आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एमाले नेता सुवास नेम्वाङ जाँड खाएर मातेपछि हंगामा, भिडियो सहित

प्रकाशित
629
SHARES

काठमाडौ। इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले नेकपा एमाले नेता सुवास नेम्वाङको पोल खोलिदिएका छन्। एउटा टेलिभिजन अन्तरवार्तामा उनले नेम्वाङको पोल खोलेका हुन्।

हक्कि र निडर स्वभावका चौधरीले नेम्वाङ कयौँ पटक जाँड खाएर मातेपछि लडेको किस्सा सुनाएका छन्। नेताहरु आएको बेलामा आफूले स्वागत गर्ने भन्दै उनले झलनाथ खनालको पनि पोल खोलेका हुन्।

जाँड रक्सी खान परे धरानको जिरो प्वाइन्टमा गएर रिल्याक्स गर्ने गरेको बताउँदै खनाल र नेम्वाङले अत्याधिक खाने गरेको बताए ।खानपिन गर्नपरे १८–२० किलोमिटरमाथि धरानको जिरो प्वाइन्ट गयो । खाजा साजा खायो, फकियो’ उनले भने, पिनपान पनि जातले पाएको, हातले थाप्यो क्या ।

म थारुको छोरा । म ढल्नेगरी कहिल्यै खान्न । मत के छ भने सुवास नेम्वासँग मैले संगै खाँए ।’ एक दिनको किस्सा सुनाउँदै उनले भने, ‘झलनाथसँग पनि संगै खाँए । उहाँहरुले पनि पिउनु भयो मैले पनि पिएँ । फेरी मैले बोलिहाँले भन्दिहाले…’

‘ढल्ने गरीकन हैन क्या !’ खाएर मात्दै ढल्नुहुन्छ रे भन्ने प्रस्तोताको प्रश्नमा चौधरीले भने, ‘मेरोमा म बोलाउँछु साथीहरुलाई । खाँदा खाँदै साथीहरु कहिलेकाँही ढल्नुहुन्छ क्या । म चाँही ढल्दिन साथीहरु ढल्नुहुन्छ ।’ पिनपानको पैसा आफ्ना तलवबाट व्यवस्थापन गर्ने गरेको बताए ।

‘कहिले साथीहरुले घरमा ल्याएर छोडिदिने रहेछन् ।’ एपी वान टेलिभिजनका ग्लामर गफमा उनले भने, ‘मेरो बुढी सोझी छ । उपहार हो भनेर घरमा छोडिदिदा रहेछन् । त्यो पनि खान्छु । मेरो तलव र भत्ताबाटै व्यवस्थापन हुन्छ।

चौधरीले चुनावको खर्च पनि आवश्यकता अनुसार गरेको बताएका छन् । ‘मैले यति खर्च गरेर उति गरे भनेर किन भन्नु । आवश्यकता अनुसार खर्च गरेको छु । त्यो अरु नेताले भनेका छन्र मैले भन्नु ?’

एमालेको गड भत्कियो, सयौँ कार्यकर्ता माओवादी केन्द्रमा प्रबेश: नेकपा एमालेको गड भत्किएको छ। कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिकामा रहेका नेकपा एमालेका कार्यकर्ता सबै माओवादीमा प्रबेश गरेपछि एमाले गड भत्किएको हो ।

त्यहाँ नेपाली कांग्रेस पनि सुन्य भएको छ । सोमबार लालझाडी गाउँपालिकाको बिस्तारित बैठकमा विभिन्न पार्टी परित्याग गरी सायैँ एमाले कांग्रेसका कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

नवआगन्तुक नेता कार्यकर्तालाई पूर्वमन्त्री एवं नेकपा माओबादी केन्द्रकी केन्द्रीय सदस्य बिना मगरले र प्रदेश सांसद तथा माओवादी केन्द्रका कञ्चनपुर जिल्ला इञ्चार्ज देवीलाल चौधरीले पार्टी प्रवेश गराएका हुन्। कार्यक्रममा नेपाली कांग्रेसका नेता शारदा रानाको नेतृत्वको टोली प्रवेश गरेको छ।

पार्टी प्रवेश गर्नेहरुमा नेपाली कांग्रेसबाट शारदा राना, घुम्मा राना, हसन्ती बडायक, बालकुमारी राना, रामदुलारी राना, फूलमति राना, रामवती राना, वसन्ती राना, अनिला राना, पार्वती राना, सोमवती राना, रामवेटी राना, फूला राना, रानी राना, सपना राना, सबिता राना, इन्द्रा राना, शंकरिया राना, छलिया राना, सुधामा राना, सोमबती राना, पूजा राना, भिक्खो राना, छगो राना, बिर्छो राना, समुन्दर राना, छत्तर राना, भुल्ले राना, फिरिया राना, घुम्मा राना ९ख०, सोमबती राना ९ख०, राधे राना, पानमती राना, छब्ली राना, शान्ति राना, जानकी राना, सीता राना, क्षेत्रमति राना, सीता राना ९ख०, रामसिंह राना, हेसराम राना लगायत रहेका छन्।

त्यसैगरि नेकपा (एमाले) बाट छोटी राना, सोनु राना, इञ्जर राना, सुब्बन राना, लालबहादुर राना, राजपाबाट कलावती राना लगायत रहेका छन्। माओवादी केन्द्रको बिस्तारित बैठकका सन्दर्भमा आयोजित कार्यक्रममा गाउँपालिकामा प्रभाव राख्ने स्थानीय नेताहरु माओवादीमा प्रवेश गरेका हुन्।

कार्यक्रमलाई पूर्वमन्त्री मगर र जिल्ला इञ्चार्ज चौधरीका साथै लालझाडी गाउँपालिकाका सहइञ्चार्ज भक्त राना र अध्यक्ष मद बडायकले समेत सम्वोधन गरेका थिए।पार्टी प्रवेश गराउँदै कञ्चनपुर क्षेत्र नं. १ का सांसदसमेत रहेका पूर्वमन्त्री मगरले लोकतन्त्र, संविधान र समाजवादको पक्षमा उभिएर पार्टी प्रवेश गर्नेहरुलाई न्यायोचित जिम्मेवारी दिइने बताइन्।

‘तपाईहरुले संविधान र लोकतन्त्रको पक्षमा जुन प्रतिवद्धता देखाउनुभएको छ। यसको हाम्रो पार्टी उच्च सम्मान गर्दछ’ पूर्वमन्त्री मगरले भनिन्, ‘‘तपाईहरुलाई माओवादी केन्द्रमा न्यायोचित जिम्मेवारी दिइनेछ।

पूर्वमन्त्री मगरले नेपालको कम्युनिस्ट आन्दोलन सफलताको चुचुरोमा पुगेर पनि प्रधानमन्त्री ओलीको गैरकम्युनिस्ट चिन्तन, प्रवृत्ति र कार्यशैलीका कारण धक्का खाएको बताइन्। उनले भनिन्, ‘नेपालको कम्युनिस्ट आन्दोलन सफलताको चुचुरोमा पुग्दै थियो। समाजवादको राम्रो आधार तयार हुँदै थियो।’

तर, नेकपाभित्रको एउटा शक्तिमा गैरकम्युनिस्ट चिन्तन, प्रवृत्ति र कार्यशैली देखा पर्‍यो। त्यसकारण कम्युनिस्ट आन्दोलनमा धक्का लागेको छ। मन्त्री मगरले कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्ने आफूहरुको प्रयास जारी नै रहेको बताइन्।

‘केही शक्ति र व्यक्तिहरु कम्युनिस्ट आन्दोलन समाप्त पार्न लागे पनि माओवादी केन्द्र निरन्तर बलियो कम्युनिस्ट केन्द्र बनाउने प्रयत्नमा छ। ढिलोचाँडो फेरि कम्युनिस्टहरुको ध्रुवीकरण हुने परिस्थिति बन्छ।

प्रतिक्रिया