आज : गते

ताजा शिर्षकहरु

केपी ओलीको सिको गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भाइरल, पद खुस्किने संकेत

प्रकाशित
2K
SHARES

काठमाडौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सिको गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भाइरल भएका छन्। रोनाविरुद्धको खोप प्रमाणपत्रमा आफ्नो तस्वीर राखेपछि उनी भाइरल भएका हुन्। उनको यो कदमका विरुद्धमा केरला हाइकोर्टमा मुद्धा परेको छ।

यो विषयमा परेको मुद्दाबारे आगामी साता केरला हाइकोर्टमा सुनुवाइ हुने छ। पीटर नामका एक व्यक्तिले खोप प्रमाणपत्रमा मोदीको तस्वीर राखिएकोमा आपत्ति जनाउँदै रिट दायर गरेका थिए।

नेपालका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागु गर्दा पोलपोलमा उनको फोटोसहितको विज्ञापन छापिएको थियो। नेपालमा त्यसको विरोध भएको भएपनि अदालती प्रक्रियामा भने कोही पनि गएको थिएन्।

मोदीको तस्वीर नभएको खोप प्रमाणपत्र उपलब्ध गराउन माग गर्दै उनले भनेका छन्, ‘मोदीको तस्वीर अंकित खोप प्रमाणपत्रले आफ्नो मौलिक अधिकारको हनन् भयो। मोदीविरुद्ध रिद दायर गर्ने ६२ वर्षीय पिटर भारतीय विपक्षी दल कांग्रेसका कार्यकर्ता हुन्।

‘मेरो खोप प्रमाणपत्रमा आफ्नो फोटो राखेर मोदीले नागरिकको निजी मामिलामा चोट पु¥याएका छन्। यो कार्य असंवैधानिक हो,’ कोट्टायमका उनले बीबीसीसँग भने, ‘म अनुरोध गर्न चाहन्छु।

प्रधानमन्त्री मोदीले यस्तो लाजमर्दो हर्कत तत्काल बन्द गर्नुपर्छ। लोकतन्त्रमा यस्तो कार्य एकदमै अनुचित छ। राष्ट्र अर्थात व्यक्तिका लागि यस्तो प्रयोगको कुनै अर्थ छैन।

सिमानामा चिनियाँ सैनिकविरुद्ध लड्न भारतीय सैनिकलाई करेन्ट त्रिशूल : भारत र चीनबीच दशकौंयता सीमा विवाद छ। सिमानामा भारतीय र चिनियाँ सेनाबीच धक्का मुक्की भइरहन्छ तर उनीहरुले गरेका सम्झौताका कारण त्यहाँ गोली भने चलाउन पाइँदैन।

गतवर्ष गलवान उपत्यकामा गोली त चलेको थिएन तर काँडे तार र रडले भारतीय र चिनियाँ सेनाबीच हानाहान भएको थियो जसकारण २० भारतीय सेनाको मृत्यु भयो भने ५ चिनियाँ सेनाले ज्यान गुमाए।

यसबीचमा भारतले चीनसँग सीमा विवाद रहेका स्थानमा चिनियाँ सैनिकविरुद्ध लड्न आफ्ना सैनिकलाई नयाँ खालका उपकरण उपलब्ध गराउन लागेको देखिएको। भारतीय सञ्चार माध्यम एएनआईका अनुसार एक कम्पनीले हालै त्रिशूलजस्तो एक करेन्टवाला उपकरण र करेन्टवाला मुक्का प्रहार गर्न सकिने विशेष पञ्जा तयार गरेको छ।

सीमा विवाद भएका क्षेत्रमा भारतीय र चिनियाँ सैनिकबीच बेलाबेला हुने मुठभेडमा विभिन्न अन्य उपकरण प्रयोग गरेर एक–अर्कालाई चुनौती दिने होड नै चलेको छ। यसबीचमा बन्दुक चलाउन नपाइने विकल्पको रुपमा यो हतियार बनाइएको अनुमान गरिएको छ।

उक्त त्रिशूलले दुश्मनलाई करेन्टको झड्का लगाउन र प्रतिबन्धित क्षेत्रमा आएका गाडीलाई रोक्न समेत सकिनेछ। यस्तै करेन्टवाला पञ्जा समेत हातमा लाएर दुश्मनलाई मुक्का हान्न सकिनेछ।

यसैगरि, अन्तरिक्षमा चीनले गर्‍यो विनाशक हतियारको परीक्षण, अमेरिका स्तब्ध: चीनले अन्तरिक्षमा हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको छ । गत अगस्ट महिनामा चीनले यो परीक्षण गरेको र अहिले आएर बल्ल यसलाई सार्वजनिक गरेको हो ।

चीनले आणविक हतियार बोक्न सक्षम क्षेप्यास्त्रलाई अन्तरिक्षको तल्लो कक्षमा पठाएको थियो । यस क्षेप्यास्त्रले पहिले पृथ्वीको चक्कर लगायो अनि आवाजको भन्दा द्रुत गतिमा आफ्नो लक्ष्यतर्फ बढ्यो ।

अन्तरिक्षमा क्षेप्यास्त्र प्रहार गर्ने क्षमता चीनबाहेक अरू कुनै देशसँग छैन । बेलायती पत्रिका फाइनान्सियल टाइम्सका अनुसार, चीनको यो क्षेप्यास्त्र परीक्षण पूर्ण सफल भने भएन । क्षेप्यास्त्र आफ्नो लक्ष्यबाट ३२ किलोमिटर वरै खस्यो ।

चीनले हाइपरसोनिक ग्लाइड भेहिकललाई लंग मार्च रकेटमार्फत प्रक्षेपण गरेको थियो । उसले आफ्ना परीक्षणहरूको घोषणा गरिरहेको हुन्छ तर यसलाई चाहिँ गोप्य राख्यो ।

चीनको यस परीक्षणबाट अमेरिकी गुप्तचर संयन्त्र स्तब्ध भएको छ । यस विषयमा अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता जोन कर्बीलाई सोध्दा टिप्पणी गर्न मानेनन् । चीनले सैन्य क्षमता बढाउँदै लग्दा उसवरपरको क्षेत्र मात्र नभई विश्वमा नै तनाव बढ्ने कर्बीको भनाइ छ ।

चीनबाहेक अमेरिका, रुस र अन्य पाँच देशले हाइपरसोनिक क्षेप्यास्त्रमा काम गरिरहेका छन् । यस मामिलामा रुस सबभन्दा अघि छ ।

हाइपरसोनिक मिसाइलहरूले अन्य मिसाइल जस्तै गरी आणविक बम बोक्न सक्छन् । यिनीहरूको गति ध्वनिको भन्दा पाँचगुणा बढी हुन्छ । हाइपरसोनिक मिसाइललाई ट्य्राक गर्न नसकिने भएकाले निकै घातक हुन्छन्।

यसैगरि , चीनविरुद्ध मानव अधिकार उल्लघंनको विषय चर्को विरोध भइरहेको समयमा वैज्ञानिकहरु र चिकित्सा विज्ञहरुले बेइजिङको डीएनए डाटा संकलनको अभ्यास बारेमा चिन्ता व्यक्त गरेका छन्।

टोरन्टोस्थित एक थिंक ट्या्कले चिनियाँ संस्थाहरुलाई अन्तर्राष्ट्रिय संस्थाहरुबाट बहिष्कार गर्नुपर्ने प्रस्तावसमेत उनीहरुले गरेका छन्। जबरजस्ती मानव शरीरका अंगहरु काटेर जिन हार्भेस्ट गर्ने काम मानवअधिकार उल्लंघनको चरम बिन्दु भएको उल्लेख गर्दै बहिष्कार गर्न आग्रह गरेका हुन्।

अधिकार र सुरक्षाको लागी अन्तर्राष्ट्रिय फोरम आईएफएफआरएएसको अनुसार यो शिखर सम्मेलन यस वर्ष सेप्टेम्बरमा आयोजना गरिएको थियो। शिखर सम्मेलनको क्रममा, यो ध्यान दिइयो कि चीनको जबरजस्ती अंग काट्ने अनैतिक अभ्यासले एक नाजुक उद्देश्य पूरा गरिरहेको छ।

र आनुवंशिक परीक्षणको माध्यमबाट एक जीन बैंकको विकास गर्नु गलत अभ्यास भएको बताइएको छ। मानव अधिकार हननको भयावह रेकर्डको कारण चीनबाट आएका लेखहरु पनि वैज्ञानिक पत्रिकाहरुमा सबमिशन अस्वीकार गर्नको लागि पनि आग्रह गरिएको छ।

चीनबाट वैज्ञानिकहरुसंग संलग्नता, आनुवंशिक डाटाको विश्लेषणसंग सम्बन्धित अधिकतर पहिचानको सन्दर्भमा र निगरानी विशेषज्ञहरु र जीव विज्ञान प्रोफेसरहरुबीच विवाद भइरहेको छ।

थिंक ट्यांकले चीनद्वारा विकसित एल्गोरिदमहरु हिरासत, मनमानी गिरफ्तारी, कहिले काहिँ बेपत्ता पारिएका व्यक्तिहरुको जबरजस्ती अंग का’टेर बना’एकोप्रति पनि ध्यानाकर्षण गरिएको छ।

बढ्दो प्रमाणको बावजुद, बेइजिङले सिनजियाङमा रहेको उइगरहरुविरुद्ध मानव अधिकार हननका घटनाहरुलाई रोकेका छैनन्। चीनले उइगहरुविरुद्ध जातीय सफाया अभियान चलाएको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ