । प्रचण्डले जनार्धनलाई त्यही अनुसारको विभागको जिम्मेवारी दिएर बर्षमानलाई बाइपास गरेको अनुमान लगाइएको छ ।

स्थायी कमिटीको आज बसेको बैठकले ३३ वटा केन्द्रीय विभाग गठन गरेर उनीहरुको जिम्मेवारी ठोस गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले विभाग गठन र डिलाराम आचार्यको संयोजकत्वमा १७५ सदस्यीय सम्पर्क समितिको गठन गरेको जानकारी दिए।

रामचन्द्र झाको नेतृत्वमा नीति तथा अनुसन्धान प्रतिष्ठान बनाउने निर्णय गरिएको छ। प्रवक्ता महराका अनुसार पार्टी स्कुल विभागको संयोजकमा गिरिराजमणि पोखरेल र इन्चार्जमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल छन्। यस्तै विपद् व्यवस्थापन विभाग गठन गर्न बाँकी छ। तथापि त्यसको संयोजकमा सूर्य सुवेदी रहने भएका छन्।

उद्योग विभागमा वामदेव क्षेत्री, उपभोक्ता हित तथा आपूर्ति विभागमा मातृका यादव, कृषि तथा भूमिसुधार विभागमा हरिबोल गजुरेल रहेको प्रवक्ता महराले बताए। जलस्रोत, सिँचाइ तथा ऊर्जा विभागमा लीलामणि पोखरेल, निर्वाचन विभागमा खिमलाल देवकोटा, कानुन, न्याय तथा मानवअधिकार विभागमा मुक्तिनारायण प्रधान रहेका छन्।

उनका अनुसार कोष तथा आर्थिक व्यवस्थापन विभागमा टोपप्रसाद उपाध्याय, खानेपानी तथा सरसफाइ विभागमा बिना मगर, जलस्रोत, सिँचाइ तथा ऊर्जा विभागमा लीलामणि पोखरेल, निर्वाचन विभागमा खिमलाल देवकोटा, कानुन, न्याय तथा मानवअधिकार विभागमा मुक्तिनारायण प्रधान रहेका छन्।

यस्तै पर्यटन प्रवर्धन तथा नागरिक उड्डयन विभागमा झक्कुप्रसाद सुवेदी, प्रचारप्रसार प्रकाशन विभागमा कृष्णबहादुर महरा, प्रादेशिक मामिला विभागमा परशुराम तामाङ छन् भने पुस्तकालय तथा अभिलेख विभागमा नारायणप्रसाद शर्मा, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागमा हरि अधिकारी, युवा तथा खेलकुद विभागमा गणेशमान पुन छन्।

यसैगरी राजकीय मामिला तथा सुशासन विभागमा रेखा शर्मा, राष्ट्रिय सुरक्षा विभागमा कृष्णबहादुर महरा, वन तथा वातावरण विभागमा शक्तिबहादुर बस्नेत, विज्ञान तथा प्रविधि विभागमा गणेश साह रहेको महराले बताए।

विदेश मामिला विभागमा नारायणकाजी श्रेष्ठ, शिक्षा तथा मानव स्रोत विभागमा मायाप्रसाद शर्मा, श्रम तथा रोजगार विभागमा रामेश्वर राय यादव रहेका छन्। यसैगरी संघीय संसदीय विभागमा देव गुरुङ, समाजकल्याण विभागमा सत्या पहाडी, सरकारी तथा गरिबी निवारण विभागमा धर्मदत्त देवकोटा, सहरी विकास विभागमा देवेन्द्र पौडेल, समान्य प्रशासन विभागमा टेकबहादुर बस्नेत छन्।

महराका अनुसार साहित्य तथा संस्कृति विभागमा गोपाल ठाकुर, स्थानीय तह विभागमा उर्मिला अर्याल, स्वास्थ्य तथा जनसंख्या विभागमा कल्पना धमला संयोजक तोकिएका छन्।

प्रवक्ता महराले पार्टी सदस्यताको काम ५० प्रतिशत सकिएको जानकारी दिँदै एक सातामा पार्टी सदस्यताको काम पूरा हुने बताए। उनँले राष्ट्रिय महाधिवेशनमा पाँच देखि ६ लाखसम्म नयाँ पार्टी सदस्य बनाउने लक्ष्य राखेको पनि बताए।

प्रतिक्रिया