आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

माधव नेपाललाई अर्को धोका, कांग्रेसले तोड्यो महत्वपूर्ण सहमति

प्रकाशित
422
SHARES

काठमाडौ। सत्तारुढ गठबन्धनमा दरार आएको छ। नेपाली कांग्रेसले सहमति तोडेपछि गठबन्धनमा दरार आएको हो। गठबन्धनका नेताहरुबीच बाग्मती र प्रदेश नम्बर एकको मुख्यमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीलाई दिने सहमति भएको थियो।

कांग्रेसले उत्तः सहमति तोडेको हो। मन्त्रीमण्डलमा भागवण्डा गर्ने दिन नै सत्तासाझेदार प्रमुख दल काग्रेस, माओवादी र नेकपा एस विच वाग्मती र प्रदेश एकको मुख्य मन्त्री नेकपा एसलाई दिने समझदारी बनको थियो तर लास्ट आवरमा कांग्रेसले सहमति तोडेपछि राजनीतिक खेल परिवर्तन भएको छ।

केन्द्रको सहमतिलाई चुनौती दिँदै वाग्मती कांग्रेसले नेकपा एसालाई मुख्यमन्त्री दिन नसकिने बताएको छ। एमाले फुटेपछि वाग्मतीमा नेकपा एस, काग्रेस र माओवादी भन्दा पनि सानो आकारको बनेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाका घनिष्ट विश्वास पात्र नेपाली काग्रेस बाग्मती प्रदेशका संसदीय दलका नेता इन्द्र बाँनियाले कुनै पनि हालतमा मुख्यमन्त्री बन्ने गरि दौड सुरु गरेका छन्। महाधिवेशनसम्म भए पनि बाँनियालाई मुख्यमन्त्री बनाउने गरी देउवाले पनि चाँजोपाँजो मिलाउँन थालेको बताइन्छ।

वाग्मतीमा नयाँ खेल सुरु भएपछि मुख्यमन्त्री बन्नका लागि खुट्टा उचालेर बसेका नेकपा एसका नेता राजेन्द्र पाण्डे नमज्जासँग झस्किएका छन्। वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मतका लागि प्रदेशसभामा प्रस्ताव पेस गरि सेकेकी छिन्।

केपी ओलीमाथि अर्को बज्रपात, गठबन्धनमा भएको बोल्ड सहमतिले रुनु न हाँस्नु: सत्तारुढ गठबन्धनका नेताहरुबीच राष्ट्रपति विद्यादेवि भण्डारीलाई हटाउने सहमति भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनमोर्चाबीच राष्ट्रपति हटाउने विषयमा सहमति भएको हो ।

सहमति अनुसार एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई राष्ट्रपति बनाइने भएको छ । खनाललाई राष्ट्रपति बनाउने सहमती मोटामोटी रुपमा भइसकेको गठबन्धन निकट स्रोतले दाबी गरेको हो । तर खनालले यस विषयमा आफू अनविज्ञ भएको बताएका छन् ।

खनालले केपी शर्मा ओलीले पार्टी फुटाएर आफूहरुलाई केही फरक नपरेको जिकिर गरेका छन् ।पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आगामी निर्वाचनमा अहिले विद्यमान रहेको पाँच दलीय गठबन्धन कायम रहने विश्वास दिलाए ।

उनले भने,‘सकेसम्म हामी पाँच दलीय गठबन्धन कायम गरेर निर्वाचनमा जान्छौं। उनले वर्तमान सरकारले राम्रो काम गरिरहेको पनि विश्वास दिलाए । नेपालले एमसीसी सम्झौता गर्दा अपरिपक्वता भएको उनको टिप्पणी छ ।

उनले भने,‘यो सम्झौतामा कतिपय यस्ता ब्लण्डर छन्, यसलाई जस्ताको त्यस्तै राखियो भने देशमा आँच आउँछ । गलत प्रावधान हटाउनुपर्छ ।’ उनले एमसीसी संशोधन नगरी संसद्बाट पारित गर्न नहुने पनि तर्क गरे ।

पत्रकार धमलाले तपाईँ राष्ट्रपति बन्ने भनेर गठबन्धनको बीचमा सहमति भएको हो ? भनेर सोधेको प्रश्नमा नेता खनालले भने, ‘मलाई थाहा छैन, त्यो चाहीँ परिस्थितिले के के सम्भावना बढाएर ल्याउँछ, त्यसलाई समात्ने कुरा हुनसक्ला ।’

उनले घुमाउरो पारामा आफू राष्ट्रपति बन्ने बताएका हु्न् । उनले भने, ‘अहिले म त सामान्य रुपले उपचार गरेर आएको छु । राम्रो स्वास्थ्य बनेको छ । बन्दैछ । दुई महिना आइसोलेशनमा बस्छु । त्यसपछि हेरौँ ।’

यो स्वास्थ्यलाई मैले एयरपोर्टमा आउँदा आउँदैपनि घोषणा गरेको छ कि मेरो यो नाफाको जिन्दगी हो । त्यसकारण म देश र जनताको लागि राम्रो काम गर्नेछु । जनता र मेरो पार्टीले जुन ढंगले मलाई उपयोग गर्छ, त्यो म गर्न तयार छु ।’

एमसीसीबारे देउवाले गरेको गोप्य निणर्य सार्वजनिक: प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्नेगरी गोप्य रुपमा निर्णय गरेको खुलासा भएको छ । देउवाले तत्काल पास गर्नु पर्ने भन्दे निणय गरेका हुन् । एमसीसीबारेको अन्तिम निर्णय भन्दै देउवाले अब कसैले रोक्न नसक्ने भनेका छन् ।

सरकार बनेको सय दिन पुगेको अवसरमा सरकारी मुखपत्र गोरखापत्रमा अन्तवार्ता दिँदै प्रधानमन्त्री देउवाले एमसीसी पास गर्न अब ढिलो गर्न नहुने बताएका हुन् । एमसीसीमा कुनै खराब प्रावधान नरहेको पनि उनले जिकिर गरेका छन् ।

प्रधानमन्त्री देउवाले वर्तमान सरकारलाई सम्मानित सर्वोच्च अदालतको परमादेश र जनादेश दुवै प्राप्त भएको बताएका छन् । उनले सर्वोच्च अदालतले संविधानको व्याख्या गरेर प्रधानमन्त्री बनाउन परमादेश र प्रतिनिधि सभाको १६५ जना सांसदको विश्वास प्राप्त गरेर जनादेश पाएको स्पष्ट पारे ।

वर्तमान संयुक्त सरकारले सय दिन पूरा गरेको सन्दर्भमा गोरखापत्र दैनिकलाई मङ्गलबार दिएको विशेष अन्तर्वार्तामा प्रधानमन्त्रीले भने– ‘यो सरकारलाई परमादेश र जनादेश दुवै प्राप्त छ ।’

प्रधानमन्त्री देउवाले सङ्क्रमण अन्त्य भएर मुलुक लिकमा फर्किएको र अब संविधान सुरक्षित भएको बताए । उनले एमसीसी अमेरिकाले दिएको विकास अनुदान भएकाले यो नेपालको हितमा रहेको दाबी गर्दै भने– ‘अब यसमा विवाद गर्नु आवश्यक छैन । यसलाई छिटो पारित गर्नुपर्छ ।’

अब मुलुक राजनीतिक स्थिरतातर्फ उन्मुख भएको बताउँदै समयमै तीन तहको निर्वाचन गराउने प्रतिबद्धता प्रधानमन्त्री देउवाले व्यक्त गरे ।

प्रधानमन्त्री देउवाले खुला अर्थतन्त्रलाई प्रोत्साहित गर्ने नीति लिएको बताए । यो सरकारले छिमेकी देश भारत र चीनसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको प्रस्ट्याउँदै भने, “भारत र चीनसँग राम्रो सम्बन्ध राख्नु नेपालको हितमा रहेको छ ।”

अहिले कमसेकम अन्योलको अवस्थाबाट ग्रस्त भएको देशलाई लिकमा ल्याएको उल्लेख गर्दै प्रधानमन्त्रीले आगामी चैतसम्म सबै नेपालीलाई खोप लगाइसक्ने सरकारको लक्ष्य रहेको छ भने।

कोरोनाविरुद्धको खोप उल्लेख्य मात्रामा आएको चर्चा गर्दै प्रधानमन्त्रीले भने, ‘नेपाललाई भारत र चीनले खोप सहयोग गरेको छ, अन्य देशबाट प्राप्त भइरहेको छ, अमेरिकासँग पनि खोप उपलब्ध गराउने विषयमा त्यहाँका परराष्ट्रमन्त्रीसँग कुराकानी भएको छ । मलाई विश्वास छ, यो वर्षको अन्त्यसम्म सबै नेपालीलाई खोप दिन सफल हुने छौँ ।’

संयुक्त अधिराज्य बेलायतले नेपाललाई रेड जोनबाट हटाएको छ र अन्य देशले पनि सहयोग गरेका छन् भन्दै नेपाललाई सबै देशले सहयोग गरेको उनले स्पष्ट पारे ।

विश्व स्वास्थ्य सङ्गठनले नेपालले कोरोना नियन्त्रणमा प्राप्त गरेको सफलतामा बधाई दिएको जानकारी दिदै उनले अहिले मानिसहरू आफ्नो पेसा र व्यवसायमा फर्केका छन्, यसलाई हामीले उपलब्धिका रूपमा लिनुपर्छ भने ।

अहिले मुलुकमा व्याप्त प्राकृतिक प्रकोपको चित्रण गर्दै प्रधानमन्त्रीले भने, ‘हामीले बाढी, पहिरो र डुबानको समस्या भोग्नुपरेको छ । बाढी पहिरोबाट पीडितहरूलाई खाद्यान्नलगायतको सहयोग पनि उपलब्ध गराएका छौँ ।’

अघिल्लो सरकारले गरेका निर्णयमा पुनर्विचार हुन्छ कि भनिराखिएको जिज्ञासामा प्रधानमन्त्रीको भनाइ छ, ‘अघिल्लो सरकारका सबै नियुक्ति खारेज गर्नुपर्छ भन्नेचाहिँ होइन तर यसलाई विधिसम्मत गराउने र सच्चाउने प्रक्रिया यो सरकारले थालिसकेको छ।

प्रतिक्रिया