आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चुनाबका लागि बार्गेनिङ्ग सुरु, मेयर बन्न १० करोड, वडा अध्यक्षको लागि ५० लाख

प्रकाशित
0.9K
SHARES

काठमाडौ। जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवको १० करोड काण्ड बाहिरिएको छ। स्थानीय निर्वाचनमा जसपाबाट गाउँपालिका अध्यक्ष बन्नका लागि टिकट लिन १० करोड भन्दा धेरै माग भएको छ। यसको रहस्य यादव आफैले खोलेका छन्।

उनले चुनावका निम्ति टिकट माग्नेहरु करोडौँ पैसा लिएर आउन थालेको बताए। यो भनेको अघिल्लो पटकको निर्वाचनमा पनि टिकट विक्रि भएको थियो। कतिपय वडा अध्यक्षको टिकट देऊ म ५० लाख जम्मा गरिसकेको छु भनिरहेका छन्।

मेयरको टिकट माग्नेहरु १० करोड जम्मा गरिसकेको बताइरहेका छन्’ अध्यक्ष यादवले राजविराजमा आयोजना गरेको सप्तरीको विकास विषयक अन्तरकृया कार्यक्रमलाई बुधबार राति सम्बोधन गर्दै भने, ‘कति इमान्दारी काम गरे । जनतासँग कति मिलेको छु भन्ने कुरा कसैले गर्दैनन्। सिधैं यति रकम जम्मा गरेको छु।

टिकट दिनुस् भनिरहेका छन्। गाउँको विकास हुनुपर्नेमा जोड् दिदैं उनले दलीय आधारमा हुने चुनाव भ्रष्टाचारको जड रहेको बताए। कुन जनप्रतिनिधिलाई चयन गर्‍यौं जनतालाई त्यो पनि थाहा नहुनु विडम्बना भएको उनले बताए। जनतालाई जागरुक बन्नु जरुरी छ,’ उनले भने।

यो सोचको चुनावमा परिणाम के होला ? भन्ने प्रश्न गर्दै उनले यसमा करेक्सन हुनु जरुरी रहेको बताए। किन १० करोड लगाउँछ ? राजनीति किन गर्छ ? उनले भने, ‘यसअघिको राजनीतिमा हामी एउटा लक्ष्यमा काम गर्‍थ्यौं। लक्ष्यमा काम गर्दा ज्यान गए पनि पर्वाह हुन्नथ्यो भन्ने लाग्थ्यो। तर अहिले राजनीति व्यापार भयो। पेशा रहेन्।

अहिले राजनीति गरिरहेकाहरु व्यापार गरिरहको उनले बताए। ‘राजनीति धन्धा भइसक्यो। लगानी गरेर त्यो लगानी असुली गर्न खोज्छन्,’ उनले भने। यहाँबाट जितेर माथिल्लो निकायमा जानेहरु पनि यस्तै धन्दामा लागिपरेको उनले बताए। यहाँबाट जितेर गएकाहरु माथि त्यस्तै धन्दा गर्छन्।

उनले भने, ‘माथि गएपछि केही नेताहरु आफ्नो व्यापार गर्न थाल्छन्। उनीहरु म सांसद हुँ मलाई खरिद गर भन्छन। अनि, त्यहाँ मोलमोलाई हुन्छ,’ उनले भने। रकममा बिक्नेहरूमध्ये कतिलाई किनेर बैंककमा राखिएको भन्दै उनले एक पटक दुई सांसदलाई किनेर भारतको मधेपुरास्थित सांसद पप्पुको घरमा गएर समेत राखिएको उनले बताए।

‘एक सांसद किन्ने र अर्को खरिद गर्ने’ अध्यक्ष यादवले भने, ‘जसरी गाईभैंसीको खरिद हुन्छ त्यसरी नै यस्ता दलालहरू हेरेको छु।’राजनीतिमा जबससम्म सदाचारी हुँदैन तबसम्म देश नबन्ने भन्दै उनले जनता पनि नेता झैं बनेको बताए। जनता पनि त्यस्तै छन्। त्यस्तै भोट लिन्छौं खानपिन दिदैनौं’ उनले भने, ‘नेतालाई पहिला जनताले चोर बनाइदिन्छन्।

अनि नेता चोरी गर्न जान्छन्। नेता चोर अनि जनता पनि चोर। निर्वाचन र राजनीतिक प्रणाली अल्पविकसित देशका लागि क्यान्सर जस्तै भएको भन्दै उनले यसका कारण मुलुक उठनै नसक्ने बताए। यसका लागि परिवर्तन गर्नुपर्ने भन्दै उनले चुनावलाई सरल बनाउनु जरुरी रहेको बताए।

पूर्व खानेपानीमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बहारी विना मगरले नेकपा माओवादी केन्द्रमा महत्वपूर्ण छलाङ मारेकी छिन्। बुहरी विनालाई अध्यक्ष प्रचण्डले आजै ठूलो जिम्मेवारी सुम्पिएका हुन्। माओवादीमा ३२ जना केन्द्रीय विभाग प्रमुख चयन हुँदा उनी पनि परिन्।

माओवादीभित्र विभागको जिम्मेवारीलाई महत्वपूर्ण मानिएको छ। माओवादीका हस्ती नेताहरुले विभागको जिम्मेवारी पाउँदा विना पनि परिन् । विनालाई खानेपानी विभागको जिम्मेवारी मिलेको छ। प्रत्यक्ष निर्वाचित सांसद समेत रहेकी विना मगर माओवादी अध्यक्ष प्रचण्डकी बुहारी हुन्।

यता पार्टी स्कुल विभागको संयोजकमा गिरिराजमणि पोखरेल र इन्चार्जमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल छन्। यस्तै विपद् व्यवस्थापन विभाग गठन गर्न बाँकी छ। तथापि त्यसको संयोजकमा सूर्य सुवेदी रहने भएका छन्।

अर्थ तथा योजना विभाग प्रमुखमा वर्षमान पुन, उद्योग विभागमा वामदेव क्षेत्री, उपभोक्ता हित तथा आपूर्ति विभागमा मातृका यादव, कृषि तथा भूमिसुधार विभागमा हरिबोल गजुरेल रहेको प्रवक्ता महराले बताए।

जलस्रोत, सिँचाइ तथा ऊर्जा विभागमा लीलामणि पोखरेल, निर्वाचन विभागमा खिमलाल देवकोटा, कानुन, न्याय तथा मानवअधिकार विभागमा मुक्तिनारायण प्रधान रहेका छन्।

उनका अनुसार कोष तथा आर्थिक व्यवस्थापन विभागमा टोपप्रसाद उपाध्याय, खानेपानी तथा सरसफाइ विभागमा बिना मगर, जलस्रोत, सिँचाइ तथा ऊर्जा विभागमा लीलामणि पोखरेल, निर्वाचन विभागमा खिमलाल देवकोटा, कानुन, न्याय तथा मानवअधिकार विभागमा मुक्तिनारायण प्रधान रहेका छन्।

यस्तै पर्यटन प्रवर्धन तथा नागरिक उड्डयन विभागमा झक्कुप्रसाद सुवेदी, प्रचारप्रसार प्रकाशन विभागमा कृष्णबहादुर महरा, प्रादेशिक मामिला विभागमा परशुराम तामाङ छन् भने पुस्तकालय तथा अभिलेख विभागमा नारायणप्रसाद शर्मा, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागमा हरि अधिकारी, युवा तथा खेलकुद विभागमा गणेशमान पुन छन्।

यसैगरी राजकीय मामिला तथा सुशासन विभागमा रेखा शर्मा, राष्ट्रिय सुरक्षा विभागमा कृष्णबहादुर महरा, वन तथा वातावरण विभागमा शक्तिबहादुर बस्नेत, विज्ञान तथा प्रविधि विभागमा गणेश साह रहेको महराले बताए।

विदेश मामिला विभागमा नारायणकाजी श्रेष्ठ, शिक्षा तथा मानव स्रोत विभागमा मायाप्रसाद शर्मा, श्रम तथा रोजगार विभागमा रामेश्वर राय यादव, संगठन विभागमा जनार्दन शर्मा रहेका छन्।

यसैगरी संघीय संसदीय विभागमा देव गुरुङ, समाजकल्याण विभागमा सत्या पहाडी, सरकारी तथा गरिबी निवारण विभागमा धर्मदत्त देवकोटा, सहरी विकास विभागमा देवेन्द्र पौडेल, समान्य प्रशासन विभागमा टेकबहादुर बस्नेत छन्।

महराका अनुसार साहित्य तथा संस्कृति विभागमा गोपाल ठाकुर, स्थानीय तह विभागमा उर्मिला अर्याल, स्वास्थ्य तथा जनसंख्या विभागमा कल्पना धमला संयोजक तोकिएका छन्।

प्रतिक्रिया