आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एयरपोर्टमा देखियो जादु, तीन करोड नेपालीका लागि खुशीको खबर

प्रकाशित
7.9K
SHARES

काठमाडौ। तीन करोड नेपली जनताका लागि खुशीको खबर छ। संस्कृति पर्याटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेले सबै नेपाललाई खुशी बनाएका हुन् ।

खुशी यस मानेमा की विदेशबाट आउने यात्रुहरु स्वदेशी होस् वा विदेशीको पहिलो नजर एर्पोटमा पर्ने गर्छ। त्यही एर्पोट सुधारका लागि संस्कृति, पर्याटन तथा नागरिक उड्यन मन्त्री आले एक्सनमा उत्रिएका छन्।

बेलाबेला चर्चामा आइरहने मन्त्री आलेले फिल्डमै पुगेर एक्सन लिएका हुन्। मन्त्री बनेपछि आलेले जनताका पक्षमा धमाका देखाउन थालेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलर्मै पुगेर आलेले त्यहाँ भएका कमी–कमजोरीलाई अन्त्य गर्ने प्रतिवद्धता जनाएका छन्।

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको छड्के अनुगमनमा पुगेका मन्त्री आलेले विमानस्थलमा यात्रुलाई कुनै असहज हुन नदिने बताए ।अनुगमनका क्रममा विमानस्थलमा ट्याक्सीले मिटरमा यात्रु नबोक्ने, सरसफाइ नभएको, यात्रुहरुलाई चिया, कफिमा समेत शुल्क महङ्गो लिने गरेको,

कर्मचारीले आफ्नो जिम्मेवारी पूर्णरुपमा पालना नगरेको पाइएकाले भन्दै उनले कमजोरीलाई अन्त्य गरिने बताए । मन्त्री आलेले आइतबार काठमाडौँबाट भोजपुरका लागि उडेको नेपाल वायु सेवा निगमको जहाजले केही यात्रु उडाएको र केही यात्रु छोडेकाले सो विषयमा नेपाल वायु सेवा निगमका महानिर्देशकसँग लिखित जवाफ माग गरेको समेत जानकारी दिए ।

उनले गल्ती गर्नेलाई कारवाही गर्न निर्देशन दिएको बताए। आइतबार छुटेका यात्रुलाई सोमबार गन्तब्यमा पुर्‍याइएको छ। मन्त्री आलेले नेपाल वायु सेवा निगमलाई हवाइ टिकटका लागि ई–टिकेट अनलाइनको व्यवस्था गर्न निर्देशनसमेत दिएका छन् ।

अनुगमनकै क्रममा मन्त्री आलेले आफू पदमा रहुन्जेलसम्म नेपाल वायुसेवा निगमलाई माथि उठाउन लाग्ने बताए । अबका दिनमा अन्तराष्ट्रिय विमानस्थलमा यात्रुहरुले कुनै पनि समस्या नपाउन भन्दै सोही अनुसार काम गर्न उनले कर्मचारीलाई निर्देशन दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज पार्किङका लागि निकै साघुँरो तथा असहज भएकाले यहाँका जहाज धनगढी, नेपालगञ्ज, पोखारा, भैरहवा, बिराटनगर लगाएका बिमानस्थलमा पार्किङको व्यवस्थाका लागि पहल भइरहेको समेत उनले जानकारी गराए।

यो पनि, देश किन बनेन ? प्रचण्ड भन्छन्– माओवादीलाई हेप्दा समस्या भयो: नेपालमा २०६२/०६३ को दोस्रो जनआन्दोलनले सशस्त्र विद्रोहको विधिवत् अन्त्य गर्दै भूमिगत माओवादीलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्यायो। संविधानसभाको चुनाव भयो । गणतन्त्र स्थापना भयो। १० वर्ष ढिलो भए पनि संविधान बन्यो ।

समानुपातिक–समावेशितासहितको संघीय शासन प्रणाली स्थापना भयो। पहिलो आम चुनावमार्फत बहुमतको सरकार बन्यो। स्थानीय तह र प्रदेशहरू संस्थागत भए । तैपनि देशमा राजनीतिक स्थिरता, सुशासन र विकास हुन सकेन, किन ?

शान्ति प्रक्रियामा आएपछि माओवादीले देशमा केही गर्छ कि भन्ने धेरै मानिसहरूमा आशा थियो। त्यही कारणले पहिलो संविधानसभामा माओवादीले सबैभन्दा धेरै सीट जित्यो। तर, माओवादी बिस्तारै खुम्चँदै गयो, उसले जनताको विश्वासलाई बचाउन सकेन।

आखिर गणतन्त्र आएको डेढ दशक हुँदा पनि देशमा किन स्थिरता र विकास हुन सकिरहेको छैन ? देशले गति नलिनुमा प्रणालीकै दोष छ या पात्रहरूको ? अथवा, अरू नै के कारण छन् जसले गर्दा देश अगाडि बढ्न सकिरहेको छैन ? यसबारेमा जति बहस हुनुपर्ने हो, हुन सकिरहेको देखिँदैन।

आखिर ०६२/०६३ को परिवर्तनपछि पनि के कारणले गर्दा हामी अलमलिइरहेका छौँ त ? यस विषयमा बहस होस् भन्ने हिसाबले हामीले यो सामग्री तयार पारेका छौँ। यसमा गणतन्त्रका संवाहक प्रचण्ड, वैकल्पिक राजनीतिका अभियन्ता रवीन्द्र मिश्र र नागरिक आन्दोलनका अभियन्ता युग पाठकसँग हामीले प्रश्न गरेका छौँ– देश किन बनेन ?

माओवादीलाई हेप्न खोज्दा समस्या आयो : प्रचण्ड माओवादी अध्यक्ष प्रचण्डसँगको कुराकानीका क्रममा भन्छन् ‘हामी ०६२/०६३ सालमा सशस्त्र जनयुद्धको बाटो छाडेर इमानदारिता पूर्वक नै शान्ति प्रक्रियामा आएका हौँ।

तर, संसदवादी दलहरूले माओवादीलाई साथमा लिएर होइन कि फुटाउने र सिध्याउने गलत नियत राखे । उनीहरूले माओवादीलाई हेप्न खोजे, जसले गर्दा अहिलेको परिस्थिति आएको हो।

प्रचण्ड अगाडि भन्छन्, ‘हुन त शान्ति प्रक्रियामा आइसकेपछि पनि सुरु–सुरुमा हाम्रा केही साथीहरूमा विद्रोहबाटै सत्ता कब्जा गर्नुपर्छ भन्ने ह्याङओभरले काम गरेको थियो। तर, म त्यो ह्याङओभरमा छैन।

मैले सबैलाई मिलाएर लोकतन्त्रलाई सुदृढ गर्दै आर्थिक समृद्धि र समाजवादको बाटोमा अघि बढ्ने सोचेको छु। यही कारणले कहिले एमालेसँग त कहिले काँग्रेससँग मिलेर अघि बढ्ने नीति लिएको हुँ।

तर, आफूले सबैसँग मिलेर अघि बढ्न चाहँदा चाहँदै पनि संसद्वादीहरुले माओवादीलाई खुइल्याउने, बदनाम गर्न खोज्ने, हत्यारा इत्यादि भन्ने गरेका कारण समस्या आएको र देशले विकासको गति पक्डन नसकेको प्रचण्डको विश्लेषण छ।

यो पनि: पूर्व अर्थसचिव भन्छन्, ‘माओवादी पार्टी कति वर्षमा सकिएला ? नाटक अलि लामै भयो’ केपी शर्मा ओली पहिलोचोटि प्रधानमन्त्री भएका बेला माओवादीलाई कर्नरमा पार्न, सहमतिहरू पालना नगर्न र हेप्न खोजिएकाले आफूले एमालेसँगको गठबन्धन तोडेर नेपाली काँग्रेससँग सहकार्य गरेको प्रचण्डले सङ्केत गरे।

तर, २०७४ को आम निर्वाचनमा वामपन्थी एकतामा जोड दिँदै एमालेसँग गठबन्धन र पार्टी एकता गर्न आफू तयार भएको प्रचण्ड बताउँछन् ।पार्टी एकतापछि पनि एमाले नेताहरूले माओवादीलाई हेप्ने, पाखा लगाउने र परिवर्तनका एजेण्डाहरु उल्ट्याउने प्रयास गरेका कारण अहिले फेरि काँग्रेससँग गठबन्धन बनाउनुपरेको प्रचण्डको तर्क छ ।

उनी थप्छन्, ‘माओवादीलाई हेप्न खोज्दा यो परिस्थिति आएको हो।अब प्रचण्ड कमजोर भइसके, उनले केही पनि गर्न सक्दैनन् भन्दै माओवादीलाई होच्याउने गरिएको बताउँदै प्रचण्डले अगाडि भने, ‘मैले अखिल क्रान्तिकारीको सम्मेलनमा आत्मादेखि नै बोलेको थिएँ,

त्यो भाषणमा मैले आत्मसमर्पण वा सुसाइड गरिँदैन, आवश्यक पर्‍यो भने एकचोटि फेरि विद्रोह गरिन्छ भन्ने भावमा बोलेको छु, एकपटक सबैले त्यो भाषण सुनिदिनुहोला।अखिल क्रान्तिकारीको कार्यक्रममा आफूले बोलेको कुराको अंशलाई मात्र लिएर कतिपयले प्रचण्ड निराश बनेको र आत्महत्या गर्नेसम्मको कुरा गरेको भन्नेजस्ता टिप्पणीहरू आएको प्रचण्डको गुनासो छ।

उनी भन्छन्, ‘मैले निराश कुरा गरेको छैन, अगाडि बढ्ने कुरा गरेको छु।परिवर्तनका एजेण्डाहरु उल्ट्याउने र दक्षिणपन्थी बाटोमा देशलाई लैजान खोज्ने शक्तिका विरुद्धमा माओवादी पार्टीलाई फेरि एकचोटि पुनर्जाग्रित गर्नुको विकल्प नरहेको प्रचण्डको निष्कर्ष छ।

अहिले देशैभरि माओवादीको संगठन विस्तार भइरहेको र पार्टी पुनः अगाडि आउने सङ्केतहरू देखिन थालेको उनी बताउँछन्। माओवादी कमजोर हुँदा देशले गति लिन नसकेको उनको दाबी छ।

प्रतिक्रिया