आज : गते

ताजा शिर्षकहरु

ओलीले चलाए कोमल वलीमाथि डण्डा, एमालेमा खैलाबैला

प्रकाशित
1.7K
SHARES

काठमाडौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले अत्यन्तै माया गरेकी चेलीलाई धोका दिएका छन्। विद्यानमै व्यवस्था गरेर ओलीले राष्ट्रिय सभाकी सदस्य कोमल ओलीको राजनीतिमाथि धावा बोलेका छन् ।

विद्यानमा गरेको व्यवस्था अनुसार वली अब नेकपा एमालेको केन्द्रीय सदस्य बन्न नपाउने भएकी छन्। एमालेको नयाँ विधान महाधिवेशनले केन्द्रीय सदस्य बन्नका लागि न्यूनतम् योग्यता तोकेपछि वली आगामी दशौं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बन्न नपाउने भएकी हुन्।

एमालेको विधानमा एमाले महाधिवेशन प्रतिनिधि बन्न पार्टी सदस्य भएको १० वर्ष पुग्नुपर्ने र महिलाको हकमा ७ वर्ष कायम गरिएको छ। तर, वलीको हकमा यी दुवै योग्यता कमी छ। उनी आगामी एमालेको दशौँ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी दिनबाट बञ्चित हुने भएकी छन्।

कोमल वली २०७४ सालमा राप्रपा छोडेर एमाले प्रवेश गरेकी थिइन्। वली एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट मानिन्छन्। वलीसँगै जनता समाजवादी पार्टी (जसपा)बाट एमालेमा आएका शिवजी यादव र राजकुमार लेखी, पूर्वउपसभामुख गंगा यादव पनि एमालेको केन्द्रीय सदस्य बन्नबाट बञ्चित हुने भएका छन्।

वलीले एमाले प्रबेश गरे लगत्तै राष्ट्रिय सभा सदस्य बनाइदिएका थिए । राप्रपाबाट प्रतिनिधि सभाको निर्वाचन लड्न ठिक्क परेकी वलीलाई ओलीले फकाएर एमाले प्रबेश गराएका थिए ।

दाङकी वली लामो समय रेडियो नेपालमा समाचारवाचिको भुमिकामा सरकारी जागिरे भएर काम गरेकी थिइन् । पछि राप्रपामार्फत राजनीतिक जग बसालेकी उनी अन्तमा एमाले प्रबेश गरेकी हुन् । उनी लोकदोहारी गायीका समेत हुन् । उनका धेरै गीतको चर्चा र धेरै गीतको आलोचना भएको थियो ।

यसैगरि, अभिनेत्री करिश्मा मानन्धरले पार्टी परिवर्तन गरेकी छन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीबाट राजनीति यात्रा सुरु गरेकी माधनन्धरले नेकपा एमाले प्रबेश गरेकी हुन्। केपी बर्षअघि देखि उनी कुनै पनि राजनीतिक पार्टीमा आबद्ध भएकी थिइनन् ।

नेकपा एमाले फुटेको अवसरमा अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर औपचारिक रुपमा एमाले प्रबेश गर्ने छन्। उनले आफू एमाले बनीसकेको खुलाएकी छन् । तर ओपचारिक रुपमा पार्टी प्रबेश हुन बाँकी छ।

केही समयअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई फोन गरेको भनेर सामाजिक सञ्जालमार्फत खुसी प्रकट गरेकी अभिनेत्री करिश्मा मानन्धरले एमालेमा प्रवेश गर्ने संकेत गरेकी हुन्।

मंगलबार दिउँसो फेसबुकमा उनले केपी शर्मा ओलीसमेतको नाम देखिने मोबाइल कलको स्क्रिनसट सेयर गर्दै लगत्तै ‘उहाँलाई अवश्य भेट्नेछु’ भनेकी हुन्। अलि तल केपी शर्मा ओलीको नाम पनि छ।

एकपटक उनले केपी शर्मा ओलीले आफूलाई फोन गरेको भनेर यस्तै स्क्रिनसट राख्दा ‘इनकमिङ’ होइन, ‘आउटगोइङ’ देखिएपछि फेसबुक प्रयोगकर्ताले कमेन्टमा उल्लीबिल्ली पारेका थिए। माथिको स्टाटस ‘बा यत्तिकै भएको होइन रहेछ’ लेखेकी छन्।

स्क्रिनसटलगत्तै करिश्मा मानन्धरले अर्को स्टाटस लेखेकी छन्, ‘कोही राजनीतिक व्यक्तित्वले कुनै क्षेत्रका व्यक्तिलाई सराहना गर्नु राम्रो संस्कार हो। यो हाँस्ने कुरा होइन। वहाँलाई अवश्य भेट्नेछु।

नयाँ शक्ति पार्टीमा हुँदा औपचारिक अध्ययन कम भएको भन्दै चर्को आलोचना भएको थियो । त्यसपछि उनी औपचारिक शिक्षाका लागि स्कुल भर्ना भएकी थिइन् । अहिले उनी कक्षा १२ मा अध्ययनरत छिन्।

तेस्तै , सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच तीनबुँदे सहमति कार्यान्वयनबारे सकारात्मक छलफल भएको छ ।

गृहमन्त्री बालकृष्ण खाणको पहलमा भएको छलफलमा महान्यायाधिवक्ता खम्मबहादुर खाती, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा र नेकपाका पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायत सहभागी भए।

गृह मन्त्रालयमा भएको छलफलमा विप्लव समूहका नेता कार्यकर्तामाथि लागेका मुद्दाहरूको अवस्थाबारे दुवै पक्षबाट विगतमा पेस भएको सूचीमा पछिल्लो समयसम्म भएको प्रगतिका आधारमा ‘भेरिफाइ’ गरी अन्तिम सूची तयार गर्ने’ सहमति भएको छ ।

त्यसरी तयार भएको अन्तिम सूचीका आधारमा बाँकी रहेका मुद्दाहरूलाई कसरी किनारा लगाउन भनेर अर्को बैठकमा छलफल गरिने गृहसचिव टेकनारायण पाण्डेले जानकारी दिए ।

नेकपा प्रवक्ता प्रकाण्डले पनि गृहमन्त्रीसँग भएको वार्ता सकारात्मक रूपमा अघि बढेको जानकारी दिएका छन् । उनले अघि भने, ुसरकारले गर्नु पर्ने काम धेरै छन् । हामीले गर्ने काम पनि छन् । दुवै पक्ष सकारात्मक भएकाले अर्को बैठकमा टुंगिने आशा गरौं ।’

गृहमन्त्री खाणले नेकपासँग भएको सहमति कार्यान्वयनका लागि कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, महान्यायाधिवक्ता खाती लगायतसँग छलफल गरेका थिए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव समूहसँग २० फागुन २०७७ मा तीनबुँदे सहमति गरेको थियो । सहमति अनुसार कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहको रिहाई र मुद्दा खारेज नभएको विप्लव समूहको गुनासो छ।

शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार बनेपछि विप्लव समूहले सबै दलका नेताहरूलार्इ भेटेर सहमति कार्यान्वयन गर्न माग गरेको थियो ।

यसै गरि , नेकपा माओवादी केन्द्रले सदस्यता नवीकरण र स्थानीय सम्मेलनको तालिका परिवर्तन गरेको छ । मंगलबार बसेको सो पार्टीको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनबाहेक अन्य तहका सम्मेलनको तालिका हेरफेर गरिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

प्रवक्ता महराका अनुसार पार्टी सदस्यता नवीकरणको म्याद कात्तिक २५ गतेसम्म थपिएको छ । यस्तै टोल सम्मेलनहरू कात्तिक २७ गतेसम्म हुनेछन् । वडा सम्मेलनको म्याद मंसिर ४ सम्म थपिएको छ भने पालिका सम्मेलनहरू मंसिर ११ गतेसम्म सम्पन्न गर्नुपर्नेछ ।

प्रदेश सम्मेलन मंसिर २५ सम्म सकेर पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गरिने महराको भनाइ छ । त्यस्तै मंगलबारको बैठकले संगठनसम्बन्धी महत्वपूर्ण निर्णय गरेको छ । जसमा १४९ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ भने जेष्ठ कम्युनिस्ट मञ्च ९९ जनाको बनाएको छ ।

प्रवक्ता महराकाअनुसार लेखा आयोगको संयोजक पेशल खतिवडालाई तोकेको छ भने टंक राईको नेतृत्वमा अनुशासन आयोग गठन गरेको छ । त्यस्तै विशेष समिति १७५ सदस्यीय बनाएको माओवादीले जनाएको छ । बैठकमा विभिन्न पार्टीसँगको एकीकरणका लागि कार्यदलले पेश गरेको प्रस्तावमा छलफल सुरु भएको प्रवक्ता महराले जानकारी दिए ।

प्रवक्ता महराले भने, ‘आजको बैठकले सम्मेलनको तालिकामा केही हेरफेर गरेको छ, राष्ट्रिय सम्मेलनको होइन, अन्य कामहरूको बारेमा, पार्टी सदस्यता नवीकरणको विषयमा कार्तिक २५ गतेसम्म म्याद थपिएको छ, टोल सम्मेलन कार्तिक २७ गतेसम्म,वडा सम्मेलन मङ्सिर ४ गतेसम्म, पालिका सम्मेलन मङ्सिर ११ गतेसम्म र प्रदेश सम्मेलन मङ्सिर २५ गतेसम्म म्याद थपिएको छ ।

संगठन सम्बन्धी केही निर्णयहरू भएका छन्, १४९ जनाको सल्लाहकार समिति बनाइएको छज्येष्ठ कम्युनिस्ट मञ्च बनाइएको छ ९९ जनाको, विष्णुप्रकाश श्रेष्ठको अध्यक्षतामा निर्वाचन आयोग पहिल्यै बनाइएको छ, लेखा समिति २५ जनाको, पेसलकुमार पोखरेलको अध्यक्षतामा २५ सदस्यीय लेखा आयोग, टंक राईको अध्यक्षतामा २५ जनाको अनुशासन आयोग बनाइएको छ,भूगोल भन्दा बाहिर काम गर्ने साथीहरूको विशेष समिति १७५ जनाको बनाइएको छ।

हामीले हाम्रो पार्टीमा प्रवेश गरेका विभिन्न सांगठनिक कुराहरूको बारेमा पनि छलफल भएको छ, यसमा कार्यदलले एउटा प्रतिवेदन प्रस्तुत गरेको छ, प्रतिवेदनमा विभिन्न ४५ साना ठुला दलहरूले निर्णय गरेका छन्, त्यस निर्णयअनुसार कार्यदलले गरेको छलफललाई अनुमोदन गरेको छ ।’माओवादीको अर्को बैठक कार्तिक ४ गते पुन बस्नेछ ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ