आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

केपी ओलीलाई अर्को झट्का, देउवा सरकारले गर्यो कठोर निर्णय

प्रकाशित
588
SHARES

काठमाडौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अर्को झट्का लागेको छ। सरकारले उनले नियुक्त गरेका अर्का व्यक्तिलाई बर्खास्त गरेपछि झट्का लागेको हो। सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गरेपछि झट्का लागेको हो।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बर्खास्तीको प्रक्रिया अघि बढाउने अनुमति दिएको एक मन्त्रीले जानकारी दिए। प्रक्रिया पुरा गरेर हटाउने भन्ने भएको छ,’ ती मन्त्रीले भने ।सिलवाल २३ असार २०७६ मा पहिलो पटक राखेप सदस्य सचिव नियुक्त भएका थिए ।

राष्ट्रिय खेलकुद ऐन २०७७ का कारण एक वर्षमै पदमुक्त भएका सिलवाललाई केपी शर्मा ओली नेतृत्वको सरकारले १२ साउन २०७७ मा पुनः नियुक्त गरेको थियो ।

ऐन अनुसार सदस्य सचिवका लागि आह्वान गरिएको आवेदनमा २७ जनाले निवेदन दिएका थिए। दुई जना उमेर हदका कारण अयोग्य भए भने बाँकी मध्येबाट सिफारिस समितिले सिलवालका साथै अञ्जु श्रेष्ठ र लीलबहादसुर थापाको नाम सिफारिस गरेको थियो।

तत्कालीन नेकपाको पूर्व एमाले समर्थिक सिलवाललाई सदस्य सचिव बनाएपछि पूर्व माओवादी समूहका शिव कोइरालालाई राखेप उपाध्यक्ष नियुक्त गरिएको थियो।

ओली सरकारले नियुक्त गरेका प्राय सबैलाई बर्खास्त गर्ने देउवा सरकारको योजना अनुसार उनलाई हटाइएको हो। अब राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुङ्गेललाई पनि बर्खात सरकारको प्रक्रिया अगाडि बढाउने छ। गर्ने छ।

यसैगरि, नेकपा एकीकृत समाजवादीका सर्वमान्य नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले गठबन्धन भत्किने चेतावनी दिएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले जबरजस्ती एमसीसी पास गर्न खोजे गठबन्धन भत्किने चेतावनी दिएका हुन्।

पत्रकार ऋषी धमलाको कार्यक्रम जनता जान्न चाहान्छन् कार्यक्रममा नेता खनालले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता त्रुटिपूर्ण भएकाले यसलाई जस्ताको तस्तै पास गर्न नहुने बताएका हुन्।

‘गठबन्धनका धेरै कुराहरुमा समानता छन्, धेरै कुराहरुमा मत भिन्नता छन्। उनले भने, ‘समानतालाई आत्मासात गर्दै अगाडि बढ्यो भने गठबन्धन टिक्छ । नत्र भने जुन सुकै समय, जनसुकै पल, जुनसुकै घडिमा गठबन्धन टुट्न सक्छ ।

खनालले प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गर्ने पक्षमा नभएको बताए । उनले सरकारका न्युनतम साझा कार्यक्रम भन्दा बाहिर गएर केही पनि काम नगर्ने बताए। फरक प्रसंगमा नेता खनालले ईलाम क्षेत्र नम्बर १ मा आफूलाई कसैले पनि पराजित गर्न नसक्ने दाबी गरेका छन् ।

केपी शर्मा ओलीको हठ, जिद्दिपनलाई आफूहरुले सुधार गर्न नसकेको उनको भनाई छ । आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफूहरु अन्तिमसम्मपनि एमालेको एकताकै पक्षमा रहेको पनि स्मरण गराए ।

आफूले अस्पतालको बेडबाट पनि अब विद्रोह गर्नुपर्छ भनेर माधव नेपाललाई भनेको पनि उनले सुनाए । उनले आफूहरुले विद्रोह गरेको पनि जिकिर गरे । हालै सम्पन्न नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा नेताहरुले बोल्नै नपाएको पनि उनको भनाई छ।

उनले आफूहरुले पार्टी दर्ता गराएको एक महिनामात्रै भएको भएपनि लाखौं जनता आफूहरुको वरिपरी गोलबन्द भैसकेको पनि सुनाए। ओलीले दक्षिणपन्थी र अवसरवादी कार्यदिशा लिँदा अहिले एमाले भत्किएको उनको टिप्पणी छ ।

उनले एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीले एक सिट पनि जित्दैन भनेर भन्नु भनेको आत्मरतिमा रमाउनुबाहेक अरु केही पनि नभएको बताए । उनले ओलीको आत्मविश्वास समाप्त भैसकेको र आफ्नै निर्वाचन क्षेत्रमा पनि अब पराजित हुने ठोकुवा गरे।

यसैगरि,  नगरपालिकाले कमिसन नपाएपछि दुई बर्षदेखि भुक्तानी रोकिएको छ। सल्यान बागचौर नगरपालिकाको भवन निर्माण सम्पन्न भएको दुईवर्ष बढी हुँदा पनि निर्माण व्यवसायीले काम गरेको रकम भुक्तानी पाउन नसकेको हो।

२०७५ चैतमा भवन निर्माण सम्पन्न भैसक्दा पनि अहिलेसम्म पुरा भुक्तानी नपाएको निर्माण कम्पनी प्रकृति निर्माण प्रालिका डिल्ली प्रकाश केसीले बताए । भवन निर्माणका लागि बहुवर्षे ठेक्का अन्तर्गत २०७४ असार २७ गते नगरपालिकाले प्रकृति निर्माण प्रालि सँग भ्याटबाहेक ३ करोड २९ लाखमा सम्झौता गरेको थियो ।

सम्झौता अनुसार २०७५ चैतमा भवन निर्माण सम्पन्न गरिसकेको निर्माण व्यवसायी डिल्ली प्रकाश केसीले बताए । भ्याट बाहेक २ करोड ९४ लाख रकम भुक्तानी पाएको र बाँकी ३५ लाख अझै भुक्तानी नपाएको उनले बताए ।३५ लाख भुक्तानीका लागि पटकपटक नगरपालिका धाउँदा विभिन्न बहाना बनाएर भुक्तानी रोकिदिएको उनको भनाइ छ ।

यसअघि नगरपालिकाले भवन निर्माण भएपनि भवनको सेफ्टी ट्यांकीमा पानीको मुहान जाँच्ने र भवन चर्किएकोले अन्तिम भुक्तानी रोकिएको जनाएको थियो । तर नगरपालिकाले ६ महिनाअघिदेखि उक्त भवनमा कोभिड आइसोलेशन बनाएर प्रयोग गरिरहेको छ ।

यो भवनको विषयमा अख्तियारमा मुद्दा परेकोले आफूहरूले अख्तियारले मागेका कागजपत्रहरू पठाउँने गरेको कारण भुक्तानी रोकिएको प्रमुख प्रशासकीय अधिकृत राम बहादुर हमाल बताउँछन् । उनले भने, ‘यसरी मुद्दा प्रक्रियामा रहेको कुरालाई हामीले भुक्तानी दिन सक्दैनौं ।’

तर उजुरी के विषयमा पर्यो भन्ने बारे केहि थाहा छैन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सुचना अधिकारी वेद प्रशाद भण्डारीले यो विषयमा मुद्दा परे नपरेकोबारे आफूलाइ केहि थाहा नभएको बताए ।

नगरपालिका कार्यालय अहिलेसम्म भाडाको घरमा छ । नगरपालिकाको वार्षिक साढे ७ लाख भन्दाबढी घरभाडामा खर्च हुने गरेको छ । गतवर्ष नगरप्रमुख लोकमान बुढाथोकीले भवनको जगबाट मुहान जाग्ने गरेको बताउँदै कार्यालय सार्न नसकेको बताएका थिए ।

तर यो वर्ष वर्षातको समयभरी त्यहि भवनमा कोभिड आइसोलेशन बनाएर प्रयोग गरेको छ । यो हेर्दा भवनको जगमा मुहान जाग्ने देखिदैन् ।स्थानीय जग्गा दाताहरूले भवनमा मुहान जाग्ने भन्ने कुरा गलत भएको बताउँछन् । माथीबाट आउने पानीको ढललाई व्यवस्थापन नगर्ने र नगरपालिका कार्यालय नसार्नको लागि अनेक बहाना बनाएको जग्गादाताहरुको भनाइ छ ।

एक जग्गादाताले भने, ‘हामीले यति धेरै जग्गा दान गरेका थियौँ, यहाँ नगरपालिकाको कार्यालय आए राम्रो हुन्छ भन्ने पनि आशा थियो तर अहिले धेरैले किन जग्गा दिइस भनेर कुरा समेत काट्छन्, यहाँ नगरपालिका पनि सर्दैन्, अब के हुन्छ भन्नेबारे अहिलेसम्म कुनै निष्कर्ष पनि आउँदैन् ।’

भवनको लागि यहाँ एक दर्जन जतिले ५ रोपनी जग्गा दान गरेका थिए । भवन निर्माणकर्ता डिल्ली प्रकाश केसीले नगरपालिकाको आन्तरिक लडाइले गर्दा आफूलार्इ मुछेर भुक्तानी रोकिदिएको बताए ।नगरपालिकाले कार्यालय सार्न नचाहेर भवन चुहिएको बहाना बनाइ आफ्नो भुक्तानी रोकिदिएको उनले बताए ।

उनले भने, ‘यदि भवनमा समस्या हो भने किन आइसोलेशन बनाएर प्रयोग गरेको त । भवन प्रयोग गरेपछि हामीले काम गरेको भुक्तानी त दिनुपर्यो नि । भवन गलत छ भन्नेले प्रयोग गर्न पनि त लाज मान्नुपर्ने हो नि ?’

अख्तियारले भुक्तानी रोक भनेर नभनेको तर नगरपालिकाले बनावटी समस्या देखाउँदै भुक्तानी नदिएको उनको आरोप छ । भुक्तानी किन भएन भन्दै आफूले अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत र केन्द्रीय कार्यालय काठमाडौंमा जानकारी पत्रसमेत दिएको तर,

अख्तियारले आफूलार्इ केहि उजुरी नआएको र भुक्तानी नरोकेको जवाफ पाएको उनले बताए ।त्यस्तै भवन निर्माणमा आफ्नो साढे १६ लाख धरौटी हुँदाहुँदै नगरपालिकाले उपभोक्ता समितीलाई कामको जिम्मा दिएर भर्याङमा छत र बाहिर घेरबार गर्न लगाएको उनले बताए।

एउटा निर्माण कम्पनिको काम पुरा नसकिदै त्यसैमा अर्कोले काम गर्ने कार्य नियमविपरित भएको उनले बताए ।उपभोक्ता समितिमार्फत भर्याङमा हालिएको छतबाट प्वाल परेर पानी चुहिने गरेको समेत उनको भनाइ छ।

प्रतिक्रिया