आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

आर्यनको जमानत खारेज, के गर्लान शाहरुख खान अब ?

प्रकाशित
464
SHARES

काठमाडाै। बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान नछुट्ने भएका छन्। मंगलबार मुम्बईस्थित एनडीपीसी कोर्टमा भएको सुनुवाइमा जमानत याचिका खारेज गरिएको हो ।

आर्यनसँगै उनका साथीहरू अरबाज मर्चेन्ट र मुनमुन धमेचाको पनि जमानत रद्द भएको हो । एनसीबीले मुम्बईस्थित एनडीपीसी कोर्टमा ह्वाट एप्स च्याट पेस गरेको थियो ।क्रुज ड्रग केसमा आर्यनसहित उनका आठ जना साथीलाई एनसीबीले प्रकाउ गरेको छ।

अब शाहरुखका वकिलले आर्यनको जमानतका लागि हाई कोर्टमा अपिल गर्ने तयारी गरेका छन् । यस अगाडि पनि गत ७ अक्टोबरमा आर्यनको जमानतको अपिल मुम्बईस्थित किला कोर्टले खारेज गरेको थियो।

अफगानिस्तानको राजधानी काबुलमा मङ्गलबार बिहानको व्यस्त समयमा शृंखलाबद्ध बम आक्रमण भएको छ। प्रहरीका अनुसार बम आक्रमणबाट कम्तमिा दुई जनाको मृत्यु भएको छ । उक्त बम आक्रमण उत्तरी काबुलमा प्रहरीको सवारी साधनलाई लक्षित गरी भएको थियो।

प्रहरी प्रवक्ता फरदाज फरामार्जले पहिलो बिस्फोटमा दुई जनाको मृत्यु भएको र अरु दुई जना घाइते भएको जानकारी दिनुभयो। अफगान गृह मन्त्रालयको अर्को सवारी साधनलाई लक्षित गरी भएको विस्फोटमा परेर दुई जना सुरक्षाकर्मी घाइते भएको पनि उहाँले बताउनुभयो।

तेस्रो विस्फोटबाट कुनै क्षति भए नभएको विवरण प्राप्त भइनसकेको प्रहरी प्रवक्ता फरामार्जले जानकारी दिए । हालैका महिनामा सरकारी कर्मचारी, पत्रकार, वकील, अधिकारीकर्मी र सवारी साधनमाथि लक्षित गरी बम आक्रमणहरु नियमित झैं हुने गरेका छन् तर यी आक्रमणको कसैले पनि जिम्मेवारी लिने गरेको पाइएको छैन ।

सरकारले यी आक्रमणहरु अफगानिस्तानमा सक्रिय मुख्य विद्रोही समूह तालिबानले गराएको आरोप लगाउँदै आएको छ।  यसैबीच, अफगानिस्तानको कुन्दुज प्रान्तको कुन्दुज शहर नजिक सुरक्षाकर्मीसँगको भिडन्तमा चार सुरक्षाकर्मी र तीन जना विद्रोही लडाकूहरु मारिएका छन् ।

प्रान्तीय परिषदका प्रवक्ता फउजिया जवाद याफतालीले जाखिल खामदानमा रहेको सेनाको जाँच चौकीलाई लक्षित गरी तालिबान समूहले आक्रमण गर्दा दोहोरो भिडन्त भएको जानकारी दिनुभयो । उहाँले भिडन्तमा चार सैनिक र तीन विद्रोही लडाकूको ज्यान गएको पनि बताउनुभयो ।

उक्त घटानामा दुई सैनिक र तीन जना विद्रोही घाइते भएका छन् । अफगानिस्तानमा युद्धरत तालिबान र अफगान सरकारबीच कतारको दोहामा गत सेप्टेम्बरदेखि प्रत्यक्ष वार्ता जारी छ, तर प्रगति निकै सुस्त छ ।

अमेरिकामा गत जनवरी २० मा आएको राष्ट्रपति जो बाइडेनको नयाँ प्रशासनले गत वर्ष तालिबानसँग अमेरिकाले गरेको शान्ति सम्झौताको समीक्षा गर्ने बताएको छ । अफगानिस्तानमा पछिल्लो समय जारी हिंसाप्रति अमेरिकी प्रशासनले निन्दा एवं भत्र्सना गरिरहेको छ ।

यसैगरि,  अमेरिकाको बोस्टन शहर नजिक आफ्नै व्यबसाय गरेर बसेका एकजना नेपाली व्यवसायीको गोली हानी हत्या भएको छ। लालकिशोर महासेठ नाम गरेका ती व्यवसायी म्यासाचुसेटको बोस्टन शहरबाट करिव डेड घण्टा टाढा फल रिभर सिटी, रक स्ट्रीटमा “स्टप एन्ड सेभ” नाम गरेको खुद्रा पसल संचालन गर्दै आएका थिए।

आफ्नै पसलमा काम गर्दै गरेको अवस्थामा लाल किशोर महासेठको आइतवार राति गोली हानी हत्या गरिएको हो। उनलाई कसले र किन हत्या गर्यो भन्ने कुरा हालसम्म स्पष्ट भएको छैन।

घटनाविवरणअनुसार, साँझ ८ः५० बजेसम्म उनी आफ्नी पत्नीसँग कुरा गरिरहेकै थिए। उनी साँझ ९ बजे पसल बन्द गरेर घर आउनु पर्ने थियो तर श्रीमान ११ बजे सम्म घर नपुगेपछि श्रीमती र परिवारले सोधी खोजी शुरु गरेको थियो।

उनीमाथि गोली प्रहार कति बजे र कसरी भयो भन्ने कुरा स्पष्ट नभए पनि करिव साढे १० बजे कसैले ९११ मा कल गरिदिएको कारण त्यहाँ प्रहरी आइपुगेको र सवा ११ बजे लाल किशोरलाई मृतक घोषणा गरिएको स्रोतले जनाएको छ।

५४ बर्षीय महासेठको नेपाल घर जनकपुर रहेको जनकारीमा आएको छ भने उनी मधेसी एसोसिएसन इन अमेरिका ( न्यू इङ्लेन्ड च्याप्टर) का पूर्वअध्यक्ष समेत रहेको बताइएको छ।

प्रहरीले बृहत बिबरण भोलि मात्र दिन सक्ने कुरा ग्रेटर बोस्टन नेपाली कम्युनिटीका उपाध्यक्ष पर्शुराम फुयाँलले डिसी नेपाललाई बताए । के कारणले मारिएको, कस्ले गोली हान्यो भन्ने कुरा अहिलेसम्म एकिन भएको छैन।

बोस्टन एरियाका सबै नेपालीहरु यो आपत्तिलाई कसरी समना गर्ने भनेर लागिरहेको पनि उनले डिसी नेपाललाई बताए। मृतक महासेठका श्रीमती, दुइ छाेरा र एक छाेरी छन्।

प्रतिक्रिया