आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

माधव नेपालको पार्टीमा पुण्य गौतमले पाए यति ठूलो जिम्मेवारी, प्रधानमन्त्री बन्ने संकेत

प्रकाशित
694
SHARES

काठमाडौ। माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले सामाजिक संजालमा भाइरल पुण्य गौतमलाई महत्वपूर्ण जिम्मेवारी दिएको छ।

फेसबुक, युट्युब, टिकटक लगायतका सामाजिक सञ्जालमा सर्वाधिक लोकप्रिय पुण्य गौतमलाई नेकपा एसले केन्द्रीय सदस्य बनाएको छ।गौतम नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटिमा चयन भएका हुन्।

गौतमले आफू नेकपा एसको केन्द्रीय सदस्य बनेको कुरा सामाजिक सञ्जाल फेसबुक मार्फत बताएका छन् । गौतमले आफूलाई केन्द्रीय कमिटिमा मनोनयन गरेकामा पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधव नेपाललाई धन्यवाद दिएका छन्।

आफ्नो फेसबुक स्टाटसमा उनले लेखेका छन्, ‘मलाई नेकपा एकीकृत समाजवादीको केन्द्रिय स। कमिटी सदस्यको जिम्मेवारी दिनुभएकोमा श्रद्धेय अध्यक्ष एवं सम्माननिय पुर्व प्रधानमन्त्री क।माधव नेपाल र हाम्रो पार्टीप्रती हार्दिक आभारी छु।

फेबसकु, युट्युब, टिकटक लगायतका सामाजिक सञ्जाल चलाउने प्रयोगकर्तामध्ये उनलाई नचिन्ने सायदैं होलान्। तत्कालिन समयमा उनलाई नेकपा एमालेको केन्द्रीय सदस्य बनाईएको र अन्तिममा समयमा नाम काटिएको चर्चा पनि हुने गर्दछ ।

उसो त गौतम राजनीतिक विश्लेषकका रुपमा चिनिन्छन्। पीएचडी स्कलर भन्दै चर्चामा आएका गौतम पछिल्लो समय साना साना विषयमा पनि बोल्न थालेपछि आफ्नो राजनीतिक हैसियत गुमाएका थिए।

नेपालमा भएको ससस्त्र जनयुद्धमा माओवादी बनेका उनी शान्ति प्रक्रियामा आएपछि मणि थापा नेतृत्वको नेकपा क्रान्तिकारीका केन्द्रीय सदस्य बनेका थिए। पछिल्लो समय बरालिएर एमाले बनेका उनी जिम्मेवारी विहिन थिए।

यो पनि, ढोरपाटन आरक्षमा नाउर र झारल सिकार गर्न खुला: ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याम सुरु भएको छ। मंगलबारदेखि जङ्गली जनावर नाउर र झारल सिकार गर्न खुल्ला गरिएको सिकार आरक्ष कार्यालयले जनाएको छ।

नेपालको एक मात्र वैधानिक सिकार क्षेत्र ढोरपाटनमा अनुमति लिएर सिकार गर्न विदेशका व्यावसायिक सिकारी ढोरपाटन आउने गर्दछन्। आवश्यक बन्दोबस्ती र मार्ग निर्देशनका लागि ढोरपाटन सिकार आरक्ष कार्यालय आफ्ना कर्मचारी र सिकारीका भरियाको बन्दोबस्ती मिलाएको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस वर्षको पहिलो सिकारयामका लागि १० नाउर र ६ झारलको सिकार अनुमति दिएको छ। सोही अनुसार विदेशी सिकारी आरक्ष क्षेत्रमा पुगेका हुन्।

आगामी कात्तिक २ गतेदेखि मङ्सिरसम्म सिकार पर्यटन जारी रहनेछ। विभागले हरेक वर्ष दुई याम गरी वार्षिक २० नाउर र ११ झारलको सिकार गर्न अनुमति दिने गर्छ।

ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार पहिलो याममा नेपाल ट्राभल एक्पिडिसन, हिमालयन सफारिज, हिमालयन वाइल्ड लाइफ फिटर र ट्र्याक एन्ड ट्रेल्स कम्पनीमार्फत फ्रेन्च, युक्रेन, मेक्सिकन र रुसी सिकारीले नाउर र झारल सिकारका लागि अनुमति पाएका छन्।

पहिलो याममा सेड, फागुने, घुस्तुङ, दोगाडी र सुनदह ब्लकमा सिकार हुनेछ। ढोरपाटन क्षेत्रमा बर्सेनि असोज–मङ्सिर पहिलो याम र ९फागुन–वैशाख० मा दोस्रो याम गरी दुई चरणमा सिकार हुँदै आएको प्रमुख संरक्षण अधिकृत कँडेलले जानकारी दिए।

पेसेवर विदेशी सिकार कम्पनीका प्रतिनिधिसहितको टोली लिएर हेलिकप्टरमार्फत सिकार खेल्न आरक्षमा पुग्ने गर्छन्। गत वर्ष दुई याममा १८ नाउर र नौ झारलको सिकार भएको थियो।

आरक्षको फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ, सुर्तिबाङ र सुनदह गरी सात ‘ब्लक’ मा सिकार खेल्न अनुमति दिने गरिएको छ। खर्चिला र साहसी सिकारीले विकटमा रहेका ‘ब्लक’ मा सिकार खेल्न रुचि राख्छन् । सिकारीसहितको टोलीले १५ दिन जङ्गलमै समय बिताउँछन्।

सो विभागले हरेक सिकार याममा विद्युतीय बोलपत्र आह्वान गरेर सिकारको कोटा र राजस्व दर निर्धारण गर्छ। साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ।

नाउर र झारलको मूल्य, ब्लक रिजर्भ, लाइसेन्स, हेलिकप्टर सबै बन्दोबस्तीको सामग्री तयार गर्दा एकजना सिकारीले करिब २० देखि २२ लाख खर्च गर्ने सिकार पर्यटन व्यवसायी अमृत थापाले जानकारी दिए।

सिकार पर्यटनलाई पनि कोरोनाले असर गरेको छ। नेपालमा कोरोनाको त्रासले गर्दा विगतमा जस्तो प्रतिस्पर्धा नभएको र जति धेरै सिकारीको आउने इच्छा गर्दछन्, त्यति नै राजश्व सङ्कलन हुने उनले बताए।

प्रतिक्रिया